सवारी दुर्घटनामा दुई घाइते

मोरङ, असोज २७ गते।
 
मोरङको दुई स्थानमा विहीबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन्। सुन्दरहरैचा नगरपालिका १० स्थित बिराटचोकमा को १७ प ५०० नम्बरको मोटरसाइकललाई को १ ह २८७० नम्बरको सिटीसफारीले ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार सुन्दरहरैचा नगरपालिका ९ बस्ने ५२ बर्षिय शान्ती माझी घाइते भएकी छिन्।
 
उनको सुकुना सामुदायिक अस्पतालमा बिराटचोकमा उपचार भईरहेको छ भने मोटरसाइकल र सिटी चालक प्रहरी चौकी बिराटचौकको नियन्त्रणमा छन्।
 
यस्तै कानेपोखरी गाउँपालीका-३ स्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १ ह ८४५५ नम्बरको अटो रिक्साको ठक्करबाट कानेपोखरी गाउँपालिका-३ बस्ने १९ बर्षिय राजेन्द्र ऋषिदेव घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भईरहेको छ।
 
ठक्कर दिने अटोका चालक प्रहरी चौकी रमाईलोको नियन्त्रणमा छन्।