फरार एक पक्राउ

मोरङ, असोज २५ गते।

अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्धामा १० हजार कैद सजाय सुनाएका मोरङ विराटनगर-१४ बस्ने २३ बर्षिय मौसम खड्का रहेका छन्।

उनलाई दिउसो २ बजेतिर घरवतनबाटै पक्राउ गरी मंगलबार नै अदालतमा उपस्थित गराएको उक्त कार्यालयले जनाएको छ। यता सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार १ लाख ७ हजार ३ सय ५० मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरी भन्सार बुझाएको छ।