ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु

मोरङ, असोज २७ गते।


मोरङको सुन्दरहरैचा नगरपालिका-६ गछिया पुल नजिकै शुक्रबार ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ।

पूर्व-पश्चीम राजमार्गमा ईटहरीबाट गछियातर्फ जादै गरेको को २ त ५७८७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९८८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३७ बर्षिय पुरण चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको छ भेन सोही ट्याक्टरले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को १ ह ९५८७ नम्बरको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार सुन्दरहरैचा नगरपालिका-७ बस्ने लीला माया खड्का समेत घाइते भएकी छिन्।

उनको ईटहरी स्थित सामुदायिक अस्पतालमा उपचार भइरेहको छ। ठक्कर दिने ट्याक्टरका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा छन्। यस्तै सुन्दरहरैचा नगरपालिका-७ मा को १० प ४४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही ठाउँका ४२ बर्षिय हरी बहादुर बोहरा घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३५ बर्षिय जितमान तामाङ समेत घाइते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहकोप्रहरी चौकी गछियाले जनाएको छ।