मुख्य घटनाहरु

 

 

मोरङको बिभिन्न स्थानमा सवारी दुर्घटना ३ घाईते
बिराटनगर, कार्तिक १ गते।

१ नम्बर प्रदेश अन्तर्गत मोरङको बिभिन्न स्थानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन्। मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को. २५ प. ८४२१ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको बा . ४३ प. ५८०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ५८०४ नम्बरको चालक जिल्ला सिन्धुली सिन्धुलीगढी गाउँपालिका ३ बस्ने बर्ष २७ को सन्तलाल बहल घाईते भएका हुन्। ठक्करबाट घाईते बहलको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ भने ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। त्यसैगरी मोरङकै उर्लाबारी नगरपालिका ८ दुर्गापुरी चौकमा बसमा चढ्ने क्रममा लडेर एक बृद्ध घाईते भएका छन्। उर्लाबारी - ईटहरा भित्री सडक खण्डमा को.१ ख. ४१५८ नम्बरको बसमा चढ्ने क्रममा सोही स्थान बस्ने बर्ष ९६ को लाल बहादुर पुरी चिप्लिएर सडकमा लडेका थिए। लडेर घाईते पुरीको उपचारकालागी तत्काल अरनीको उर्लाबारी लगिएकोमा सीटी स्क्यानकोलागी न्युरो अस्पताल बिराटनगर लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। त्यसैगरी लेटाङ नगरपालिका-३ मिलन चौकमा को ३१ प ३२०९ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ३९ की गंगामाया लिम्बु घाईते भएकी छन्। ठककरबाट घाईते लिम्बुको भोगटेनी हस्पिटल लेटाङमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

लागूऔषधसहित एक पक्राउ
सुनसरी, कातिक १ गते।

सुनसरीको दुहवी नगरपालिका-५. बाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को २८ प २१८१ नम्बरको स्कुटरमा सवार जिल्ला धनकुटा धनकुटा नगरपालिका-७ बस्ने अन्दाजी ४० बर्षिय दिवेश श्रेष्ठ रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीको टोलीले दिउँसो ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याप-१५ एम्पुल, लुपिजेसिक-१५ एम्पुल, एभिल-१५ एम्पुल र फेनारगन-५ एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरेहको छ।

७ जना जुवाडे पक्राउ
मोरङ, कार्तिक १ गते।

मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट २८ बुक तास र नगद १ लाख ५३ हजार ९ सय २० रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

आगलागीबाट ११ लाख बढीको क्षति
ताप्लेजुङ, कार्तिक १ गते।

ताप्लेजुङको याङबरक गाउँपालिका-६ थुम्बेदिन बस्ने ४० बर्षिय सुरेश अधिकारीको घरमा मंगलबार आगलागी भएको छ। दिउँसो १ ;३० बजेतिर घरमा रहेको सोलार प्यानल सर्ट भई अचानक लागेको आगोले अधिकारीको ढुङ्गा माटोले बनेको तीन तले घर, नगद २५ हजार सुन, चाँदी, अलैची, काठ लगाएत घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ११ लाख ७ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुकलो सहयोगमा १ घण्टापछी नियन्त्रणमा लिएको प्रहरी चौकी थुम्मेदिनले जनाएको छ। 

रानी ईलाकामा सुरक्षा गार्डहरुलाई २ घण्टे अनुशिक्षण
मोरङ, असोज ३१ गते।

“सुरक्षा ब्यवस्था सुदृढ बनाउने अभियान” अन्तर्गत मंगलबार इलाका प्रहरी कार्यालय रानीले आज २ घण्टे अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। इलाका प्रहरी कार्यालय रानीको परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा रानी तथा माताहत कार्यालयको एरियामा रहेका कलकारखाना, औद्योगिक प्रतिष्ठान, बिभिन्न संघ संस्थाहरुमा कार्यरत रहेका बिभिन्न सुरक्षा कम्पनीका सुरक्षा गार्डहरुलाई अनुशिक्षण प्रदान गरिएको हो। उक्त अनुशिक्षण कार्यक्रममा चार्ड पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप तथा सुरक्षाका चुनौतीहरुको बिषयमा छलफल गरीएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो। दिउँसो साढे १२ बजे देखी साढे २ बजे सम्म आयोजना गरिएको उक्त कार्यक्रममा ३० जना सुरक्षा गार्डहरुको उपस्थिती रहेको थियो भने सुरक्षा सम्बन्धि हाते पुस्तिका समेत बितरण गरीएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनु भयो।

ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु
मोरङ, असोज ३१ गते।

मोरङको रतुवामाई नगरपालिका ५ स्थित लारीकट्टामा मंगलबार बिहान ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु भएको छ। उर्लावारी रंगेली सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ त ८५८२ नम्बरको ट्याक्टरमा सह-चालकको रुपमा काम गर्दै आईरहेका इलाम फाकफोक गाउँपालिका-६ बस्ने १९ बर्षिय समीर गुरुङ अचानक ट्याक्टरबाट लडेका थिए। लडेर गम्भीर घाईते भएका गुरुङको उपचारकालागी बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। ट्याक्टरका चालक तत्काल फरार रहेकाले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ। त्यस्तै सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मामा दिउँसो २ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। सल्लेरीबाट जोरबौद्व जाँदै गरेको को.४ प. ३७४३ नम्बरको मोटरसाईकल अनियन्त्रित सडकमा पल्टिदा पैदलयात्री जिल्ला सोलुखुम्बु नेचासल्यान गाउपालिका ६ तिङ्ला बस्ने बर्ष ५६ को सिंह बहादुर बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाईकल चालक सोलु सोलुदुधकुण्ड नगरपालिका ७ बस्ने बर्ष २४ को गणेश बहादुर मगर र मोटरसाईकलको पछाडी सवार नेचासल्यान गाउँपालिका ७ बस्ने बर्ष ३० को प्रेम कुमार मगरसमेत घाईते भएका छन्। घाईते तीनैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ भने मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ।

मोरङ, र धनकुटामा सवारी दुर्घटना, दुईको मृत्यु चार घाइते
विराटनगर, असोज ३१ गते।

मोरङ र धनकुटामा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७ पानधारेमा पथरीबाट कानेपोखरीतर्फ जादै गरेको मे ५ प ४९९९ नम्बरको को डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको प्लाटिना मोटरसाइकल साँझ ५ बजेतिर आपसमा ठोक्किदा ९६५९ नम्बरको मोटरसाइकल पछाडी सवार कानेपोखरी गाउँपालिका-७ बस्ने ५६ बर्षिय शिव कुमार राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भिर घाइते उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका ८ बजे मृत्यु भएको हो। त्यस्तै सोही मोटरसाइकलका चालक कानेपोखरी गाउपालिका-७ बस्ने ५७ बर्षिय विष्णु कुमार गम्भिर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ४९९९ नम्बरको मोटरसाइकल चालक झापा बारदसी गाउँपालिका-४ बस्ने ३० बर्षिय सन्त ताजपुरिया र पछाडी सवार सोही ठाउँका २४ बर्षिय किरण राजबंशी सामान्य घाइते छन्। उनीहरुको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको अस्थायि प्रहरी चौकी कानेपोखरीले जनाएको छ। यता धनकुटाको धनकुटा नगरपालिका-१० स्थित कोशी लोकमार्गमा धनकुटाबाट मुलघाटतर्फ जादै गरेको को २ त ३५२१ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउदै गरेको को १२ प ९८४९ नम्बरको मोटरसाइकल साँझ ६ बजे आपसमा ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ बस्ने ३१ बर्षिय संजय राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भिर घाइते उनको उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो। त्यस्तै मोटरसाइकल पछाडी सवार धनकुटा नगरपालिका-७ बस्ने ४० बर्षिय प्रदिप कुमार राईको जिल्ला अस्पताल धनकुटामा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

लागूऔषधसहित दुई जना पक्राउ
मोरङ, असोज ३१ गते।

मोरङको सुनबर्षी नगरपालिका-८ बाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले सवारी चौकजाँच गर्ने क्रममा विहान १० बजे को १५ प २५१५ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी-निश्चरे ३ बस्ने १९ बर्षिय अर्जुन राई र पछाडी सवार सोही ठाउँका १८ बर्षिय रबिन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी उनीहरुको साथबाट शरिरको विभिन्न भागमा लुकाएर ल्याएको नाईट्रोभेट ट्याब्लेट १०५ पिस र स्पास्मोप्रोक्सोभिन ट्याबलेट ८८ पिस बरामद गरेको बरामद लागुऔषधसहित दुवैलाई प्रहरी चौकी सिक्टीमा राखी थप अनुसन्धान भइरेहको छ।

३ जना तस्कर सहित १ लाख बढीको सामान बरामद
मोरङ, असोज ३० गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले सोमबार तस्करीमा संलग्न ३ जना मानिसहरु सहित १ लाख १४ हजार मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको जुत्ता , मरिच खसी लगाएतका सामान दिउँसो २ बजेतिर बरामद गरेको हो। बरामद सामान आजै भन्सार बुझाइने उक्त कार्यालयले जानाएको छ।

सवारी दुर्घटनामा १ को मृत्यु, ६ जना घाइते
विराटनगर, असोज ३० गते।

१ नम्बर प्रदेश अन्तर्गत सोमबार विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।
झापाः झापको कन्काई नगरपालिका-१ स्थित दुर्गापुरमा सोमबार ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मे १ प ७९११ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ३० बर्षिय बुद्धी राई रहेका छन्। उनी सवार उक्त मोटरसाइकललाई मे १ त ३६५० नम्बरको ट्याक्टरले दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते राईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा छन्। मोरङः मोरङको उर्लाबारी-३,स्थित भित्री सडक खण्डमा सोमबार बा ४३ प ४३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६० बर्षिय बाबुराम तामाङ र ६५ बर्षिय धन बहादुर सार्की घाइते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्। मोरङकै बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा मधुमल्लाबाट ईटहरीतर्फ आउँदै गरेको को १३ प ४०३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका-२ बस्ने २२ बर्षिय डम्बर श्रेष्ठ र पछाडी सवार झापा सुरुङ्गा बस्ने १७ बर्षिया अस्मिता श्रेष्ठ गम्भिर घाइते भएकी छिन्। घाइते दुवैको नोबेल अस्पताल बेलबारीमा उपचार भइरहेको प्रहरी चौकी डाँगीहाटले जानएको छ। संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका-९ गिदेमा को १ ज ११०३ नम्बरको वान्टेन अनियन्त्रीत भई दुर्घटना हुँदा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २४ बर्षिय बिमला तामाङ र उनकै १ बर्षिया छोरी सामान्य घाइते भएको विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारले जनाएको छ। वानटेनका चालक फरार रहेकाले खोजी भइरेहको छ।

ट्याक्टरको ठक्करबाट घाईते राजबंशीको मृत्यु
झापा, असोज ३० गते।

झापाको बिर्तामोड नगरपालिका १ स्थित भगवान चौकमा ट्याक्टरको ठक्करबाट गम्भीर घाईते दिनेश राजवंशीको आईतबार राती उपचारको क्रममा मृत्यु भएको छ। आईतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त ६४४४ नम्बरको ट्याक्टरले सोही दिसातर्फ जाँदै गरेको मे ३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाईते राजवंशीको उपचारको क्रममा बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा आईतबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ भने ट्याक्टर र चालककलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

कुटपिटबाट घाईते दर्जीको मृत्यु
मोरङ, असोज ३० गते।

मोरङको लेटाङ नगरपालिका-४ स्थित नयाँ बसपार्कमा कुटपिटबाट घाईते भएका कुमार दर्जीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। सामान्य बादबिवादको क्रममा गत २८ गते शनिबार दर्जीलाई सोही ठाउँका १७ बर्षिय जनम तामाङले कुटपिट गरी टाउकोमा मुक्का हानेर घाईते बनाएका थिए। कुटपिटबाट घाईते दर्जीलाई स्थानीय हस्पिटलमा सामान्य उपचार पश्चात घर लगिएकोमा अबस्था गम्भीर हुँदै गएपछी सोमबार पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। कुटपिट गर्ने तामाङलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

खुकुरी प्रहारबाट एक घाईते
उदयपुर, असोज ३० गते।

उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट माझीको बाँया घाँटिमा चोट लागी उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ। खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता
इलाम, असोज ३० गते।

इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्। सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएका दुवैजना अबेर सम्म नफर्किएपछी खोजी गर्ने क्रममा १५ फिट गहिरो दहमा पासाङ शेर्पा डुबी मृत अवस्थामा भेटिएको र सार्की शेर्पा भने बेपपत्ता रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। बेपत्ता सार्कीको खोजी भइरहेको छ।

५० हजार बढीको पटका बरामद
मोरङ, असोज २९ गते।

इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार ५० हजार बढीको विभिन्न खाले पटका बरामद गरेको छ। विहान ११ बजेतिर भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको उक्त पटका बरामद गरेको हो। बरामद पटका आजै नष्ट गरिने उक्त कार्यालयले जनाएको छ। यस्तै मोरङकै इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले आइतबार विहान १० बजे बेलबारी नगरपालिका-५ स्थित लोहन्द्राखोलाबाट अवैध रुपमा बालुवा निकाल्ने को २ त २५२९, ६७९३ र १८२६ नम्बरका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

आगलागीबाट १५ लाख बढीको क्षति
सुनसरी, असोज २९ गते।

सुनसरीको रामधुनि नगरपालिका- २ शिवनगर बस्ने शिव नारायण चौधरीको घरमा आइतबार आगलागी भएको छ। विहान ९ बजेतिर चौधरीको दुई तले घरमा अचाक लागेको घरभित्र भएको सुन, चाँदी, अन्नपात, लत्ताकपडा लगाएत सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको पिडितले बताए। आगलागी २ वटा दमकल, स्थानिय मानिस तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले १ घण्टापछी नियन्त्रणमा लिएको उक्त कार्यालयले जानएको छ।

दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, असोज २९ गते।

झापाको दमक नगरपालिका-२ स्थित भित्री सडक खण्डमा आइतबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउनेमा दमक नगरपालिका-२ बस्ने ५० बर्षिय विष्णु सुवेदी रहेका छन्। उनलाई विहान ७ बजेतिर को ७ प ५२५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनलाई न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन्।

मोरङबाट लागूऔषध सहित २ जना एक्राउ
मोरङ, असोज २९ गते।

प्रहरीले शनिबार मोटरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यलयको १ नम्बर ढाटबाट शनिबार दिउँसो २ बजे लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको खटिएको टोलीले धरान ९ गौतमपथ बस्ने बर्ष ४० को शम्सेर अन्वर, धरान १६ बस्ने बर्ष २४ को निसुन शाह , धरान ९ बगैचा चौक बस्ने बर्ष ३९ को राज तामाङलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध डाईजोल्याब ३२ एम्पुल, लुपिजेसिक ३२ एम्पुल, एभिल ३२ एम्पुल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनीहरु उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ। त्यसैगरी मोरङकै बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडी लागूऔषध सहित १ जनालाई पक्राउ गरीएको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट चेकिङमा खटिएको टोलीले ईटहरी ४ बस्ने बर्ष-१९ को टीका पाण्डेले शरीरमा लुकाईछिपाई ल्याउँदै गरेको अबस्थामा लागूऔषध एभील-१० एम्पुल, लुपिजेसीक-१० एम्पुल, डाईजेल्याब-१० एम्पुल बरामद गरेको हो। लागूऔषधसहित पक्राउ परेका पाण्डे उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

सुनसरी र मोरङमा सवारी दुर्घटना १ को मृत्यु ४ घाईते
बिराटनगर, असोज २९ गते।

१ नम्बर प्रदेश अन्तर्गत सुनसरी र मोरङ जिल्लामा शनिबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। सुनसरी धरान उप महानगरपालिका १५ मा शनिवार राती सवा ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भित्री सडक खण्ड अन्तर्गत बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ दर्बेसा ५ बस्ने बर्ष २७ को महेश प्रसाद ओझा र पछाडी सवार रंगेली ३ बस्ने बर्ष २८ को देबेन्द्र राउत घाईते भए थिए। घाईते दुबैलाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा देबेन्द्र राउतको ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। त्यसैगरी सुनसरीकै धरान ८ स्थित किशी राजमार्गमा बा ३ ख ८४३६ नम्बरको बसले बा ६ च ४६८९ नम्बरको कारलाई पछाडी बाट ठक्कर दिई कार अनियन्त्रित भई को १४ प ७७३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको हो। दुर्घटनामा परी चालक इटहरी २ बस्ने बर्ष ३७ को दिनेश बि.क. घाईते भई उपचारकालागी बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने दुबै सवारी साधन र चालकलाई प्रहरी को नियन्त्रणमा राखिएको छ। यता मोरङको बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो। ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल र बिराटनगर ८ बस्ने बर्ष २२ को अवदेश मण्डल घाईते भई उपचारकालागी कोशी अंचल अस्पताल र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको वडा प्रहरी कायालय हाटखोलाले जनाएको छ।

