सवारी दुर्घटना २ घाईते

मोरङ, सुनसरी, असोज २५ गते।
 
१ नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरी जिल्लामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन्।
 
मोरङको सुन्दर हरैचा नगरपालिका २ स्थित बलिया चौकमा बिराटनगरबाट काँकडभिट्टा जाँदै गरेको मे १ ख २६६६ नम्बरको सगरमाथ यातायात बसले को १ ह१३६१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा एक जना घाईते भएका छन्।
 
ठक्करबाट सिटी-सफारी चालक मोरङ सुन्दर-हरैचा नगरपालिका ४ बस्ने बर्ष ६० को ईन्द्र बहादुर खडका घाईते भएका छन्। घाईते खड्कालाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरी चौकी गछीयाले जनाएको छ।
 
बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। यता सुनसरीको धरान उप-महानगरपालिका १९ जिमी चौकमा को ५ प ६५७५ नम्बरको स्कुटरको ठक्करबाट एक बृद्धा घाईते भएकी छन्।
 
ठक्करबाट पैदलयात्री धरान १९ बस्ने १९ बस्ने बर्ष ७१ की शिवामाँया भुजेल घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ भने स्कुटरलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ।