करेन्ट लागेर महिलाको मृत्यु

झापा, असोज २६ गते।

झापाको कन्काई नगरपालिका-३ दुर्गापुर बस्ने ५६ बर्षिय कौशिला कोइरालाको विहीबार करेन्ट लागेर मृत्यु भएको छ।

उनलाई विहान घरमा खाना पकाउने क्रममा हिटरबाट अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।