कुटपिटबाट एक घाइते

मोरङ, असोज २६ गते।

मोरङको धनपालथान गाउँपालिका-४ राईस मिल नजिकै बुधबार कुटपिटबाट एक जना घाइते भएका छन्।

मोरङ कटहारी गाउँपालिकापा-७ बस्ने ५० बर्षिय ऐजुम सेख मियालाई सामान्य विवाद हुँदा रंगेली नगरपालिका-४ बस्ने २० बर्षिय बिसीम मियाले अपरान्ह ४ बजेतिर कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते सेखको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने कुटपिट गर्ने बसीम मिया इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।