उदयपुरमा बलेरो दुर्घटना, ६ घाइते

उदयपुर, असोज २५ गते।

उदयपुरको कटारी नगरपालिका-११ स्थित ग्रिनचौरमा मंगलबार बलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

चालकसहित ६ जना सवार ज १ च १३०८ नम्बरको बलेरो साँझ ६ बजेतिर ब्रेकफेल भई सडकबाट अन्दाजी ४ मिटर तलखसी दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको कटारी अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।