धनकुटामा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु
धनकुटा, असोज २८ गते।

धनकुटाको सागुरीगढी गाउँपालिका-६ स्थित धरान-धनकुटा सडक खण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालकको ज्यान गएको छ। ईटहरीबाट भोजपुरतर्फ किराना सामन लिएर जादै गरेको को २ त २८३९ नम्बरको ट्याक्टर ब्रेकफेल भई दिउँसो १२ बजे दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टरका चालक सुनसरी ईटहरी उप-महानगरपालिका-१८ पकली बस्ने अन्दाजी २२ बर्षिय सुरज विश्वकर्मा र सहचालक जिल्ला भोजपुर षडान्नद गाउँपालिका-१ नेपालेडाँडा बस्ने अन्दाजी २३ बर्षिय निसान भुजेलको घटनास्थमानै मृत्यु भएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी जिल्ला अस्पताल धनकुटा पठाएको उक्त कार्यालयले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार घाइते
मोरङ, असोज २८ गते।

मोरङको बेलबारी नगरपालिका-४ हल्लुडे चौकमा शनिबार मोटरसाइकलको ठक्करबाट डियुटीमा रहेका एक प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय हरैचा दरबन्दी भइ चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार देबेन्द्रराज कार्की रहेका छन्। उनलाई पूर्वबाट पश्चिम विराटनगरतर्फ आउँदै गरेको को ४ प ४१५५ नम्बरको नम्बरको मोटरसाइकलले विहान ९ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक विराटनगरका ३३ बर्षिय बिप्लप कार्की र पछाडी सवार सुनसरी इटहरी-८ बस्ने २८ बर्षिय करण बिष्ट समेत घाइते भएकाले घाइते तीनैजनाको बेलबारी नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

घरेलु मदिरा बरामद
मोरङ, असोज २८ गते।

मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारीबाट प्रहरीले शनिबार ६० लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले विहान ९ बजेतिर भित्री बाटोमा अवैध रुपमा साईकलमा ल्याउदै गरेको उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरा स्थानियको रोहबरमा आजै नष्ट गरिने उक्त कार्यालयले जनाएको छ।

बसको ठक्करबाट बालकको मृत्यु
मोरङ, असोज २८ गते।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० स्थित शिविरडाँडा नजिकै शनिबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने १५ बर्षिय सुमन सहनी रहेका छन्। उनलाई विहान ५;३० बजे काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ५ ख ४९६ नम्बरको परेली यातायातको डिलक्स बस पैदल हिड्दै गर्दा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा विहान ६ बजे मृत्यु भएको हो। बसका चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।

लागूऔषधसहित मानिस पक्राउ
सुनसरी, असोज २८ गते।

सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१९ धनकुटे रोड बस्ने २६ बर्षिय कुल बहादुर लिम्बु र सोही ठाउँका शिया राई रहेका छन्। प्रहरीले उनीहरुको साथबाट एभिल-७२ एम्पुल, डाईजोल्याप-६९ एम्पुल, लुपीजेसिक-७० एम्पुल , नाईट्रोशन -६२ एम्पुल र स्पास्मो प्रोक्सिमन-६४ एम्पुल बरामद गरेको छ। बरामद लागुऔषध सहित दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

सवारी दुर्घटनामा ८ घाइते
विराटनगर, असोज २८ गते।

१ नम्बर प्रदेश अन्तर्गत सुनसरी र मोरङमा शुक्रबार भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्। सुनसरीको ईटहरी १७ मा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा ३० प ६३२४ नम्बरको मोटरसाइकललाई बि आर १ जी ३७५४ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी सोनापुर बस्ने अन्दाजी २२ बर्षिय विशाल चौधरी, सोही ठाउँका २२ बर्षिय हरी चौधरी र सुनसरी डुमरीया बस्ने अन्दाजी २३ बर्षिय धिरेन चौधरी गम्भिर घाइते भएका छन्। घाइतेको एपेक्स अस्पताल ईटहरी र जिल्ला अस्पताल इनरुवामा उपचार भइरेहको छ। ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलिले जनाएको छ। यस्तै मोरङको केराबारी गाउँपालिका-८ मच्छिन्द्र चौकमा को ३१ प ९६५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ९ प २७१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका-१० बस्ने २९ बर्षिय बिष्णु मगर सोही ठाउँका २८ बर्षिय चन्द्र मगर र २१ बर्षिय सुमन साह घाइते भएका छन्। घाइते मध्ये विष्णु र चन्द्रको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भेन सुमनको स्थानिय क्लीनीकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय केराबारीले जानएको छ। यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका-९ मा को १५ प ७३७० नम्बरको मोटरसाइकललाई को १० प ४४९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुवै मोटरसाइकलका चालक मोरङ सुन्दर हरैचा नगरपालिका-११ बस्ने ३७ बर्षिय भिम बहादुर प्रधान र मोरङ बेलबारी नगारपालिका-३ बस्ने ४० बर्षिय देउमान लिम्बु घाइते भएका छन्। घाइते दुवैको सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार भइरेहको प्रहरी चौकी विराटचोकले जनाएको छ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
मोरङ, असोज २७ गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-६ गछिया पुल नजिकै शुक्रबार ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ। पूर्व-पश्चीम राजमार्गमा ईटहरीबाट गछियातर्फ जादै गरेको को २ त ५७८७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९८८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३७ बर्षिय पुरण चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको छ भेन सोही ट्याक्टरले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को १ ह ९५८७ नम्बरको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार सुन्दरहरैचा नगरपालिका-७ बस्ने लीला माया खड्का समेत घाइते भएकी छिन्। उनको ईटहरी स्थित सामुदायिक अस्पतालमा उपचार भइरेहको छ। ठक्कर दिने ट्याक्टरका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा छन्। यस्तै सुन्दरहरैचा नगरपालिका-७ मा को १० प ४४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही ठाउँका ४२ बर्षिय हरी बहादुर बोहरा घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३५ बर्षिय जितमान तामाङ समेत घाइते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहकोप्रहरी चौकी गछियाले जनाएको छ।

बालिका मृत फेला
सुनसरी, असोज २७ गते।

सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्। विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वाला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई कनूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे अनुसन्धान भइरेहको उक्त कार्यालयले जानएको छ।

६२ औं प्रहरी दिवश, २०७४
विराटनगर, आश्विन २७ गते ।


६२ औं प्रहरी दिवश-२०७४ को अवसरमा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधिश डा. कुलरत्न भुर्तेलज्यूको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि भुर्तेलले प्रहरी संगठन लामो ईतिहास बोकेको संस्था भएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाई सकेको, नेपालमा जटिल मानिएका अपराधिक घटनाको सफल अनुसन्धान गरेको यधपि फौजदारी अपराध अनुसन्धान गर्ने एक मात्र निकाय भएकोले बद्लिदो परिस्थितिसंगै आधुनिक उपकरणको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिन सुझाउनु भएको थियो। मन्तव्यकै क्रममा वहांले राष्ट्रका लागी बलिदानी दिएका अमर प्रहरीहरुप्रति पुष्पहार अर्पण गरी श्रद्धा-सुमन ब्यक्त गर्न पाउँदा आफुलाई भग्यमानी ठानेको बताउनु भयो। यसरी राष्ट्रका लागि अमरत्व प्राप्त गर्ने वीर-सपुतहरुको आफन्तजन हुन पाउँदा अमर प्रहरी परिवारले दु:खी हैन गर्व महसुस गर्न समेत अनुरोध गर्नुभयो । त्यसैगरी उपस्थित प्रमुख अतिथि लगायत अन्य महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी दिवश नेपाल प्रहरी स्थापना भएको अवसरको सम्झना र देश र जनताको लागि कर्तव्यपथमा प्राणको आहुति दिने अमर तथा वीर प्रहरीहरुको त्यागको स्मरण गर्ने दिनको रुपमा रहेको बताउदै ती वीर सपुतहरुको वलिदानले औल्याएको बाटोमा अझ दृढताका साथ अगाडि बढ्नु सवै सदस्यको कर्तव्य भएको र नेपाल प्रहरी सोही बाटोमा अडिग भई लागी रहने विश्वास व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा वहाँले वर्षौसम्म सेवा गरी निबृत्त हुनु भएका अग्रजहरुको योगदानकै परिणाम स्वरुप नेपाल प्रहरी अपराध नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न सफल भएको, प्रहरीले मानब अधिकारको संरक्षण र प्रबर्द्धन, Intelligence Led Policing र Evidence Based Investigation को सिद्धान्त अनुरुप कार्य सम्पादन गर्न सक्नु पर्ने, अपराध र अपराधी विरुद्ध कडाईका साथ प्रस्तुत हुनु पर्ने, पेशागत कार्य सम्पादन गर्ने क्रममा सम्झौता गर्न नहुने, प्रहरीले आफ्ना आलोचना/पृष्ठपोषणमार्फत सुधारको मौका प्राप्त गर्ने, अपराध नियन्त्रणमा समाजबाट पूर्ण सहयोग प्राप्त भएमा मात्र प्रहरी सेवा प्रभावकारी हुने धारणा राख्नु भएको थियो । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीको अमर प्रहरी स्मारक स्थलमा विहान ०८:१५ बजेबाट शुरु भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्याय, सह-न्यायाधिबक्ता चिरञ्जिवि पराजुली, प्रहरी नायब महानिरीक्षक ज्ञान बिक्रम शाह, राष्ट्रिय अनुसन्धान बिभागका निर्देशक लक्ष्मण गुरुङ, नेपाली सेना पूर्वी पृतना हेडक्वाटरका महासेनानी शंकर बहादुर पण्डित, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक इश्वरबावु कार्की, मोरङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी वल नेपालका सिनियर अधिकृतहरु लगायत बिभिन्न क्षेत्रीय तथा जिल्लास्तरका सरकारी कार्यालय प्रमुखहरु, पत्रकार महासंघ मोरङका पदाधिकारीहरु, बिभिन्न गैर-सरकारी संस्थाका प्रमुख एबम् प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजन, प्रहरी अधिकृत तथा जवानहरु गरी करिब ७०० (सात सय) जनाको उपस्थिति रहेको थियो ।

“साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट दुई जना पुरस्कृत;

प्रहरी दिवश कै अवसर पारेर हरेक वर्ष प्रदान गरिदै आएको “साधना देवी प्रहरी पराक्रम पुरस्कार” बाट यस वर्ष प्रहरी सहायक निरीक्षक राजेन्द्र पासवान र प्रहरी जवान बसन्ती राई पुरस्कृत भएका छन्। साहसिक कार्य गरे वापत प्रदान गरिने सो पुरस्कारका संस्थापक प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले दुबै जनालाई जनही चालीस हजारको चेक हस्तान्तरण गर्नु भएको थियो।

नेपाल प्रताप भुषणद्वारा बिभूषित;-

सोही कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी नायव निरीक्षक बलराम यादवलाई नेपाल प्रताप भुषण अलंकारले सु-शोभन तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ। यादवलाई नेपाल सरकारद्वारा सो पदक प्रदान गर्ने निर्णय भए बमोजिम उक्त पदक प्रदान गरिएको हो ।

त्यसैगरी सोही कार्यक्रममा अन्य विवध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी उपरीक्षक देखी जवानसम्म-१६ जना प्रहरी कर्मचारीहरुलाई प्र.अ.म.नि. उपाध्यायले अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गर्नुका साथै प्रहरी दिवशको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

बिभिन्न व्यक्तित्वहरुलाई सम्मान;-

सोही अवसरमा “साधना देवी पराक्रम पुरस्कार” का संस्थापक प्रा. डा. बिक्रम प्रसाद श्रेष्ठलाई दोसल्ला ओढाई, सम्मान पत्र तथा प्रहरी कार्यालयका लागि जग्गा दान गर्नु हुने २४ जना जग्गादाता र प्रहरी कार्यमा सहयोग पुर्‍याउनु हुने अन्य २ जना महानुभावहरुलाई कदर-पत्र प्रदान गरिएको थियो ।

 

सवारी दुर्घटनामा दुई घाइते
मोरङ, असोज २७ गते।

मोरङको दुई स्थानमा विहीबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन्। सुन्दरहरैचा नगरपालिका १० स्थित बिराटचोकमा को १७ प ५०० नम्बरको मोटरसाइकललाई को १ ह २८७० नम्बरको सिटीसफारीले ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार सुन्दरहरैचा नगरपालिका ९ बस्ने ५२ बर्षिय शान्ती माझी घाइते भएकी छिन्। उनको सुकुना सामुदायिक अस्पतालमा बिराटचोकमा उपचार भईरहेको छ भने मोटरसाइकल र सिटी चालक प्रहरी चौकी बिराटचौकको नियन्त्रणमा छन्। यस्तै कानेपोखरी गाउँपालीका-३ स्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १ ह ८४५५ नम्बरको अटो रिक्साको ठक्करबाट कानेपोखरी गाउँपालिका-३ बस्ने १९ बर्षिय राजेन्द्र ऋषिदेव घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भईरहेको छ। ठक्कर दिने अटोका चालक प्रहरी चौकी रमाईलोको नियन्त्रणमा छन्।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई घाइते
सुनसरी, असोज २६ गते।

सुनसरीको रामधुनी-१ मा विहीबार काँकडभिट्टाबाट सिन्धुली जाँदै गरेको मे १ ख १९९५ नम्बरको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी-४ बस्ने २१ बर्षिय सुवास पौडेल र पछाडी सवार सोही ठाउँका शिव काफ्ले रहेका छन्। उनीहरु सवार को ११ प ६७६ नम्बरको मोटरसाइकललाई विहान १०;१५ बजे उक्त बसले ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बसका चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन्।

लेक लागेर बेलायती नागरीकको मृत्यु
सोलुखुम्बु, असोज २६ गते।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ मा विहीबार लेक लागेर एक बेलायती नागरीकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा पासपोर्ट नम्बर ७६१२००२४३ भएका ६३ बर्षिय टेरिन्स जोन गोस्टलिङ रहेका छन्। उनलाई विहान ३ बजेतिर सोही ठाउँको डोले रिसोटको कोठा नम्बर १७ मा अचानक लेक लागेको थियो।

करेन्ट लागेर महिलाको मृत्यु
झापा, असोज २६ गते।

झापाको कन्काई नगरपालिका-३ दुर्गापुर बस्ने ५६ बर्षिय कौशिला कोइरालाको विहीबार करेन्ट लागेर मृत्यु भएको छ। उनलाई विहान घरमा खाना पकाउने क्रममा हिटरबाट अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।

फरार दुई पक्राउ
मोरङ, असोज २६ गते।

अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानी विराटनगरले विहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्धामा १ हजार ७ सय ७५ रुपैयाँ जरिवाना तोकीएका मोरङ विराटनगर-१५ बस्ने २८ बर्षिय गुड्डु भन्ने मुमताज आलम र सोही मुद्धमा १ हजार रुपैयाँ जरिवाना तोकीएका विराटनगर-१४ बस्ने ४३ बर्षिय महेन्द्र भन्ने मागमन प्रसाद साह रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलेले विहीबार विहान पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई आजै अदालतमा उपस्थित गराइने उक्त कार्यालयले जनाएको छ।

२ लाख बढीको भन्सार छलेको सामान बरामद
मोरङ, असोज २६ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानी विराटनगरले विहीबार भन्सार छलेको १ लाख ११ हजार १५ रुपैयाँ मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। बरामदसामनहरुमा खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु रहेका छन्। उक्त सामान आवश्यक कार्वाहीकोलागी आजै भन्सार कार्यालय विराटनगरमा बुझाइने उक्त कार्यालयले जनाएको छ।

कुटपिटबाट एक घाइते
मोरङ, असोज २६ गते।

मोरङको धनपालथान गाउँपालिका-४ राईस मिल नजिकै बुधबार कुटपिटबाट एक जना घाइते भएका छन्। मोरङ कटहारी गाउँपालिकापा-७ बस्ने ५० बर्षिय ऐजुम सेख मियालाई सामान्य विवाद हुँदा रंगेली नगरपालिका-४ बस्ने २० बर्षिय बिसीम मियाले अपरान्ह ४ बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट घाइते सेखको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने कुटपिट गर्ने बसीम मिया इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।

