फरार दुई पक्राउ

मोरङ, असोज २६ गते।


अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानी विराटनगरले विहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्धामा १ हजार ७ सय ७५ रुपैयाँ जरिवाना तोकीएका मोरङ विराटनगर-१५ बस्ने २८ बर्षिय गुड्डु भन्ने मुमताज आलम र सोही मुद्धमा १ हजार रुपैयाँ जरिवाना तोकीएका विराटनगर-१४ बस्ने ४३ बर्षिय महेन्द्र भन्ने मागमन प्रसाद साह रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलेले विहीबार विहान पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई आजै अदालतमा उपस्थित गराइने उक्त कार्यालयले जनाएको छ।