मोरङ र सुनसरीबाट लागूऔषधसहित दुईजना पक्राउ

विराटनगर, असोज २६ गते।

मोरङ र विराटनगरबाट बुधबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल पंप नजिकै इलाका प्रहरी कार्यालय निमुवाको प्रहरी टोलीले अपरान्ह ४ बजे सवारी साधन चेक जाँच गर्ने क्रममा सुनसरी घरान-१५ बस्ने ३० बर्षिय बिमल मगरलाई लागूऔषध एभील १० एम्पुल, लुपिजेसीक-१० एम्पुल र डाईजेल्याब १० एम्पुलसहित पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ।

यता सुनसरीको धरान-७ स्थित पानमारी बस स्टेनबाट अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कको टोले टोलीले साँझ ६ बजेतिर संखुवासभा घर भई हाल धरान-१३ बस्दै आएका ३२ बर्षिय मणी राईलाई लागूऔषध ९९ ट्याबलेट नाट्रोशनसहित पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।