मोरङ र सुनसरीबाट लागूऔषधसहित दुईजना पक्राउ
विराटनगर, असोज २६ गते।

मोरङ र विराटनगरबाट बुधबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल पंप नजिकै इलाका प्रहरी कार्यालय निमुवाको प्रहरी टोलीले अपरान्ह ४ बजे सवारी साधन चेक जाँच गर्ने क्रममा सुनसरी घरान-१५ बस्ने ३० बर्षिय बिमल मगरलाई लागूऔषध एभील १० एम्पुल, लुपिजेसीक-१० एम्पुल र डाईजेल्याब १० एम्पुलसहित पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ। यता सुनसरीको धरान-७ स्थित पानमारी बस स्टेनबाट अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कको टोले टोलीले साँझ ६ बजेतिर संखुवासभा घर भई हाल धरान-१३ बस्दै आएका ३२ बर्षिय मणी राईलाई लागूऔषध ९९ ट्याबलेट नाट्रोशनसहित पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

सवारी दुर्घटनामा ४ घाइते
मोरङ, असोज २६ गते।

मोरङको विभिन्न स्थानमा बुधबार भएको सवारि दुर्घटनामा ४ जना घाइते भएका छन्। विराटनगर महानगरपालिका-६ शिवमन्दीर चौकमा विराटनगर भन्सार कार्यालय बाट उत्तरतर्फ आउँदै गरेको एन एल ०१ जी ८२९७ नम्बरको भारतीय लहरीले को १६ प ८९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ६० बर्षिय टिकालाल शर्मा र पछाडी सवार जिल्ला सप्तरी कन्काई नगरपालिका-१४ बस्ने ४५ बर्षिय सुमन सुतीयार घाइते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने लहरीका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रंणमा छन्। यता रंगेली नगरपालिका- ७ रंगेली बजारमा को ४ प १६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा उमोटरसाइकल चालक सोही ठाउँका ४२ बर्षिय कुशेशर मण्डल घाईते भएका छन्। उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ। यस्तै उर्लाबारी नगरपालिका-३ मंलबारे चोकमा को १५ प ९००० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ६० बर्षिय राम कुमार राई घाइते भएका छन्। घाइते राईको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।

सवारी दुर्घटना २ घाईते
मोरङ, सुनसरी, असोज २५ गते।

१ नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरी जिल्लामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन्। मोरङको सुन्दर हरैचा नगरपालिका २ स्थित बलिया चौकमा बिराटनगरबाट काँकडभिट्टा जाँदै गरेको मे १ ख २६६६ नम्बरको सगरमाथ यातायात बसले को १ ह१३६१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा एक जना घाईते भएका छन्। ठक्करबाट सिटी-सफारी चालक मोरङ सुन्दर-हरैचा नगरपालिका ४ बस्ने बर्ष ६० को ईन्द्र बहादुर खडका घाईते भएका छन्। घाईते खड्कालाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरी चौकी गछीयाले जनाएको छ। बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। यता सुनसरीको धरान उप-महानगरपालिका १९ जिमी चौकमा को ५ प ६५७५ नम्बरको स्कुटरको ठक्करबाट एक बृद्धा घाईते भएकी छन्। ठक्करबाट पैदलयात्री धरान १९ बस्ने १९ बस्ने बर्ष ७१ की शिवामाँया भुजेल घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ भने स्कुटरलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ।

लागूऔषधसहित ५ जना पक्राउ
सुनसरी, मोरङ, असोज २५ गते।

सुनसरी र मोरङबाट प्रहरीले मंगलबार लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका-१ स्थित दसगजा बोर्डर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले को ४ प ९४६५ र ग २ प ९१७९ नम्बरको मोटरसाइकलमा सवार चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका-८ बस्ने २३ बर्षिय कमल राई, सोही ठाउँका २८ बर्षिय सुमन राई, २३ बर्षिय समन राई र भारत बेलाह-८ बस्ने वर्ष १९ बर्षिय कुशेश्वर कुमार यादव रहेका छन्। प्रहरीले उनीहरुको साथबाट र डाइजेल्याप-५० एम्पुल, एभिल-५० एम्पुल र नर्फिन ४६ एम्पुल बरामद गरेको छ। पक्राउ परेका उसबैलाई इलाका प्रहरी कार्यालय लौकहीमा राखी थप अनुसन्धान भइरेहको छ। यता मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित कोशीराजमार्गमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा सुनसरी धरान-१३ बस्ने २८ बर्षिय रुपक राईलाई लागूऔषध लुपिजेसिक-७ एम्पुल, डाईजेल्याप-७ एम्पुल र एभिल-७ एम्पुल सहित पक्राउ गरेको छ।

उदयपुरमा बलेरो दुर्घटना, ६ घाइते
उदयपुर, असोज २५ गते।

उदयपुरको कटारी नगरपालिका-११ स्थित ग्रिनचौरमा मंगलबार बलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ज चालकसहित ६ जना सवार ज १ च १३०८ नम्बरको बलेरो साँझ ६ बजेतिर ब्रेकफेल भई सडकबाट अन्दाजी ४ मिटर तलखसी दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको कटारी अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

फरार एक पक्राउ
मोरङ, असोज २५ गते।

अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्धामा १० हजार कैद सजाय सुनाएका मोरङ विराटनगर-१४ बस्ने २३ बर्षिय मौसम खड्का रहेका छन्। उनलाई दिउवसो २ बजेतिर घरवतनबाटै पक्राउ गरी मंगलबार नै अदालतमा उपस्थित गराएको उक्त कार्यालयले जनाएको छ। यता सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार १ लाख ७ हजार ३ सय ५० मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरी भन्सार बुझाएको छ।

घरेलु मदिरा बरामद
सुनसरी, असोज २४ गते।

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ स्थित काँकडभिट्टाबाट विराटनगर आउदै गरेको मे १ ख १०९३ नम्बरको बसबाट प्रहरीले मंगलबार ३ सय ४० लिटर घरेलु मदिरा बरामद गरेको छ। सि आर भी खनारबाट खटिएको प्रहरी टोलेल चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरासहित दुई महिलालाई समेत प्रहरेल नियन्त्रणमा लिएको प्रहरी चौकी खनारले जनाएको छ। यस्तै मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्दा खोला नजिकैबाट इलाका प्रहरी कार्यालय बेलबारीले को १ ख २१०९ नम्बरको बसबाट ४० लिटर घरेलु मदिरा बरामद गरेको छ।

लागूऔषधसहित दुई युवक पक्राउ
झापा, असोज २४ गते।

झापको मेचिनगर नगरपालिका-६ स्थित मुलगेट नजिकैबाट मंगलबार प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका-६ बस्ने २० बर्षिय गोपाल प्रसाद राजवंशी र सोही ठाउँका २४ बर्षिय सन्तोष राईलाई चेकजाँच गर्ने क्रममा दिउँसो ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्रोसन-२० थान बरामद गरेको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ।

एकै दिन फरार चार जना पक्राउ
मोरङ, इलाम, असोज २४ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिबादिहरू पक्राउ गर्ने अभियान अन्तर्गत मोरङ र इलाम प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित  जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्धामा १५०० जरिवाना तोकीएका मोरङ विराटनगर महानरपालिका-१२ बस्ने २४ बर्षिय भोला कामत, सोही ठाउँका २३ बर्षिय अजाद आलम र सोही मुद्धामा २ हजार रुपैया जरिवाना तोकीएका विराटनगर महानगरपालिका-५ बस्ने २४ बर्षिय रुपेश राय रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय (क) विराटनगर र वडा प्रहरी कार्यालय (ख) विराटनगरबाट खटिएको प्रहरी टोलीले विहान ९ बजे पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राखीएको उक्त कार्यालयले जनाएको छ। यस्तै सम्मानित  जिल्ला अदालत मोरङबाट वन मुद्धामा १ महिना कैद सजाय सुनाएका ईलाम माई नगरपालिका-५ बस्ने ५७ बर्षिय तेज बहादुर राईलाई समेत प्रहरीले मंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको उक्त कार्यालयले जनाएको छ।

बसको ठक्करबाट बृद्धाको मृत्यु
खोटाङ, असोज २४ गते।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ स्थित बाहुनिडाँडामा बसको ठक्करबाट आज बिहान एक जना बृद्धाको मृत्यु भएको छ। दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नम्बरको बसले बिपरित दिसाबाट पैदल आउँदै गरेकी सोही ठाउँ बस्ने बर्ष ७७ की जरीकन्य राईलाई ठक्कर दिएको थियो। ठक्करबाट बृद्धाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ। ठक्कर दिने बस र चालक खोटाङ बाह्रापोखरी गाउँपालिका बस्ने बर्ष ३५ को अर्जुन राईलाई प्रहरीको नियन्त्रमा राखिएको छ।

ईलाममा सर्पदंशबाट महिलाको मृत्यु
ईलाम, असोज २४ गते।

ईलामको माई नगरपालिका १० मा मंगलबार बिहान सर्पले डसेर एक महिलाको मृत्यु बएको छ। ईलममा १० बस्ने बर्ष ३२ की अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राती सर्पले डसेको थियो। सर्पले डसेर घाईते भएकी पौडेलको उपचारको क्रममा झापास्थित चारआली ब्यारेकमा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ।

धारीलो हतियार प्रहारबाट एकको मृत्यु
इलाम, असोज २४ गते।

इलामको चुलाचुली गाउँपालिका-१ बस्ने १९ बर्षिय सन्दिप फागोको मंगलबार धारीलो हतियार प्रहारबाट ज्यान गएको छ। विहान ४ बजेतिर उनी घर देखी अन्दाजी एक किलोमिटर टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको अवस्थामना मृत फेला परेका थिए। घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली खटिगई ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

चट्याङ लागेर एक घाइते
मोरङ, असोज २४ गते।

मोरङको धनपालथान गाउँपालिका-७ कदमाहा बस्ने ४५ बर्षिय हुलासदेवी यादव सोमबार चट्याङ लागेर घाइते भएकी छिन्। अपरान्ह ३ बजेतिर अचानक परेको चट्याङले उनलाई आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङ लगेको थियो। उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरेहको प्रहरी चौकी गडेरीयाले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट साइकलमा सवार ३ घाइते
मोरङ, असोज २४ गते।

मोरङको जहदा गाउँपालिका-३ मा सोमबार मोटरसाइकलको ठक्करबाट साइकलमा सवार ३ जना घाइते भएका छन्। मझारेबाट कटहरीतर्फ आउदैगरेको को १४ प ५४५० नम्बरको मोटरसाइकले कटहरीतर्फ जादै गरेका ३ वटा साइकललाई ठक्कर दिएको थियो। टक्करबाट मोरङ जहदा गाउँपालिका-३ बस्ने २७ बर्षिय शिवुचन मुखीया सोही ठाउँका २५ बर्षिय दिनेश मण्डल र ३१ बर्षिय सोनु मल्लिक घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते धनपालथान गाउँपालिका-३ बस्ने १५ बर्षिय दिनेश मुर्मु समेत घाइते भएका छन्। घाइते सबैको सामान्य कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको वडा प्रहरी कार्यालय (ख) विराटनगरले जनाएको छ। यता मोरङकै ग्रामथान गाउँपालिका-५ स्थित विराटनगर घिनाघाट सडक खण्डमा बा २७ प ४१६७ नम्बरको मोटरसाइकलको टक्करबाट पैदलयात्री सोही ठाउँकी ४०बर्षिया कलावती साह घाइते भएकी छिन्। घाइते साहको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय हरैचाको नियन्त्रणमा छन्।

आगलागीबाट ३ लाख बराबरको क्षति
मोरङ, सुनसरी, असोज २४ गते।

मोरङ र सुनसरीमा सोमबार आगलागीबाट ३ लाख बराबरको क्षति भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका- ९ पिपलचोर बस्ने रुद्र कार्कीको ग्वालीमा साँझ ७ बजेतिर अचानक लागेको आगोले उनको ग्वाली तथा ग्वालीमा रहेको सम्पूर्ण सामन जल्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ७ बस्ने हेमराज ढुङगानाको गाईगोठमा बिधुतलाईन सर्ट भई आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ। आगलागी प्रहरी, दमकल र स्थानियबासीहरुको सहयोगमा नियन्त्रणाम लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सखुवाको गोलीया सहित एक पक्राउ
सुनसरी, असोज २४ गते।

सुनसरीको वराह नगरपालिका-३ बाट प्रहरीले सोमबार सखुवाको गोलीयासहित एक जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले सोही ठाउँका २५ बर्षिय पूर्ण बहादुर सुब्बालाई १५ किबी सखुवाको गोलियासहित विहान ८ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सुब्बालाई सेन्टर वन कार्यालय वराह सुनसरीमा बुझाईएको उक्त कार्यालयले जनाएको छ। त्यस्तै मोरङको रंगेली नगरपालीका-४ बक्राहा खोला नजिकैबाट विभिन्न नापका ३३ वटा सखुवाको गोलीया लोड गरेको को २ त ४६८८ र मे १ त ५३८६ नम्बरको ट्याक्टर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बेलुका ९ बजे नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जानएको छ।

ब्राउन सुगरसहित २ युवक पक्राउ
झापा, असोज २३ गते।

झापाको मेचीनगर नगरपालिका ६ स्थित मुलगेटबाट प्रहरीले लगूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका १ गोदक बस्ने बर्ष २२ को पासाङ लामा र सोही नगरपालिका ७ बस्ने बर्ष २२ को सुरज खनाल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ रिक्सामा सवार रहेका उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा ६ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

तीर्थयात्री बोकेको जिप दुर्घटना, २ को मृत्यु ३ घाइते
ताप्लेजुङ, असोज २३ गते।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित छातेढुङ्गामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। सुकेटार-पाथिभरा सडक खण्ड अन्तर्गत तीर्थयात्री बोकेर पाथिभरा दर्शनको लागी जाँदै गरेको मे १ ज १३०८ नम्बरको बलेरो जीप घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनमा परी मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष २५ कि अनिता थापाको घटनास्थलमा नै मृत्यु भएको हो भने सोही नगरपालिका बस्ने बर्ष ३० को होमराज घिमिरेको उपचारको क्रममा ताप्लेजुङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनामा चालक ईलाम सुर्योदय नगरपालिका २ बस्ने बर्ष २३ को अमित श्रेष्ठ (गम्भीर) , वर्ष २६ को दिलिप घिमिरे (गम्भिर) र वर्ष २० को अनिलजंग थापा(सामान्य) घाईते भएका छन्। जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ। उक्त जीपमा चालक र सह-चालकसहित ६ जना सवार थिए।
त्यस्तै मोरङको सुन्दर-हरैचा नगरपालिका ७ गोठगाँउ स्थित राजमार्गमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन्। रामधुनीबाट बेलबारी जाँदै गरेको को २३ प ८००९ नम्बरको स्कुटरले पैदलयात्री सुन्दर हरैचा नगरपालिका ७ बस्ने पुण्य प्रसाद आचार्यलाई ठक्कर दिएको प्रहरी चौकी गछीयाले जनाएको छ। ठक्करबाट स्कुटर चालक सुनसरी रामधुनी नगरपालिका ९ बस्ने जितेन्द्र कुमार सिंह र पछाडी सवार पार्बतीदेवी खवास समेत गम्भीर घाइते भई उपचारकालागी तीनै जनालाई बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने स्कुटर प्रहरी चौकी गछीयाको नियन्त्रणमा राखिएको छ।

लागूऔषधसहित एक पक्राउ
मोरङ, असोज २३ गते।

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल र एभिल-२० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

१ लाख बढीको भन्सार छलेको सामान बरामद
मोरङ, असोज २३ गते।

इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे बरामद गरेको हो। बरामद सामान सहित प्रहरीले विराटनगर-१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरेहको छ। यता जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले विहान १;३० बजे मोरङको धनपालथान गाउँपालिका-३ बाट अन्दाजी ३५ सय मुल्य बराबरको विभिन्न जातको पटका बरामद गरेको छ। बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालक घाइते
मोरङ, असोज २३ गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा आइतबार पिकअपको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६८६३ नम्बरको मोटरसाइकलमा सवार भोजपुर पौवादुम्बा ३ बस्ने बर्ष-२० को आकाश लकान्द्री रहेका छन्। उनलाई को १ च ४३०२ नम्बरको महिन्द्रा पिकअप भ्यानले दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने पिकअपका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा छन्।

