बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई घाइते

सुनसरी, असोज २६ गते।

सुनसरीको रामधुनी-१ मा विहीबार काँकडभिट्टाबाट सिन्धुली जाँदै गरेको मे १ ख १९९५ नम्बरको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी-४ बस्ने २१ बर्षिय सुवास पौडेल र पछाडी सवार सोही ठाउँका शिव काफ्ले रहेका छन्। उनीहरु सवार को ११ प ६७६ नम्बरको मोटरसाइकललाई विहान १०;१५ बजे उक्त बसले ठक्कर दिएको थियो।

ठक्करबाट घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बसका चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन्।