घरेलु मदिरा बरामद

सुनसरी, असोज २४ गते।

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ स्थित काँकडभिट्टाबाट विराटनगर आउदै गरेको मे १ ख १०९३ नम्बरको बसबाट प्रहरीले मंगलबार ३ सय ४० लिटर घरेलु मदिरा बरामद गरेको छ।

सि आर भी खनारबाट खटिएको प्रहरी टोलेल चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरासहित दुई महिलालाई समेत प्रहरेल नियन्त्रणमा लिएको प्रहरी चौकी खनारले जनाएको छ।

यस्तै मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्दा खोला नजिकैबाट इलाका प्रहरी कार्यालय बेलबारीले को १ ख २१०९ नम्बरको बसबाट ४० लिटर घरेलु मदिरा बरामद गरेको छ।