लागूऔषध सेवनकर्तालाई सचेतनामुलक अनुशिक्षण
मोरङ, असोज २२ गते।

“सिमावर्ती एरियामा लागूऔषध नियन्त्रण गर्ने अभियान” अन्तर्गत आज प्रहरीले लागूऔषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिई सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरेको छ। ईलाका प्रहरी कार्यालय र सीमा प्रहरी चौकी रानीबाट खटिएको संयुक्त टोलीले बिराटनगर १५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट २९ जना लागूऔषध सेवनकर्तालाई नियन्त्रणमा लिई सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरेको हो। दुई घण्टे अनुशिक्षण कार्यक्रममा धरान, बिराटनगर, तरहरा, ईटहरी, बेलबारी, उर्लाबारी, गोर्खा र हरैचाबाट आएका २९ जना लागूऔषध सेवनकर्ताहरु सहभागी थिए। उनीहरुलाई बिहान ७ बजे देखी अपरान्ह ४ बजे सम्म नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखी प्रशिक्षण दिईएको हो। कार्यक्रममा स्थानीय बुद्दिजिबी, भद्रभलादमी, लागूऔषध सेवनकर्ताहरुको अबिभावक समेतको उपस्थितिमा अबोप्रान्त लागूऔषध सेवन नगर्ने सामुहिक प्रतिबद्धता गराई अपरान्ह ५ बजे अबिभावकको जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक संतोष निरौलाले जानकारी दिनु भयो।

 

बस्तु बाँध्ने गोठमा मृत अबस्थामा फेला
खोटाङ, असोज २२ गते।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १ स्थित कोलाबारीमा आईतबार एक जना मृत अबस्थामा फेला परेका छन्। सोही नगरपालिका बस्ने पदम लाल आचार्यको ५० बर्षिय छोरा उद्वव आचार्य आफ्नै बस्तु बाँध्ने गोठमा बिहान ६ बजे मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घट्नाको जानकारी पाउना साथ प्रहरीको टोली खटिई गई कानूनी प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ।

“प्रहरी दिवश” को अवसरमा महिला दौड प्रतियोगिता
बिराटनगर, असोज २२ गते।

६२ औँ “प्रहरी दिवश २०७४” भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा आज मिति २०७४ साल आश्विन २२ गते महिलातर्फको ५ किलो मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको खेल मैदानमा बिहान ७ बजेदेखी शुरु भएको उक्त प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३२ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा अनिषा पराजुली प्रथम, ईवन राई द्धितिय र मीना श्रेष्ठले तृतीय स्थान हासिल गरेकी छन्। साथै प्रहरी दिवशकै अवसरमा पुरुषतर्फको (डबल) ब्याडमिन्टन प्रतियोगिता समेत भईरहेको छ। उक्त प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको छ।

लागूऔषधसहित एक पक्राउ
मोरङ, असोज २२ गते।

मोरङको बुढीगंगा गाउँपालिका ४ पेट्रोल पम्प स्थित राजमार्गबाट शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले सुनसरी धरान १५ बस्ने ३४ बर्षिय संजिव तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले शरिरमा लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेल्याब १० एम्पुल, लुपिजेसीक १० एम्पुल, एभिल १० एम्पुल बरामद गरेको छ। तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

धरानमा बसको ठक्करबाट भाईको मृत्यु दाजु घाईते
सुनसरी, असोज २२ गते।

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित तीनकुनेमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। धरानबाट भद्रपुरतर्फ जाँदै गरेको को १ ख ३१८८ नम्बरको गुराँस यातायात बसले ईटहरीबाट धरानतर्फ जाँदै गरेको मे ८ प ७४३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार चालक पाँचथर तुमेवा गाउँपालिका १ मौवा बस्ने नबिन थापा र पछाडी सवार निजको भाई बर्ष-११ को रुपक थापा घाईते भएका थिए। गम्भीर घाईते दुबै जनालाई उपचारकालागी वि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा रुपक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी तरहराको नियन्त्रणमा राखिएको छ। त्यस्तै इटहरी उप-महानगेपालिका ९ बि.पी. चौकमा शनिबार राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ८७६५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामधुनीभाषी नगरपालिका ८ बस्ने बर्ष ३० को राज चौधरी घाईते भएका हुन्। दुर्घटनामा परी गम्भीर घाईते उनलाई उपचारकालागी गोल्डेन हस्पिटल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा आज राती सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

बसको ठक्कर ट्याक्टर चालकको मृत्यु ३ घाईते
झापा, असोज २१ गते।

झापाको कन्काई नगरपालिका ३ सुरुङ्गा चौकस्थित राजमार्गमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टाबाट लहान जाँदै गरेको ना ६ ख ७८६४ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको मे १ त ५१०९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट ट्याक्टरका चालक झापा गाउँपालिका बस्ने ३२बर्षिय नबिन मिँयाको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ। त्यसैगरी बसमा सवार जिल्ला चितवन घर भई हाल अष्ट्रेलिया बस्दै आएका १२ बर्षिय प्रभात भट्ट, झापा बिर्तामोड नगरपालिका ३ बस्ने ३८ बर्षिया गोमा न्यौपाने र दमक नगरपालिका २ बस्ने ९ बर्षिय मंगेश ढुंगाना घाईते भई मेरी गोल्ड अस्पताल सुरुङ्गामा उपचार भई रहेको छ। ठक्कर दिने बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

६२ औ “प्रहरी दिवश २०७४” को अवसरमा रक्तदान
विराटनगर, असोज २१ गते।

६२ औँ “प्रहरी दिवश २०७४” भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा आज मिति २०७४ साल आश्विन २१ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको प्राङगणमा बिहान ७ बजेदेखी शुरु भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङका १ सय ११ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन्। उक्त कार्यक्रम सम्पन्न गराउन नेपाल रेडक्रस सोसाईटी, मोरङ शाखा र रक्त संचार सेवा केन्द्र, बिराटनगरद्धारा प्राबिधिक सहयोग प्रदान भएको थियो। साथै प्रहरी दिवशकै अवसरमा आजैबाट पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिता (डबल) शुरु भएको छ। उक्त प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको छ। सोही अवसरमा यस कार्यालयले आईतबार बिहान ७ बजे महिलातर्फको ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दैछ।

करेण्ट लागेर एकको मृत्यु, २ घाईते
सुनसरी, असोज २१ गते।

सुनसरीको बराह नगरपालिका १ मा शुक्रबार राती करेण्ट लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। करेण्ट लागेर सोही नगरपालिका बस्ने ४२ बर्षिया रुपा राई रहेको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ। राईलाई टिनको छानो भएको १ तले घर माथी बिजुलीको पोलको नाङ्गो तार चुडिएर करेन्ट लागेर उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसतै राईको २३ बर्षिय छोरा आकाश राई छोरी बर्ष २१ कि रचना राई घाईते भएका हुन्। उनीहरुको उपचार भईरहेको छ।

आगलागीबाट १० लाखको क्षति
ईलाम, असोज २१ गते।

ईलामको देउमाई नगरपालिका ३ मा शुक्रबार राती आगलागी भएको छ। स्थानीय मन बहादुर मगरको भन्सा घरबाट अचानक आगलागी हुँदा टिनको छानो भएको दुई तले घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख मुल्य बराबरको क्षति भएको हो। उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ।

चाँदीको मुर्ती सहित एक भारतीय नागरिक पक्राउ
मोरङ, असोज २१ गते।

मोरङको बिराटनगर महानगरपालिका १६ स्थित हुलास मेटल चौकबाट प्रहरीले शुक्रबार अपरान्ह चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले भारत अररीया जोगवनी बस्ने १८ बर्षिय दिनेश कुमार साहलाई पक्राउ गरेको हो। साहले सेतो कपडाले बेरेर शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा अन्दाजी १ लाख ३० हजार ४ सय २० मुल्य बराबरको चाँदीको मुर्ती र पुजाको सामाग्री अन्दाजी २ किलो १६२ ग्राम फेला पारी बरामद गरेको हो। बरामद सामानसहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

सवारी दुर्घटनामा ३ घाईते
मोरङ, सुनसरी, असोज २१ गते।

१ नम्बर प्रदेश अन्तर्गत मोरङ र सुनसरी जिल्लामा शुक्रबार राती भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन्। मोरङको सुन्दर हरैचा नगरपालिका १२ स्थित राजमार्गमा को३० प १४२५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। ठक्करबाट सोही नगरपालिका १० बस्ने बर्ष ७५ को खगेन्द्र दाहाल घाईते भएका थिए। त्यस्तै मोटरसाईकलको पछाडी सवार दुहबी नगरपालिका ४ बस्ने ४ बस्ने बर्ष २७ कि नितु साह समेत घाईते भई उपचारकालागी सामुदायिक अस्पताल बिराटचोक पठाईएको छ। ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी चौकी बिराटचौकले जनाएको छ। त्यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका१७ स्थित राजमार्गमा ईटहरीबाट पश्चिम जाँदै गरेको तत्काल नम्बर नखुलेको सेतो कारको ठक्करबाट एक जना साईकलयात्री घाईते भएका छन्। ठक्करबाट साईकलमा सवार ईटहरी ८ बस्ने ३५ बर्षिय अर्जुन मलाह गम्भिर घाईते भई उपचारकालागी एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ। ठक्कर दिने कार तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

१ लाख नगद सहित ५ जुवाडे पक्राउ
सुनसरी, असोज २० गते।

सुनसरीको बराह नगरपालिका ५ स्थित एक घरबाट प्रहरीले शुक्रबार जुवा-तास खेलीरहेको अबस्थामा ५ जना जुवाडेलाई ठुलो रकम सहित पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले स्थानीय एक घरको बन्द कोठा भित्र तास खेली रहेको अस्थामा बेलुका ८ बजे पक्राउ गरेको हो। प्रहरीले उक्त खालबाट नगद १ लाख १० हजार ९ सय ५ रुपैँया बरामद गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो। पक्राउ परेका उनीहरुउपर आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

रानी प्रहरीले २ लाख बढी मुल्यको तस्करीको सामान भन्सार बुझायो
मोरङ, असोज २० गते।

"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत शुक्रबार प्रहरीले २ लाख बढीको अबैध सामान बरामद गरी भन्सार कार्यालय बुझाएको छ। इलाका प्रहरी कार्यालय र सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी ल्याउँदै गरेको अन्दाजी २ लाख ६३ हजार ४ सय ४५ रुपैँया मुल्य बराबरको खाद्यान्न, छाला, साईकल तथा कुचो बरामद गरेको हो। बरामद गरिएको सामान आवश्यक अनुसन्धान पश्चाच आजै भन्सार कार्यालय रानी बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

गाँजा मुद्धामा फरार एक कारागार चलान
मोरङ, असोज २० गते।

सम्मानित अदालत मोरङबाट कैद तथा जरिवाना सजाय भई “फरार प्रतिबादी पक्राउ गर्ने अभियान” अन्तर्गत शुक्रबार एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले लागऔषध गाँजा मुद्धामा १ बर्ष कैद तथआ ५ हजार जरिवाना सजाय भएका मोरङ जहदा १ बस्ने गहदु यादबको छोरा बर्ष ३२ को धनपत यादबलाई २०७४/६/८ गते पक्राउ गरेको थियो। यादवलाई सम्मानित जिल्ला अदालत मोरङको आदेश अनुसार तोकिएको कैद भुक्तानकालागी शुक्रबार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

६२ औ “प्रहरी दिवश २०७४” अवसरमा खेलकुद प्रतियोगिता
विराटनगर, असोज २० गते।

नेपाल प्रहरीले प्रत्येक वर्ष असोज मसान्तलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ। यस बर्ष समेत आश्विन २७ गते ६२ औ “प्रहरी दिवश २०७४” भब्यताका साथ मनाउने निर्णय भएको र १ नम्बर प्रदेश प्रहरी कार्यालयद्धारा समेत बिबिध कार्यक्रम आयोजना गरी प्रहरी दिवश मनाउने सिलसिलामा शुक्रबार पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीका प्रहरी जवान विनोद राउत प्रथम, सोही केन्द्रका, प्रहरी जवान शोभित कुमार पासवान द्धितीय र सशस्त्र प्रहरी गण मुका रानीमा कार्यरत प्रहरी जवान शेसु कुमार राई तृतीय भएका छन्। पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीको खेल मैदानमा भएको उक्त प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, दंगा नियन्त्रण प्रहरी गण दुहवी र सशस्त्र प्रहरी गणका जम्मा ३० जना प्रहरी हवल्दार तथा जवान सहभागी रहेका थिए। प्रहरी दिवशकै अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालयले यही २१ गते रक्तदान कार्यक्रम तथा २२ गते महिलातर्फको ५ किलोमिटर दौड र पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न गईरहेको छ।

१५ जना जुवाडे पक्राउ
मोरङ, असोज २० गते।

मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मिमार्ग बस्ने कमल गुरुङको घरबाट प्रहरीले विहीबार १५ जना जुवाडे पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैचा, केराबारी र प्रहरी चौकी विराटचोकबाट खटिएको संयुक्त टोलीले बेलुका १० बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट ३१ हजार १ सय ५ रुपैयाँ र एक सेट कौडा समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरेहको छ।

घरेलु मदिरा बरामद
मोरङ, असोज २० गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-१ बाट प्रहरीले शुक्रबार ४० लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले विहान ६ बजे साइकलमा लोड गरेको अवस्थामा उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरा इलाका प्रहरी कार्यालय हरैचामा राखी थप अनुसन्धान भइरेहको छ।

मोटरसाइकलको ठक्करबाट महिला घाइते
मोरङ, असोज २० गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार विहान मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। पूर्वबाट पश्चिमतर्फ जादै गेरेको बा ८६ प २८९० नम्बरको मोटरसाइकले विहान ५;३० बजे बाटो क्रस गर्दै गरेकी पैदलयात्री जिल्ला भोजपुर पौवादुम्बा-२ बस्ने ५२ बर्षिया लोकमाया बोहरालाइ ठक्कर दिएको थियो। ठक्करबाट घाइते बोहोराको सुकुना सामुदायिक अस्पताल बिराटचौकमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन्।

सवारी दुर्घटनमा पाँच घाइते
विराटनगर, असोज २० गते।

सुनसरी र झापामा विहीबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। सुनसरीको दुहबी नगरपालिका-१० सिमरियामा इनरुवाबाट दुहवीतर्फ आउदैँ गरेको को १२ प ४४८५ नम्बरको मोटरसाइकलर विपरीत दिशाबाट जादैँ गरेको को ७ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुहवी नगरपालिका-१० सिमरिया बस्ने लतुराम माझी, ईनरुवा नगरपालिका-८ बस्ने २२ बर्षिय सुधिप चौधरी र मोरङ वुढीगंगा-५ बस्ने २७ बर्षिय श्याम कुमार सरदार घाइते भएका छन्। घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानिय मेडिकलमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। यता झपाको मेचिनगर नगरपालिका-६ साठी बिगाहामा मे ८ प ८६४४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुदा स्कुटर चालक मेचिनगर नगरपालिका-६ बस्ने अन्दाजी ३५ बर्षिय कृष्ण श्रेष्ठ र पछाडी सवार १४ बर्षिय सन्तोष परियार घाइते भएका छन्। घाइते दुवैको बिर्तासीटी अस्पताल विर्तामोडमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानएको छ।

दाजुको खुकुरी प्रहारबाट भाइ घाइते
झापा, असोज २० गते।

झापाको गौरादह नगरपालिका-९ बैगुन्धुरा बस्ने ५७ बर्षिय कैलाश भुजेल विहीबार आफ्नै दाजुको खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई घरायसी विवाद हुदा दाजु ६६ बर्षिय डिक बहादुर भुजेलले बेलुका १० बजेतिर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका भाइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने दाजु फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी कुन्जीबारीले जनाएको छ। त्यस्तै मोरङको पथरी-शनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ४६ बर्षिय पूर्ण कुमार चेम्जुङ विहीबार कुटपिटबाट घाइते भएका छन्। उनलाई बेलुका ९ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा सोही ठाउँका कटन बहादुर तुम्बापोको छोरा अन्दाजी २२ बर्षिय कान्छा तुम्बापोले चिर्पटले टाउँकोमा प्रहार गरेका थिए। चिर्पट प्रहारबाट घाइते चेम्जुङको न्युरो अस्पताल विराटनागरमा उपचार भइरेहको छ भने चिर्पट प्रहार गर्ने कान्छा फरार रहेकाले खोजी भइरहेजको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

