लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी, मोरङ, असोज २५ गते।

सुनसरी र मोरङबाट प्रहरीले मंगलबार लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका-१ स्थित दसगजा बोर्डर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले को ४ प ९४६५ र ग २ प ९१७९ नम्बरको मोटरसाइकलमा सवार चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका-८ बस्ने २३ बर्षिय कमल राई, सोही ठाउँका २८ बर्षिय सुमन राई, २३ बर्षिय समन राई र भारत बेलाह-८ बस्ने वर्ष १९ बर्षिय कुशेश्वर कुमार यादव रहेका छन्। प्रहरीले उनीहरुको साथबाट र डाइजेल्याप-५० एम्पुल, एभिल-५० एम्पुल र नर्फिन ४६ एम्पुल बरामद गरेको छ।

पक्राउ परेका उसबैलाई इलाका प्रहरी कार्यालय लौकहीमा राखी थप अनुसन्धान भइरेहको छ। यता मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित कोशीराजमार्गमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा सुनसरी धरान-१३ बस्ने २८ बर्षिय रुपक राईलाई लागूऔषध लुपिजेसिक-७ एम्पुल, डाईजेल्याप-७ एम्पुल र एभिल-७ एम्पुल सहित पक्राउ गरेको छ।