मोरङको दुई स्थानबाट २० जना जुवाडे पक्राउ
मोरङ, असोज २० गते।

मोरङको दुई स्थानबाट प्रहरीले विहीबार २० जना जुवाडे पिक्राउ गरेको छ। सुन्दरहरैचा नगरपालिका- ६ बस्ने चन्द्र प्रसाद भट्टराईको घरमा तास खेली रहेको अवस्थामा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीको टोलीले नगद ४५ हजार र १ बुक ताससहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरेहको छ। त्यस्तै विराटनगर महानगरपालिका-८ अशोक चोक बस्ने सिद्धि बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित ७ जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई सोही कार्यालयमा राखी अनुसन्धान भईरहेको छ।

लागूऔषधसहित एक पक्राउ
सुनसरी, असोज २० गते।

सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तिनकुने चेक प्वाईन्टबाट प्रहरीले विहीबार लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१६ डेरा गरी बस्ने ३७ बर्षिय बादल कुमार चौधरी रहेका छन्। उनलाई साँझ ५;३० बजेतिर अस्थायि प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट तिघ्रामा टेपले बाधेको अवस्थामा एभिल -१३ एम्पुल, डाइजोलोपाम-१३ एम्पुल र लुपिजेसिक -१३ एम्पुल, बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहको छ।

लागूऔषधसहित दुई पक्राउ
सुनसरी, असोज १९ गते।

सुनसरीको धरान उप-महानगरपालिका-११ स्थित गैरीगाँउबटाट प्रहरीले विहीबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय सन्तोष कार्की र २६ बर्षिय दिपक विश्वकर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधरामा विहान १० बजे कार्कीको घर कोठा खानतलासी गर्ने क्रममा एभिल-५१ एम्पुल, डाईजोल्याप-५१ एम्पुल, लुपीजेसिक-५१ एम्पुल र विश्वकर्नमाको साथबाट एभिल-३९ एम्पुल, डाईजोल्याप-३९ एम्पुल र लुपीजेसिक-३९ एम्पुल बरामद गरेको हो। बरामद लागूऔषधसहित दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

बसको ठक्करबाट स्कुटरमा सवार दुई घाइते
सुनसरी, असोज १९ गते।

सुनसरीको दुहवी-५ स्थित कोशी राजमार्गमा विहीबार बसको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्। इटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको ना ४ ख ३८५८ नम्बरको बसले बिपरीत दिशाबाट जादै गरेको को २९ प ५८३१ नम्बरको स्कुटीलाई दिउँसो २ बजे ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक इटहरी-४ बस्ने २६ बर्षिय अशोक राई र पछाडी सवार इटहरी-१२ खनार बस्ने २५ बर्षिय रबिन चौधरी घाइते भएका छन्। घाइते मध्ये चौधरीको न्युरो अस्पताल विराटनगर र राइको जिवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको छ। बसका चालक इलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा छन्।

धनकुटामा मारुती भ्यान दुर्घटना, दुई घाइते
धनकुटा, असोज १९ गते।

धनकुटाको पाख्रिवास नगरपालिका-४ स्थित मुगा-पाख्रिबास सडक खण्डमा विहीबार ग १ च २९८ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा वतन खुल्न नसकेका अन्दाजी १९ बर्षिय कुमार राई, र धनकुटा पाख्रीबास नगरपालिका-१० बस्ने ५० बर्षिया सरीता पख्रेल रहेकी छिन्। उनीहरु सवार उक्त भ्यान विहान १०;३० बजे उकालो चढ्न नसकी सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइते रामकुमार राईको जिल्ला अस्पताल धनकुटामा तथा सरीताको पोलि क्ल्निक पाख्रिवासमा उपचार भइरेहको छ। भ्यानका चालक इलाका प्रहरी कार्यालय पाख्रीबासको नियन्त्रणमा छन्।

इलाममा ट्याक्सी दुर्घटना, आठ जना घाइते
इलाम, असोज १९ गते।

इलामको देउमाई नगरपालिका-५ गजुरमुखी-मंगलबारे सडक खण्डमा विहीबार ट्याक्सी दुर्घटना हुँदा चालकसहित ८ जना यात्री घाइते भएका छन्। गजुरमुखीबाट मंगलबारेतर्फ १३ जना यात्रु बोकेर जादैगरेको को १ ज १४११ नम्बरको ट्याक्सी विहान ९;३० बजेतिर क्राउन भाच्चीई अचानक अनियन्त्रित भइ बाटो भन्दा ३० मिटर तल खसेको थियो। दुर्घटनमा जिल्ला इलाम इलाम नगरपालिका-१ बस्ने २० बर्षिय भुपेश राई, इलाम माङसेबुङ गाउँपालिका-१ बस्ने ५५ बर्षिय राम बहादुर बुढाथोकी, सोही ठाउँका ४५ बर्षिय लिला बुढाथोकी, ४५ बर्षिया साबित्रा बुढाथोकी, १९ बर्षिया उमा बुढाथोकी,देउमाई नगरपालिका-८ बस्ने ४७ बर्षिया गणेश बराल, ३६ बर्षिया लक्ष्मी बराल र १७ बर्षिय सुवास सोनाम घाइते भएका छन्। घाइतेको झापको विर्तामोड स्थित बिर्तासिटी अस्पताल र स्थानिय मंगलबारे अस्पताल इलामममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

भारतीय पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, असोज १९ गते।

झापाको कमल गाउँपालिका-५ साबित्रा चोकमा विहीबार भारतीय नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जादै गरेको एस के ०१ जे १७७० नम्बरको पिकअपले मर्निङ वाकमा हिडेका कमल गाउँपालिका-५ आइतबारे बस्ने ४५ बर्षिय खेम चौलागाइलाई विहान ४ बजे ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा ४;२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पिकअप र चालक प्रहरीको नियन्त्रणमा छन्। यता मोरङको पथरी-शनिश्चरे नगरपालीका-२ हरीयाली वनकार्यालय अगाडी भारतीय नम्बर एच र ३३ ई ५७१५ नम्बरको ट्रकले को १७ प ९३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालीका-२ बस्ने ४५ बर्षिय बिर कुमार राई घाइते भएका छन्। घाइते राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

खोल्सामा डुबेर एकको मृत्यु
मोरङ, असोज १९ गते।

मोरङको पथरी-शनिश्चरे नगरपालीका-७ लामाटोली बस्ने अन्दाजी ६२ बर्षिय नर बहादुर बिश्वकर्माको बुधबार खोल्समा डुबेर ज्यान गएको छ। बेलुका ८;२० बजेतिर विश्वकर्मालाई घर नजिकै रहेको गुहेहोली भन्ने खोल्सामा डुबेको अवस्थामा मृत भेटेपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिगई शव पोष्ट मार्टमकोलागी पठाएको छ भने घटनाबरे थप अनुसन्धान भइरेहको छ।

भन्सार छलेको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा
सुनसरी, असोज १९ गते।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले बुधबार ठूलो परिमारणको भन्सार छलेको कपडा सहित मिनी नियन्त्रणमा लिएको छ। दिउँसो ३ बजे उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालीका-४ कप्तानगञ्जमा को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरेको अवस्थामा ५२ पोका कपडा बरामद गरेको हो। बरामद कपडा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरेहको छ।

सवारी दुर्घटनामा ११ घाइते
विराटनगर, असोज १८ गते।

मोरङ र सुनसरीमा बुधबार भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। मोरङको पथरी -शनिश्चरे नगरपालीका १ स्थित जय चोकमा ना ४ ख ८१३३ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको को १ ह ९०१ नम्बरको टेम्पोलाई ठक्कर दिदा टेम्पोका चालक सहित टम्पोमा सवार ६ जना घाइते भएका छन्। घाइते सबैको मंगलबारे अस्पताल उर्लाबारीमा उपचार भईरहेको छ भने बसका चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्। त्यस्तै सोही नगरपालिका-९ मा को १ ह ५८५४ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँका लक्ष्मी प्रसाद खनालको छोरा ६ बर्षिय अबनिष खनाल घाइते भएका छन्। घाइते बालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने सिटीका चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्। यता सुनसरीको इटहरी-५ पचुरुकि चोकमा ना २ त ५५०८ नम्बरको ट्याक्टरले को १ह २७०१ नम्बरको सिटिसफारीलाई ठक्कर दिदा सिटीका चालक इटहरी ७ बस्ने वर्ष ४५ को सविन राई र सिटिमा सवार सोही ठाउँकी २८ बर्षिया कलपना सुनुवार घाइते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्। त्यस्तै इटहरीकै इटहरी उपमहानगरपालिका-५ पचुरुकि चोकमा को १ ह १७४१ नम्बरको सिटिसफारी आफै अनियन्त्रित भई दुर्घटना हुदा सिटिसफारीमा सवार ईटहरी-५ बस्ने ६० बर्षिया खड्ग कुमारी श्रेष्ठ घाइते भएकी छिन्। उनको एपेक्स अस्पताल ईटहरीमा उपचार भइरेहको छ भने सिटीका चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्। यता इटहरीकै इटहरी-२० तरहरामा ना ५ ख ४१८४ नम्बरको ढोकाबाट लडेर ईटहर-१९ बस्ने वर्ष ५२ की चन्द्र कुमारी खड्का गम्भिर घाइते भएकी छिन्। उनको न्युरो अस्पताल विराटनगरमटा उपचार भइरहेको छ भने बसका चालक प्रहरी चौकी तरहराको नियन्त्रणमा छन्।

कुकुर खोलामा डुबेर बालकको मृत्यु
मोरङ, असोज १८ गते।

मोरङको रंगेली नगरपालिका २ स्थित बबियाबिर्तामा खोलामा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ। घर नजिकै रहेको कुकुर खोलामा डुबेर सोही ठाउँ बस्ने राम साहको ३ बर्षिय छोरा हेमु साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। खोलामा डुबेर घाईते भएका बालकलाई उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

सुनसरीमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु
सुनसरी, असोज १८ गते।

सुनसरीको ईनरुवा नगरपालिका ४ मा आज बिहान मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ईनरुवा-डुम्राहास्थित भित्री सडक खण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने कामेश्वर सदाको २ बर्षिय छोरा नमन सदाको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाईते बालकको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ठक्कर दिने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

सवारी दुर्घटनामा दुई घाइते
मोरङ, सुनसरी, असोज १८ गते।

मोरङ र सुनसरीमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ चन्द्रनगर मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १३ प ७७४० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक सुनसरी तरहरा बस्ने बर्ष ३५ को सुजन बस्नेत घाइते भएका छन्। घाइते सुजनको सामुदाहिक अस्पताल ईटहरीमा उपचार भईरहेको छ भने ठक्कर दिने ट्याक्टर फरार रहेकाले खोजी भइरेहको छ। त्यस्तै सुनसरीको धरान-१५ स्थित महादेब चौकमा को १३ प ३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० बर्षिय धन बहादुर राई घाइते भएका छन्। घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक वडा प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्।

२ लाख बढी नगदसहित कौडा खेल्ने २४ जना पक्राउ
झापा, असोज १८ गते।

झापाको शिबसतासी नगरपालिका-४ बुल्लुचोक स्थित गोपालमान तामाङको घरबाट प्रहरीले बुधबार २ लाख बढी नगदसहित कौडा खेल्ने २४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गोप्य सुचानाको आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट १६ कौडा तथा २ लाख ९६ हजार ३ सय ८५ रुपैयाँ नगद बरामद गरेको छ। बरामद नगदसहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भइरहेको छ।

खुकुरी प्रहारबाट एक घाइते
मोरङ, असोज १८ गते।

मोरङको मिक्लाजुङ गाउँपालिका-३ कालिझोर बस्ने २२ बर्षिय बिक्रम श्रेष्ठ मंगलबार खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका अन्दाजी १८\२० बर्षिय प्रेम सुब्बा, भक्त मगर र सानाभाई लिम्बु समेतको समुहले बेलुका ८;२० बजेतिर सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका बिक्रमको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। खुकुरी प्रहार गर्ने समुह फरार रहेकाले खोजी भइरेहको अस्थायी प्रहरी चौकी टाडीले जनाएको छ। यता मोरङकै ग्रामथान गाउँपालिका-७ नेताचौक बस्ने २८ बर्षिय सन्तोष माझीले मंगलबार आफ्नै २६ बर्षिय सुमन देवी चौधरीलाई कुटपीट गरेका छन्। दिउँसो २ बजेतिर सामान्य विवाद हुँदा सन्तोषले श्रीमतीलाई कुटपिट गरेका हुन्। कुटपिटबाट टाउकोमा चोट लागेकी श्रीमतीको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने श्रीमान फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

भन्सार छलेको सामान बरामद
मोरङ, असोज १८ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले मंगलबार साँझ ८६ हजार ५ सय ४० मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। बरामद सामानहरुमा लताकपडा र खाद्यान्न रहेका छन्। बरामद सामान भन्सार कार्यालय विराटनगरमा बुझाएको उक्त कार्यालयले जनाएको छ।

दँशैको मेलामा छुरा प्रहार, १ को मृत्यु १ घाईते
झापा, असोज १७ गते।

झापाको झापा गाउँपालिका ३ स्थित कामाटोली बजारमा सोमबार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। दँशैको अबसरमा लागेको रमाईलो मेलामा सामान्य बिवाद हुँदा सोही गाउँपालिका बस्ने २५ बर्षिय कृष्ण गणेशले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १७ बर्षिय रमेश धमला र १७ बर्षकै सागर रसाईलीलाइ छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट पेटमा चोट लागेर गम्भीर घाईते भएका सागर रसाईलीको उपचारको क्रममा बि.एण्ड.सी अस्पताल बिर्तामोडमा आज ०३ बजे मृत्यु भएको हो भने अर्का घाईते धमलाको सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ। छुरा प्रहार गर्ने कृष्णलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, २ घाईते
बिराटनगर, असोज १७ गते।

१ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन्। उदयपुरको कटारी नगरपालिका १४ सिद्धिचरण राजमार्गस्थित भदौरेमा बस र सुमो ठोक्किँदा एक जना घाईते भएका छन्। कटारीबाट ओखलढुंगा जाँदै गरेको ना ५ ख ५७९७ नम्बरको बस र ओखलढुंगाबाट कटारी आउँदै गरेको ना १ ज ३९१९ नम्बरको सुमो एक आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी सुमोमा सवार मोरङ बिराटनगर महानगरपालिका ४ बस्ने ४२ बर्षिया दुर्गा पोखरेल घाईते भएकी हुन्। पोखरेलको टाउकोमा चोट लागेर उपचारकालागी उदयपुरस्थित कटारी अस्पताल पठाईएको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा बा ७२ प ३६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। मोटरसाईकलको ठक्करबाट पैदल यात्री काठमाडौ साखु ५ बस्ने बर्ष ३६ को रोशन खड्का घाईते भएका छन्। घाईते खड्काको बिराटनगर नोबेल अस्पतालमा मोटरसाईकल चालक मोरङ रंगेली ५ बस्ने सुभाष घिमिरेले उपचार गराईरहेको प्रहरी चौकी बरगाछीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, २ घाईते
बिराटनगर, असोज १७ गते।

१ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन्। उदयपुरको कटारी नगरपालिका १४ सिद्धिचरण राजमार्गस्थित भदौरेमा बस र सुमो ठोक्किँदा एक जना घाईते भएका छन्। कटारीबाट ओखलढुंगा जाँदै गरेको ना ५ ख ५७९७ नम्बरको बस र ओखलढुंगाबाट कटारी आउँदै गरेको ना १ ज ३९१९ नम्बरको सुमो एक आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी सुमोमा सवार मोरङ बिराटनगर महानगरपालिका ४ बस्ने ४२ बर्षिया दुर्गा पोखरेल घाईते भएकी हुन्। पोखरेलको टाउकोमा चोट लागेर उपचारकालागी उदयपुरस्थित कटारी अस्पताल पठाईएको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा बा ७२ प ३६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। मोटरसाईकलको ठक्करबाट पैदल यात्री काठमाडौ साखु ५ बस्ने बर्ष ३६ को रोशन खड्का घाईते भएका छन्। घाईते खड्काको बिराटनगर नोबेल अस्पतालमा मोटरसाईकल चालक मोरङ रंगेली ५ बस्ने सुभाष घिमिरेले उपचार गराईरहेको प्रहरी चौकी बरगाछीले जनाएको छ।

म्याजिककको ठक्करबाट बालक घाइते
मोरङ, असोज १७ गते।

मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्गमा सोमबार को१ ज ३०४३ नम्बरको म्याजिक भ्यानको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका सुरेन मंडलको ५ बर्षिय छोरा हिमान्सु मंडल रहेका छन्। उनलाई साँझ ५ बजेतिर उक्त भ्यानले ठक्कर दिएको थियो। घाइते बालककको बिराट नर्सिंङ होम विराटनगरमा उपचार भइरेहको छ। भने भ्यानका चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

मृत फेला
मोरङ, असोज १७ गते।

मोरङको कटहरी गाउँपालिका-४ जुरीघाटमा सोमबार नाम थर वतन खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो १ बजेतिर स्थानियले उक्त शव देखेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।

कौडा खेल्ने ७ जना पक्राउ
झापा, असोज १७ गते।

झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरहेको छ।

छुरा प्रहारबाट एक घाइते
मोरङ, असोज १७ गते।

मोरङको पथरीशनिश्चरे नगरपालिका-७ मा मंगलबार विहान छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समुहले सोही स्थान बस्ने भोला थापाको छोरा २० बर्षिय मदन थापा मगरलाई राती १२;१५ बजे छुरा प्रहार गरेको स्थानियले बताए। छुरा प्रहारबाट घाइते मगरलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने छुरा प्रहार गर्ने समुहको खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। यता मोरङकै बुढीगंगा गाउँपालिका-२ गंगा चौक बस्ने १९ बर्षिय राकेश कुमार झा समेत खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका १८बर्षिय सुमित कुमार झाले सामान्य विवाद हुदा बेलुका ७ बजेतिर खुकुरी प्रहार गरेका थिए। घाइते राकेशको बिराट मेडीकल कलेज गंगा चौकमा उपचार भइरेहको छ। भने खुकुरी प्रहार गर्ने सुमित इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

लेक लागेर १ को मृत्यु
सोलुखुम्बु, असोज १६ गते।

सोलुखुम्बुमा सोमबार बिहान लेक लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको माहाकुलुङ गाउँपालिका ४ गुदेल बस्ने ललन राईको ४३ बर्षिय छोराको कवार कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ। महाकुलुङ गाउपलिका ३ स्थित मेरा वेस क्याम्पमा ५ दिन अघी देखी ट्रेकिङ गएका राईलाई अचानक लेक लागेर बिरामी भएका थिए। राईलाई बिरामी भएर उपचारकोलागी घरतर्फ फर्काउने क्रममा सोही गाउँपालिकास्थित थाम्माक भन्ने ठाउँमा आज दिउँसो पौने २ बजे मृत्यु भएको हो।

धनकुटामा बसको ठक्करबाट १ जनाको मृत्यु
धनकुटा, असोज १६ गते।

धनकुटाको साँगुरीगढी गाउँपालिका ४ स्थित राजमार्गमा सोमबार यात्रु बाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तर्गत धरानबाट यात्रु बोकेर हिलेतर्फ जाँदै गरेको को १ ख ५७६८ नम्बरको बसले बिपरित दिसाबाट आउँदै गरेको को २९ प १०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका ८ बुधबारे बस्ने ५० बर्षिय कृष्ण श्रेष्ठलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो। ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

कुटपिटबाट १ घाईते
धनकुटा, असोज १६ गते।

धनकुटा महालक्ष्मी नगरपालिका ५ मा आईतबार कुटपिटबाट एक जना घाईते भएका छन्। कुटपिटबाट घाईते हुनेमा सोही नगरपालिका बस्ने २५ बर्षिय समिर पाण्डे रहेका छन्। पाण्डेलाई सामान्य बादविबाद हुँदा सोही नगरपालिका बस्ने २७ बर्षिय किरण कुँवर र सोही नगरपालिका ३ बस्ने मिलन खड्काले कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा चोट लागेका पाण्डेलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ। कुटपिट गर्ने दुबै जनालाई प्रहरी चौकी लेगुवाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटना, ४ घाईते
बिराटनगर, असोज १६ गते।

मोरङ र सुनसरी जिल्लामा आईतबार भएको सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन्। मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मध्याली पुलस्थित राजमार्गमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु.बी. ७४ एबी ४५५० नम्बरको कारले बिपरीत दिसाबाट आउँदै गरेको को. २१ प. ८१२९ मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार चालक तत्काल परिचय खुल्न नसकेका अन्दाजी ५० बर्षिय पुरुष र मोटरसाईकलको पछाडी सवार अन्दाजी ४९ बर्षिय महिला घाईते भएकी छन्। घाईते दुबै जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने कार र चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ। यता सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थित मध्यहर्साईमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। ठक्करबाट घाईते हुनेमा सुनसरी हरिनगरा गाउँपालिका ४ बस्ने १५ बर्षिय राम कुमार पाल रहेका छन्। घाईते उनलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

पिकअप दुर्घटनामा १ को मृत्यु, ६ घाइते
सुनसरी, असोज १५ गते।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ राजमार्गामा आइतबार विहान पिकअप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १७ च ९७८३ नम्बरको पिकअपले बिहान ०७०० बजे बाटो काट्दै गरेको साईकलयात्रीलाई बचाउन खोज्दा सो पिकअप बिजुलीको पोलमा ठोक्किंदा दुर्घटना भएको थियो। मृत्यु हुनेमा सुनसरी ईटहरी उपमहानगरपालिका ८ बस्ने अन्दाजी बर्ष ५५-६० की बिष्णुमाया जमरकट्टेल रहेका छन। दुर्घटनामा परी पिकअपका यात्री जमरकट्टेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। त्यस्तै घाइतेहरुमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने मनिषा धमला, सोही ठाउँकी भगवती धमला, आकृति धमला, बिमला पोखरेल, करुणा अधिकारी र उनकी ८ महिनाको छोरा आदर्श धमला रहेका छन। घाइतेहरुको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ। पिकअपका चालकलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।

लागूऔषधसहित दुई पक्राउ
उदयपुर, असोज १५ गते।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्ता चौकबाट शनिबार राती लागूऔषधसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा बेलका नगरपालिका ९ बस्ने वर्ष २९ को देवेन्द्र गुप्ता र चौदण्डी नगरपालिका ३ बस्ने प्रशासन्त कटुवाल रहेका छन। उनीहरुको साथबाट ५६ पिस स्पास्मोप्रोक्सिवन नामक क्याप्सुल बरामद भएको छ। प्रहरीले शनिबार राती सवारी चेकजाँच गर्नेक्रममा उनीहरु सवार रहेका स ३ प ९१९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा सो लागूऔषध बरामद भएको हो। दुबै जनालाई अनुसन्धानकालागी प्रहरी चौकी लालपत्तामा राखिएको छ।

पौडी खेल्न जाँदा खोलाले बगाएर वेपत्ता
ताप्लेजुङ, असोज १४ गते।

ताप्लेजुङको मैवाखोलामा पौडी खेल्न गएका एक युवकलाई शनिबार खोलाले बगाउँदा वेपत्ता भएका छन्। बेपत्ता हुनेमा ताप्लेजुङ फुङलिङ नगरपालिका ४ बस्ने भिम बहादुर लिम्बुको छोरा बर्ष २५ को शेर बहादुर लिम्बु रहेको ईलाका प्रहरी कार्यालय दोभानले जनाएको छ। शनिबार दिउँसो साथीहरुसंग खोलामा पसेका लिम्बुलाई बाहिर ननिस्केपछी साथीहरुले प्रहरीलाई जानकारी गराएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटिगई बेपत्ता लिम्बुको खोजी कार्य भई रहेको छ।

१९ जुवाडे पक्राउ
विराटनगर, असोज १४ गते।

मोरङ र उदयपुरबाट प्रहरीले शनिबार १९ जना जुवाडे हरुलाई पक्राउ गरेका छन्। मोरङको सुन्दर-हरैचा नगरपालिका ३ गछियास्थित फडिन्द्र अधिकारीको घरमा तास भई रहेको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले शनिबार राती १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उक्त स्थानबाट नगद ४५ हजार ४ सय ४५ रुपैया र १ बुक तास समेत बरामद गरी पक्राउ परेका जुवाडेहरुलाई अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय बेलबारी मोरङमा राखीएको छ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ११ होटल ए-वानबाट तास खेल्दै गरेका सात जना पक्राउ परेका छन। होटलको तेश्रो तलाबाट प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार ४ सय ८५ रुपैया र १ बुक ताससहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ।

बेग्लाबेग्लै सवारी दुर्घटनामा दुईको मृत्यु
विरानगर, असोज १४ गते।

झापा र मोरङमा शनिबार राती भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। झापा कन्काई नगरपालिका ३ स्थित राजमार्गमा मे ६ प ९१५० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक विर्तामोड नगरपालिका ३ बस्ने मिकाश लिम्बुको ज्यान गएको हो। स्कुटर पछाडी सवार मेचीनगर नगरपालिका ३ बस्ने बर्ष ३० को निल कुमार पम्फो गम्भीर घाइते भएका छन् । घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ।
यसैगरी मोरङको उर्लाबारी नगरपालिका ५ स्थित राजमार्गमा को १ ह ९७२५ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चार जना यात्रु उर्लाबारी नगरपालिका २ बस्ने ग्याल्जोङ तामाङको उपचारकाक्रममा मृत्यु भएको छ। अन्य तीन जना घाइतेहरुको अरनिको हस्पिटल उर्लाबारीमा उपचार भई रहेको छ। अटो रिक्साका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको छ।

आगलागीबाट चार लाख बराबरको क्षती
भोजपुर, असोज १४ गते।

भोजपुर जिल्लाको पौवादुम्मा-२ स्थित मन कुमारी राईको घरमा शनिबार आगलागी भएको छ। आगलागीबाट राईको दुई वटा घर, जल्दा अन्दाजी ४ लाख ३७ हजार बराबरको क्षती भएको पिडितले बताएका छन। दिउँसो करिब १ बजे अचानक लागेको आगलागीको कारण बारे हालसम्म खुल्न सकेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट गएको प्रहरीले स्थानियबासीको सहयोगमा आगो निभाएको थियो।

निर्माणाधीन घरको पिलर खस्दा थिचेर बालकको मृत्यु
उदयपुर, असोज १३ गते।

उदयपुरको त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा निर्माणाधीन घरको पिलर खस्दा थिचेर ६ वर्षिय एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट बस्ने कोपिला खड्काको छोरा सन्देश खड्का छन। खड्कालाई शुक्रबार दिउँसो आफ्नै घर बाहिर खेल्दै गरेका अवस्थामा छिमेकमा बन्दै गरेको घरको पिलर खसेर किच्दा गम्भीर घाइते भएका थिए। घाईते बालकको उपचारकालागी जिल्ला अस्पताल उदयपुर लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगई अनुसन्धान कार्य भई रहेको छ।

माछा मार्नेक्रममा करेन्ट लाग्दा मृत्यु
मोरङ, असोज १३ गते।

मोरङको सुन्दर-हरैचामा खोलामा करेन्ट लगाई माछा मार्न खोज्दा आफैलाई करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा सुन्दर-हरैचा नगरपालिका ११ बस्ने तिलकराम चौधरीको छोरा अन्दाजी बर्ष १४ को मिलन चौधरी रहेका छन। शुक्रबार विहान स्थानीय मध्यली खोलामा करेन्ट लगाई माछा मार्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई विराटनगर स्थित गोल्डेन अस्पताल ल्याइएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलबारी बाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरिएको छ।

सुनसरीमा बस र मोटरसाइकल ठोक्किंदा दुईको मृत्यु
सुनसरी, असोज १३ गते।

सुनसरीमा शुक्रबार विहान बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बिहान करिब ०५:०० बजे कोशी गाउँपालिका-८ भण्टाबारी चौकमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को. ६ प २७९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको ना. ७ ख २११६ नम्बरको यात्रु वाहक बस एक अर्कासंग ठक्कर खाएको थियो। दुर्घटनामा मोटरसाइकलका चालक सुनसरी ईटहरी-१३ खनार बस्ने बर्ष २१ को करन सरदार र पछाडी सवार रहेका सोही स्थान वस्ने बर्ष २१ को सुरज कुमार बाँतरको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते दुबै जनालाई उपचारकालागी ईनरुवा अस्पताल लैजानेक्रममा बाटैमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा संलग्न बसका चालक इटहरी-१३ वस्ने मदन मगर र बस प्रहरी कार्यालयमा राखिएको छ।

लागूऔषधसहित तीन पक्राउ
विराटनगर, असोज १३ गते।

मोरङ र सुनसरी जिल्लाबाट लागूऔषधसहित विहिबार तीन जना पक्राउ परेका छन। पक्राउ पर्नेमा पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका ४ कालाबन्जार बस्ने समिर पाण्डे, सोही ठाउँका सागर पौडेल र धरान उपमहानगरपालिका १५ का सुरज तामाङ छन। पाण्डे र पौडेललाई प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित हुलास मेटल चोकबाट पक्राउ गरेका हुन। उनीहरु भारतीय बजार जोगबनीबाट लुपिजेसिक ७ एम्पुल, डाईजेल्याप-७ एम्पुल, फेनारागन ७ एम्पुल र एभिल ७ एम्पुल बोकेर आउदै थिए । दुबैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी तामाङ बिहिबार साँझ सुनसरी धरान उपमहानगरपालिका ८ स्थित तिनकुनेबाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले शरीरको पछडी पिठ्यूमा लुकाई ल्याएको अवस्थामा एभिल ९ एम्पुल, डाइजोलोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल फेला परेको थियो। तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

अठार जुवाडे पक्राउ
मोरङ, असोज १३ गते।

मोरङको सिजुवा र हरैचाबाट बिहिबार १८ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई नगरपालिका ८ गुरुङ चौक स्थित गणेश कार्कीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले कौडा खेल्दै गरेको अवस्थामा आठ जनालाई दुई सेट कौडाको गोटीसहित नियन्त्रणमा लिएको हो। जुवाको खालबाट नगद ७० हजार १ सय ३५ रुपैया समेत बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। यसै गरी सुन्दर-हरैचा नगरपालिका १० त्रिवेणी चोक स्थित योगेन्द्र श्रेष्ठको घरबाट तास खेल्दै गरेका १० जना पक्राउ परेका छन। उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैचाको टोलीले नगद ७२ हजार ६ सय ५० रुपैया तथा चार बुक ताससहित पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।

रुखबाट लडेर मृत्यु
ओखलढुङा, असोज १३ गते।

ओखलढुंगा जिल्लामा बिहिबार घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका ७ पात्ले बस्ने सुरेन्द्र बस्नेतको आफ्नै बारीमा रहेको रुखबाट लडेर ज्यान गएको हो। घास काट्न भनि रुख चढेका उनी अचानक रुखबाट लडेर घाइते भएका थिए। बस्नेतलाई उपचारकालागी सदरमुकामस्थित मिशन अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो।

दुर्घटनामा तीनको मृत्यु
झापा, असोज १३ गते।

झापामा बिहिबार मोटरसाइकल र स्कुटर एक अर्कासंग ठोक्किंदा दुई जना तथा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। झापाको कमल गाउँपालिका ५ स्थित राजमार्गमा बिहिबार साँझ पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ४ प ३५२४ नम्बरको स्कुटर र विपिरित दिशाबाट आउदै गरेको को १५ प ८४३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो। दुर्घटनामा झापा दमक नगरपालिका ५ बस्ने सुनिल सुबेदी र अर्का नामथर खुल्न नसकेको एक जनाको दमक लाईफलाईन अस्पतालमा उपचारकाक्रमममा ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते झापा दमक नगरपालिका ६ का सुभाष निरौलाको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागी विपी कोइराला स्वास्थ्य धरान प्रतिष्ठान धरान पठाइएको छ।
यता दमक नगरपालिका ४ स्थित राजमार्गमा मे ५ प २७३० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी ७०-८० वर्षिय पुरुषको मृत्यु भएको छ। मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत खुलाउने कार्य भई रहेको ईलाका प्रहरी कार्यालय दमकलले जनाएको छ। राती करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घआइते भएका पैदलयात्री ती पुरुषलाई उपचारकालागी निम्स अस्पताल दमक पठाइएकोमा उनको सोही अस्पतालमा १९३० बजे मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भन्सार छलेको सामान बरामद
सुनसरी, असोज १२ गते।

सुनसरी प्रहरीले अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिई भन्सार बुझाएको छ। पक्राउ पर्नेमा भारत सुपौल वस्ने नुरूल हक र कावालुल्ला मियाँ रहेका छन। उनीहरुलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको गस्ती टोलीले कोशी गाउँपालिका-१ लौकही बजारबाट करिब २२ हजार ५ सय मूल्य बराबरको भन्सार छली ल्याएको चामल तथा पानमसला (रजनीगन्धा, तुलसी) सहित बुधबार नियन्त्रणमा लिइएको हो। प्रहरीले सामान ओसार पसारमा प्रयोग गरिएको तीन थान साईकलसमेत बरामद गरेको छ । बरामद सामानसहित दुबै जनालाई बिहिबार सेतुबन्ध भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ।

प्रहरीद्वारा घरेलु मदिरा नष्ट
मोरङ, असोज १२ गते।

ईलाका प्रहरी कार्यालय रानीको घरेलु मदिरा नियन्त्रण अभियान अर्न्तगत बिहिबार प्रहरीले बिभिन्न भट्टी पसलहरुबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ।
उक्त कार्यालयबाट खटिएको टोलीले बिहान ०८:०० देखि ०८:३० बजेसम्म बिराटनगर १४ स्थित रहेका बिभिन्न होटल तथा भट्टी पसल चेकजांच गर्ने क्रममा ४५ लिटर तयारी रक्सी र रक्सी बनाउन प्रयोग हुने जाँड १ हजार २ सय १० लिटर बरामद गरेको हो। उक्त स्थानबाट प्रहरीले रक्सी बनाउन प्रयोग गरिने १० थान भाडा समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएको रक्सी तथा कच्चा पदार्थ आजै नष्ट गरिएको सो कार्यालयले जनाएको छ।

लागूऔषध सहित एक पक्राउ
सुनसरी, असोज १२ गते।

सुनसरीको धरान-८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १० प २०९३ नम्बरको मोटरसाइकलमा सवार धरान-८ बस्ने ३७ बर्षिय गदेश श्रेष्ठ रहेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले साँझ ६ बजेतिर १० बोतल कोरेक्ससहित पक्राउ गरेको हो। श्रेष्ठले मोटरसाइकलको ढिकीमा लुकाई कोरेक्स लैजादै थिए। श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

खोटाङको हलेसी स्थित एक घरमा आगलागी, लाखौको क्षति
खोटाङ, असोज १२ गते।

खोटङको हलेसी चुवाचुङ नगरपालिका-११ बस्ने ईश्वर खड्काको घरमा बुधबार आगलागी भएको छ । ढुङगा माटोले बनेको २ तले घरमा बेलुका ९ बजेतिर अचानक लागेको आगोले खड्काकको घर भित्र भएको नगद ४ लाख, सुन चाँदी लगाएत सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १३ लाख ८० हजार ५ सय मुल्य बराबरको क्षति भएको पिडितले बताए। आगलागी स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी बुईपाले जनाएको छ। साथै आगो निभाउने क्रममा स्थानिय ४४ बर्षिय दल बहादुर खड्का र ४० बर्षिय गणेश खड्का भएका छन्। उनीहरुलाई उपचारकोलागी काठ्मान्डौ लगिएको प्रहरीले जनाएको छ। यता सुनसरीको इटहरी २० बस्ने दिपक गुप्ताको घरमा विहीबार विहान १ बजे आगलागी भएको छ। घरमा कोही नभएको बेला अचानक लागेको आगोले गुप्ताको १ वटा कच्ची घर पूर्ण रुपमा जलेको छ भने अर्को पक्की घरमा समेत क्षति भएको छ। आगलागी स्थानिय प्रहरी, स्थानिय मानिस तथा ३ वटा दमकलको सहयोगमा २;१५ बजे नियन्त्रमा लिएको छ। आगलागीको क्षतिको थप विवरण आउँन बाँकी रहेको प्रहरी चौकी पुरानोतरहराले जानएको छ।

कुटपिटबाट एक घाइते
तेह्रथुम, असोज १२ गते।

तेह्रथुमको छथर गाउँपालिका -४ बस्ने विष्णु कुमारी राई बुधबार कुटपिटबाट घाइते भएकी छिन्। उनलाई सोही ठाउँ बस्ने रिता तामाङले सामान्य विवाद हुँदा साँझ ६ बजेतिर खानापकाउने कुकुरले टाउकोमा प्रहार गरेकी थिइन्। घाइते बिष्णु कुमारीलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने कुटपिट गर्ने रिता फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी शुक्रबारेले जनाएको छ।

लागूऔषधसहित युवती पक्राउ
मोरङ, असोज ११ गते।

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१८ बस्ने १९ बर्षिया स्नेहा राई रहेकी छिन्। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल बरामद बरामद गरेको छ। उनलाई इलाका प्ररही कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ।

कारको ठक्करबाट मोटरसाइकल चालक घाइते
सुनसरी,असोज १० गते।

सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ स्थित कान्छीचोकमा बुधबार कारको ठक्करबाट एक एक मोटरसाइकल चालक घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ३६११ नम्बरको कारले सोही दिशातर्फ जादै गरेको अन टेस्ट मोटरसाइकललाई विहान ९ बजे ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक रामधुनी नगरपालीकामा कार्यरत अधिकृत सूर्य प्रसाद गौतम घाइते भएका छन्। उनको एपेक्स अस्पताल ईटहरीमा उपचार भइरहेको छ भने कार चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

भन्सार छलेको सामन बरामद
मोरङ, असोज ११ गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार भन्सार छलेको अवैध सामन बरामद गरी भन्सार बुझाएको छ। विराटनगर महानगरपालिका ६ पुल चौकमा भारतबाट नेपालतर्फ साईकलमा लोड गरेर ल्याउदै गरेको मखन २ बोरा, खैनि १३६ बण्डल, धनिया १२ किलो, सुपारी १० किलो गरी अन्दाजी २५ हजार मुल्य बराबरको सामन बरामद गरेको छ। बरामद सामानसहित विराटनगर-१६ बस्ने बिनोद मुखिया र भारत जोगबनी बस्ने ४० बर्षिय निरज मिश्रसमेत प्रहरीको नियन्त्रणाम छन्। यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले मेची नगर नगरपालिका-१० बाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ७० कोलो चिनी र नेपालबाट भारततर्फ लैजादै गरेको ५ किलो सुख्खा सुपाडी बरामद गरेको छ। बरामद सामान बुधबार भन्सार बुझाउने उक्त कार्यालयले जानएको छ।

मोटरसाइकल दुर्घटनामा एक घाइते
मोरङ, असोज ११ गते।

मोरङको केराबारी गाउँपालिका-८ भित्री सडक खण्डमा मंगलबार मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्। घाइते हुनेमा ज ८ प ८३०२ नम्बरको मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५५ बर्षिय भुमी धिमाल रहेका छन्। उनी सवार उक्त मोटरसाइकल दिउँसो २;३० बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको थियो। घाइते धिमालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा छन्।

घर भत्काउने क्रममा बाँसले लागेर एकको मृत्यु
सुनसरी,असोज १० गते।

सुनसरीको ईटहरी- १९ मौलियाचोक बस्ने एकलु चौधरीको मंगलबार घर भत्काने क्रममा बाँसले लागेर मृत्यु भएको छ। दिउँसो २;३० बजेतिर चौधरीले कच्चिघर भत्काउने क्रममा बासँको बलोले टाउकोमा गम्भिर चोट लागेको थियो। उनलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जानएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको छ।

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ,असोज १० गते।

मोरङको उर्लाबारी नगरपालिका- ९ स्थित इटहरा सडक खण्डमा मंगलबार भ्यानको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मे ६प ६०० नम्बरको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका-१० बस्ने ४० बर्षिय मदन आचार्य रहेका छन्। आचार्यलाई दिउसो २;२० बजेतिर मे १ ज १९१५ नम्बरको भ्यानले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनको अरनिको अस्पताल उर्लाबारी उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजी भइरेहको छ।

सवारी दुर्घटनामा दुई घाइते
झापा,सुनसरी,असोज १० गते।

झापा र सुनसरीमा मंगलबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन्। झापाको गौरादह नगरपालिका १ गुरुङ चौकमा मे ६ प ६०६९ नम्बरको मोटरसाइकललाई बा १५ च ७०२१ नम्बरको कारले ठक्कर दिदा मोटरसाइकल चालक कमल गाउँपालिका-७ बस्ने ४५ बर्षिय रुद्र धमला घाईते भएका छन्। उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने कारका चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन्। यता सुनसरीको बराह नगरपालिका-१ बयरबनमा को २० प १७६७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सोही ठाउँकी मञ्जु साहको छोरा ९ बर्षिय भोला साह घाइते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा छन्।

मोटरसाइकल चोरीमा संलग्न एक जना पेस्तोलसहित पक्राउ
सुनसरी,असोज १० गते।

सुनसरीको दुहबी-८ मुसरीया टोलबाट प्रहरीले मंगलबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुहबी -८ बस्ने २७ बर्षिय मुर्तुजा मियाँ रहेका छन्। उनलाई सोही ठाउँका पृथ्वीलाल ऋषिदेवको घरबाट मोटरसाइकल चोरी गरी फरार रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका मियाको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल र ९ एम एम को गोली १ थान बरामद गरेको छ। पक्राउ परेका मिया उपर थप अनुसन्धान भइरेहको छ भने घटनामा संलग्न दुईजना फरार रहेकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

घाँस काट्न गएका युवाको खोलमा डुबेर मृत्यु
इलाम,असोज १० गते।

इलामको सूर्योदय नगरपालिका-५ समालबुङ बस्ने २६ बर्षिय टेक प्रसाद गिरीको सोमबार खोला, डुबेर ज्यान गएको छ। घाँस काट्न भनि विहान ९ बजे घरबाट हिडेका उनी नफर्किएपछी खोजी गर्ने क्रममाम सूर्योदय नगरपालिका-५ स्थित नेपाल भारतको सिमानामा पर्ने मेची खोलामा अपरान्ह ४ बजे डुबी मृत अवस्थामा उनको शव फेला परेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ।

धरानको दुई स्थानबाट १४ जना जुवाडे पक्राउ
सुनसरी,असोज १० गते।

सुनसरी धरान स्थित दुई स्थानबाट प्रहरीले सोमबार १४ जना जुवाडे पक्राउ गरेको छ। धरान-१६ बस्ने प्रेम कुमारी श्रेष्टको पसल भित्र जुवा खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले ८ जना जुवाडेसहित १८ हजार २ सय ६५ रुपैयाँ, ५ थान मोबाईल र २१ बुङ तास बरामद गरेको छ। त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले धरान-१५ बस्ने प्रबेन्द्र लिम्बुको कोठामा जुवा खेलीरहेका ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट नगद ३६ हजार ४ सय १ रुपैयाँ र ३ बुङ तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

लागूऔषधसहित युवक पक्राउ
सुनसरी,असोज १० गते।

सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित शान्ति चौकबाट प्रहरीले सोमबार लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१७ बस्ने २२ बर्षिय आयुष तामाङ रहेका छन्। तामाङले प्लाष्टिकको झोलामा बोकेको एभिल-६ एम्पुल, डाईजोलोपाम-६ एम्पुल र लुपीजेसिक-६ एम्पुल सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साँझ ५ बजेतिर पक्राउ गरेको हो। उनलाई सोही कार्यालयमा राखी थप अनुसन्धान भइरेहको छ।

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
उदयपुर, असोज १० गते।

उदयपुरको बेलका नगरपालिका-५ घुम्नेमा सोमबार बुलेट मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बेलका नगरपालिका-५ घुम्नेकी ७ बर्षिया आरती सदा रहेकी छिन्। उनलाई ना ४ ख ३८०८ नम्बरको बुलेट मोटरसाइकले दिउँसो १२ बजे ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकोमा उपचार हुन नसकेपछी न्युरो अस्पताल विराटनगर ल्याने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्कसिलाले जनाएको छ। मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन्।

सुनसरीबाट ४ लाख बढी रकम सहित ५ जुवाडे पक्राउ
सुनसरी, असोज, ९ गते।

सुनसरीको कोशी गाउँपालिका ८ स्थित भाण्टाबारीबाट प्रहरीले आईतबार राती तास खेली रहेको अबस्थामा ४ लाख बढी रकम सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीय एक घरमा तास खेलीरहेको भन्ने सुचनाको आधारमा तास खालाबाट ५ जनालाई नियन्त्रणमा लिईएको हो। तास खालबाट प्रहरीले ताससहित ४ लाख २२ हजार १ सय ३५ रुपैँया बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धारीलो हतियार प्रहारबाट दुई घाइते
ताप्लेजुङ, असोज ९ गते।

ताप्लेजुङको फुङलिङ नगरपालिका-७ दोखुमा सोमबार धारीलो हतियार प्रहारबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा फुङलिङ नगरपालिका-७ बस्ने ५० बर्षिय बिर्ख पालुङवा र उनकै श्रीमती ५१ बर्षिया भगिरथ पालुङवा रहेका छन्। उनीहरुलाई आफ्नै ज्वाई २५ बर्षिय अन्जन मगरले सामान्य विवाद हुदा धारीलो हतियार बाम्फोक प्रहार गरेका थिए। घाइते दुवैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरेहको छ भने हतियार प्रहार गर्ने मगर फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घरेलु मदिरा बरामद
मोरङ, असोज ९ गते।

मोरङको बेलबारी नगरपालिका-३ स्थित पूर्ब पश्चिम राजमार्गमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा को १ ख ३०७५ नम्बरको बसबाट २ सय २० लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले मोरङ लेटाङ ३ बस्ने दिलमाया राइले उक्त बसमा ल्याउदै गरेको मदिरा बरामद गरेको हो। बरामद मदिरासहित बसका चालक र सह-चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सवारी दुर्घटनामा ६ घाइते
मोरङ, असोज ९ गते।

मोरङको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनमा ६ जना घाइते भएका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा को २७ प ६५२७ नम्बरको मोटरसाइकल र बा ५२ प ९६३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा ९६३७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-७ बस्ने ४३ बर्षिय चण्डि प्रसाद कोईराला ६५२७ का चालक ईलाम माङसेबुङ गाउपालिका-२ बस्ने २७ बर्षिय पवन राई र पछाडी सवार सोही ठाउँका २७ बर्षिय टिल प्रसाद राई घाइते भएका छन्। घाइते सबैको सुकुना सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरेहको प्रहरी चौकी बिराटचौकले जानएको छ। यता मोरङकै रतुवामाई नगरपालिका-१० मा मे ६ प ५२२५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ बर्षिय मित्र बहादुर खड्का घाइते भएका छन्। दुर्घटनमा मोटरसाइकल चालक सोही ठाउँका ५० बर्षिय सुरेन्द्र बहादुर श्रेष्ठ र पछाडी सवार उनकै बहिनी ४६ बर्षिय बिष्णु माया श्रेष्ठ समेत घाईते भएकाले घाइते तीनै जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको प्रहरी चौकी ईटहराले जनाएको छ।

१४ किलो गाँजासहित तीन जना पक्राउ
मोरङ, असोज ९ गते।

लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले मोरङको जहदा गाउपालिका-३ बाट सोमबार १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जहदा गाउपालिका-३ बबनटोल बस्ने २६ बर्षिय रामेश्वर राजवंशी, ५८ बर्षिय कगज राजवंशी र सोही ठाउँका ४५ बर्षिय राजु मुखिया रहेका छन्। उनीहरुलाई उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान ९ बजे पक्राउ गरेको हो। प्रहीले उनीहरुले प्रयोग गरेको को ३ प ३२८० नम्बरको मोटरसाइकल सहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ। यस्तै सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले भारत अररिया बस्ने १९ बर्षिय मोहमद सेहेनले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ९ हजार मुल्य बराबरको बोइलर कुखुरा बरामद गरेको छ। बरामद कुखुरा आजै पशु क्वारेन्टाईनमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

चोरी गर्ने तीन जना पक्राउ
झापा, असोज ९ गते।

झापाको विर्तामोड नगरपालिका-३ स्थित राज कुमार पञ्जियारको किराना पसलमा चोरी गरी भाग्दै गरेका तीन जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-२ बस्ने ३० बर्षिय दिनेश गिरी, दमक नगरपालिका-५ बस्ने १७ बर्षिय ओम प्रकाश यादव र कन्काई नगरपालिका- ८ बस्ने १६ बर्षिय बिकाश राई रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नगद ४ हजार ६ सय १५ रुपैयाँ तथा १ सयको २० थान र ५० को ३७ थान रिचार्ज कार्ड बरामद गरेको छ। विहान १० बजेतिर पसलबाट रिचार्ज कार्ड तथा नगद चोरी भएको भनी इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछी उक्त कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरेहको छ।

फरार एक पक्राउ
मोरङ, असोज ९ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भइ फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलशिलामा मोरङ प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समानित जिल्ला अदालत मोरङबाट गाँजा मुद्दामा १० महिना ५ दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकीएका मोरङ जहदा २ बस्ने ३५ बर्षिय धनपत यादव रहेका छन्। यादवलाई सोमबार अदालता उपस्थित गराईने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोरङ,असोज ९ गते।

मोरङको उर्लाबारी  नगरपालिका- ९ मा आइतबार मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङ रतुवामाई नगरपालिका-३ बस्ने ३९ बर्षिय थिर प्रसाद सिक्देल रहेका छन्। उनी सवार को १८ प ५३२६ नम्बरको मोटरसाइकल बेलुका ८ बजेतिर अन्यन्त्रित दुर्घटना भएको थियो। दुर्घटनमा गम्भिर घाइते भएका उनको अरनिको हस्पिटल उर्लाबारी उपचारको क्रममा ८;५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। यता उदयपुरको गडी गाउपलिका-३ गैडेमा ना १ ज ५२६६ नम्बरको जिप ब्रेक फेल भइ बा १४ च ८६५३ नम्बरको जिपलाई ठक्कर दिँदा ५२६६ नम्बरको जिपमा सवार उदयपुर गडी गाउपालिका ७ बस्ने १७ बर्षिय सागर तामाङ, सोही गाउँपालिका- ५ बस्ने २० बर्षिय पर्शुराम तामाङ, र ३८ बर्षिय कुमार कार्की घाइते भएका छन्। घाइते तीनै जनाको कटारी अस्पतालमा उपचार भइरेहको छ भने दुवै सवारीका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी उदयपुर गडीले जनाएको छ। त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका-९ मा पूर्बबाट पश्चिमतर्फ जादै गरेको को १६ प ६५६४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जादै गरेको को २८ प ७५५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका- ८ बस्ने २८ बर्षिय अनिता भट्टराई र पछाडी सवार सोही ठाउँकी ३० बर्षिया सर्मिला कार्की घाइते भएका छन्। घाइते दुवैको सुकुना सामुदायिक अस्पताल बिराटचौकमा उपचार भइरेहको छ। मोटरसाइकल चालक प्रहरी चौकी विराटचोकको नियन्त्रणमा छन्।

करेन्ट लागेर एकको मृत्यु
झापा,असोज ९ गते।

झापाको भद्रपुर नगरपालिका-१० बस्ने ७१ बर्षिय डम्बर बहादुर लिम्बुको आइतबार करेन्ट लागेर मृत्यु भएको छ। बेलुका १० बजेतिर जंगली हात्ती लखेट्ने क्रममा हात्ती आउदा रोक्न उनकै घर वरीपरी लगाएको करेन्ट बारमा ठोक्किदा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते उनको मेची अंचल अस्पताल भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बाह्र जना जुवाडे पक्राउ
सुनसरी,असोज ९ गते।

सुनसरीको कोशी गाउँपालिका- ८ भन्टाबारीबाट प्रहरीले आइतबार १२ जना जुवाडे पक्राउ गरेको छ। सोही ठाउँका शंकर पौडेलको घरमा तास खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नेपाली नगद ४ लाख २२ हजार १ सय ३५ रुपैयाँ, भारु ९२ हजार ३ सय ८० रुपैयाँ, १२ बुक तास , १ वटा कार , १ वटा सोमु गाडी, ५ वटा मोटरसाइकल र १३ थान मोबाईल समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरेहको छ।

भन्सार छली गरेको २ लाख बढीको लत्ताकपडा बरामद
मोरङ, असोज ८ गते।

“सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले आईतबार भन्सार छली गरेको २ लाख बढीको सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजि २ लाख १७ हजार ९ सय १५ मुल्य बराबरको लत्ताकपडा, खाद्यान्न र हरियो सब्जी बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीकालागी भन्सार कार्यालय रानीमा बुझाईएको उक्त कार्यालयले जनाएको छ। त्यसैगरी केशलिया खोलाबाट अबैध रुपमा वालुवा उत्खनन् गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा ट्याक्टरसहित एक जनालाई नियन्त्रणमा लिईएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बालुवासहित बिराटनगर १४ बस्ने ३२ बर्षिय रमानन्द यादबलाई को २ त ६१७९ नम्बरको ट्याक्टरसहित नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ।

डेढ लाख बराबरको अवैध कपडा बरामद
झापा, असोज ८ गते।

प्रहरीले झापाको कचनकबल गाउँपालिका ४ र ५ स्थित पाठामारी-केचना सिमानाबाट डेढ लाख मूल्य बराबरको अवैध कपडासहित दुई वटा साईकल नियन्त्रणमा लिएको छ। सिमा प्रहरी चौकी केचनाबाट खटिएको टोलीले आईतबार विहान लुकाई छिपाई दुई वटा साईकलमा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ९५ पिस जाडो मौसमको ज्याकेट लगायतका उनी कपडा बरामद गरेको हो। तस्करहरु गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ सामानसहितको साईकल छाडी फरार भएका थिए। बरामद कपडा सिमा प्रहरी चौकी केचनामा ल्याई थप अनुसन्धान पश्चात भन्सार दाखिला गर्ने उक्त कार्यालयले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर मृत्यु
ओखलढुङा, असोज ८ गते।

ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ स्थित देउकी पाखामा आइतबार माटोको ढिस्कोले पुरिएर १५ वर्षिय एक बालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ४ बस्ने अदमसिंह राईको छोरा वर्ष १५ को नविन राई रहेका छन। आइतबार विहान सोही गाउँपालिकामा पर्ने देउकी पाखामा घर लिप्न भनि कमेरो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिंदा राईको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको हो। राईसंगै गएका अन्य तीन जना बालकहरु भने सकुशल रहेको बुझिएको छ। घटनास्थलमा प्रहरी चौकी हर्कपुरबा टोली खटि गई थप बुझ्ने कार्य भई रहेको छ।

८४ हजार बराबरको अवैध सामान बरामद
मोरङ, असोज ८ गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत ईलाका प्रहरी कार्यालय रानीको टोलीले आईतबार अन्दाजी ८४ हजार ६ सय रुपैया बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। आइतबार विहान उक्त कार्यालयबाट निस्केको गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी छिपाई ल्याउदै गरेको अवस्थामा सो मूल्य बराबरको खाधान्न, रेडिमेड कपडा, भाडा-वर्तन लगायतका सामानहरु बरामद गरेको हो। बरामद सामान आवश्यक अनुसन्धान पश्चात आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाईने छ।
यसैगरी सोही कार्यालयको टोलीले घरेलु मदिरा नियन्त्रण अभियान अर्न्तगत शनिबार साँझ होटल, भट्टीपसल चेकजाँच गर्नेक्रममा साविक बिराटनगर १८ हाल बिराटनगर १४ स्थित पारिजात टोल र महतो टोलबाट अन्दाजी ५ सय लिटर घरेलु मदिरा (रक्सी), अन्दाजी ७ हजार ५ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा मदिरा बनाउन प्रयोग भएका ९० थान भाडावर्तन बरामद गरी नष्ट गरेको छ।

लागूऔषधसहित युवक पक्राउ
मोरङ, असोज ८ गते।

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई ल्याएको डाजेल्याप ११ एम्पुल, एभिल ११ एम्पुल, लुप्रिजेसिक ११ एम्पुल र फेनारगन ४४ एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित थापालाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ। यता सुनसरीको धरान-११ बाट प्रहरीले बेवारिसे अबस्थामा झोलामा राखीएको एभिल-६० एम्पुल, डाईजोलोपाम-६० एम्पुल र लुपीजेसिक-६० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको छ।

मोटरसाइकल दुर्घटनामा २ घाइते
सुनसरी, असोज ८ गते।

सुनसरीको धरान उप-महानगरपालिका- ८ मा शनिबार मोटरसाइकल दुर्घटनमा हुदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सुनसरी धरान १७ बस्ने अन्दाजि ३० बर्षिय चन्द्र बहादुर कालीकोटे र पछाडी सवार सोही ठाउँका २१ बर्षिय जुलन कालिकोटे रहेका छन्। उनीहरु सवार को २९ प ४००९ नम्बरको मोटरसाइकल शनिबार विहान अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा घाइते दुवेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ।यता मोरङको बिराटनगर महानगरपालिका-४ स्थित आयल निगम नजिकै को १ ह ५४९२ नम्बरको सिटीसफारी अनियन्त्रीत भई वालमा ठोक्किदा सिटीमा सवार विराटनगर महानगरपालिका-१६ बस्ने २३ बर्षिय दिनेश घिमिरे घाईते भएका छन्। उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरेहको छ। सिटीका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी बरगाछीले जनाएको छ।

ट्रक दुर्घटनामा सह-चालकको मृत्यु
उदयपुर, असोज ७ गते।

उदयपुरको कटारी नगरपालिका-१४ मा शनिबार ट्रक दुर्घटना हुँदा सह- चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिल्ला सिन्धुली फिकल गाउँपालिका-६ बस्ने बुद्धे भन्ने तुला बहादुर राई रहेका छन्। उनी सवार को १ ख ३३६३ नम्बरको ट्रक ब्रेक फेल भई दिउँसो १;३० बजेतिर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका चालक जिल्ला सिन्धुली फिकल गाउँपालिका- ३ बस्ने २६ बर्षिय पेसल कामी प्रहरी चौकी घुर्मिको नियन्त्रणमा छन्। यता मोरङको बेलबारी नगरपालिका-३ स्थित राजमार्गमा को १ ह ६०२४ नम्बरको टेम्पोलाई ना ६ ख ४३३२ नम्बरको ट्रकले ठक्कर दिँदा टेम्पो चालक बेलबारी नगरपालिका-३ बस्ने २५ बर्षिय खगेन्द्र महत घाईते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

मृत फेला
सुनसरी, असोज ७ गते।

सुनसरीको धरान उपमहानगरपालिका- ९ स्थित खहरे पुल मुनी शनिबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्। नामथर वतन नखुलेको अन्दाजी अन्दाजी ३५ बर्षिय पुरुषलाई स्थानिय दिउँसो ३ बजेतिर मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ। यता उदयपुरको बेलका नगरपालीका-४ गुरुङचौरी बस्ने ८० बर्षिय आत्मामाया माझी समेत शनिबार मृत अवस्थामा भेटिएकी छिन्। घरबाट कोहि कसैलाइ नसोधि हिडेकी उनको आफन्तले खोजी गर्ने क्रममा दिउँसो १ बजेतिर घर देखी अन्दाजी ५ सय मिटर दक्षिण पोखरीमा उनको शव फेला फरेको थियो। घटनाबारे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानएको छ।

लागूऔषधसहित युवक पक्राउ
मोरङ, असोज ७ गते।

मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१६ बस्ने २८ बर्षिय सन्तोष सुन्दास रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले विहान ९;३० बजे पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट प्लाष्टिकको झोलामा लुकाई ल्याएको एभिल २० एम्पुल, लुपोजेसिक २० एम्पुल, डाइजेल्याब २० एम्पुल र फेनारगन १० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित सुन्दासलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ। यस्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको कोशी गाउँपालिका-२ बस्ने छटु यादवको घर बाट सोही ठाउँका २१ बर्षिय निरज राउत र भारत अररिया बस्ने २९ बर्षिय प्रमोद यादवलाई स्पास्मोप्रोक्सिभन २८० क्याप्सुल, कोरेक्स १ बोतल र दुई वटा मोटरसाइकल तथा नगद ११ हजार ५ सय सहित पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरी हाम्रो टोलमा अभियान शुभारम्भ
मोरङ, असोज ६ गते।

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा शुक्रबार ''शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन'' अवधारणा अनुरूप "प्रहरी हाम्रो टोलमा" अभियान कार्यक्रम सुभारम्भ गरेको छ। विहान ७ बजेबाट एकैसाथ सरु भएको उक्त कार्यक्रममा स्थानिय प्रमुख जिल्ला अधिकारी, महानगर प्रमुख, उपप्रमुख,सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुखहरू, राजनितिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार, पूर्व प्रहरी कर्मचारी, र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगाएतका मानिसहरुको उपस्थिती रहेको थियो। नागरिक सँग प्रहरी र प्रशासनको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ ल्याईएको यस अभियानले समाजमा रहेका सम्पूर्ण मानिसहरूलाई एकाकार गरी बिभिन्न टोल सुधार समितिहरू गठन गरी सामाजिक अपराध नियन्त्रण गर्ने यस अभियानको उदेश्य रहेको छ।

मोरङको दुई स्थानबाट १८ जना जुवाडे पक्राउ, ३ लाख बढी नगद बरामद
मोरङ, असोज ७ गते।

मोरङको विराटनगर स्थित दुई स्थानबाट प्रहरीले शुक्रबार १८ जना जुवाडे पक्राउ गरेको छ भने नगद ३ लाख १५ हजार ७ सय १५ नगद बरामद गरेको छ। विराटनगर -४ बस्ने केशब भन्ने नरेन्द्र थापाको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सुचानाको आधारमा साँझ ६ बजेतिर प्रहरीले ८ जना जुवाडर सहित १ लाख ३० हजार ३ सय १५ नगद र ३ बुक तास बरामद गरेको छ। त्यस्तै अपरान्ह ३ बजेतिर विराटनगर महानगरपालिका ९ बस्ने ऋषिकेश नकर्मीको घरबाट ६ जना जुवाडे सहित १ लाख ८४ हजार ४ सय नगद तथा ३ बुक तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धन भइरहेको च।

सवारी दुर्घटनामा ४ घाइते
विराटनगर, असोज ७ गते।

सुनसरी र मोरङमा शुक्रबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका- १५ मा को २२ प ७१०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका १३ बर्षिय पैदलयात्री न्युसन गिरी घाइते भएका छन्। घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। दुर्घटनमा मोटरसाइकल चालक सुनसरी धरान-३ बस्ने २२ बर्षिय आस्तम आलम समेत घाइते भएकाले सोही अस्पतालाम उपचार भइरेहको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। यता मोरङको रतुवामाई नगरपालिका-५ बैरङचौकमा को २४ प ६११० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ह ८४३८ नम्बरको सिटि सफारी आपसमा ठोक्किदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-५ बस्ने २५ बर्षिय राजेश राय घाईते भएका छन्। उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन्। मोरङकै रंगेली नगरपालिका-१ सखरदिना चोकमा को १२ प ३००६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी २७ बर्षिया अनिता चौधरी घाइते भएकी छिन्। उनको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय सखरदिनाको नियन्त्रणमा छन्।

सवारी दुर्घटनामा ४ घाइते
विराटनगर, असोज ७ गते।

सुनसरी र मोरङमा शुक्रबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका- १५ मा को २२ प ७१०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका १३ बर्षिय पैदलयात्री न्युसन गिरी घाइते भएका छन्। घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। दुर्घटनमा मोटरसाइकल चालक सुनसरी धरान-३ बस्ने २२ बर्षिय आस्तम आलम समेत घाइते भएकाले सोही अस्पतालाम उपचार भइरेहको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। यता मोरङको रतुवामाई नगरपालिका-५ बैरङचौकमा को २४ प ६११० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ह ८४३८ नम्बरको सिटि सफारी आपसमा ठोक्किदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-५ बस्ने २५ बर्षिय राजेश राय घाईते भएका छन्। उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन्। मोरङकै रंगेली नगरपालिका-१ सखरदिना चोकमा को १२ प ३००६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी २७ बर्षिया अनिता चौधरी घाइते भएकी छिन्। उनको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय सखरदिनाको नियन्त्रणमा छन्।

बिरामी कैदीको उपचारको क्रममा मृत्यु
मोरङ, असोज ७ गते।

मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्। विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

भन्सार छलेको कपडा बरामद
मोरङ, असोज ६ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले शुक्रबार भन्सार छलेको १५ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपालतर्फ लयाउदै गरेको उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो। बरामद कपडा सहित मोरङ विराटनगर-१५ बस्ने२१ बर्षिय लोटस देबकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद पकडा आजै भन्सार बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

मृत फेला
खोटाङ, असोज ६ गते।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका- १० पाथेक बस्ने ७१ बर्षिया भोतिमाया राई शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्। गत असोज ३ गते घरबाट अचानक बेपत्ता भएकी राईको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २ बजेतिर उनको शव सोही ठाउँको भिरबाट अन्दाजी २५ मिटर तल खसेको अवस्थामा भेटिएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।

खुकुरी प्रहारबाट एक घाइते
उदयपुर, असोज ६ गते।

उदयपुरको त्रियुगा नगरपालिका-१० बस्ने २३ बर्षिय किशोर सिवा विहीबार खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका २० बर्षिय मिलन खत्रीले साँझ ६ बजेतर सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते सिवाको जिल्ला अस्पताल उदयपुर बाट सुबिधा सम्पन्न अस्पतालको लागी पठाएको छ भने खुकुरी प्रहार गर्ने मिलन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा छन्।

भन्सार छलेको २ सय किलो सुर्ती बरामद
मोरङ, असोज ६ गते।

मोरङको विराटनगर महानगरपालिका-६ ब्रहमपुराबाट शुक्रबार प्रहरीले भन्सार छलेको २ सय किलो सुर्ती बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले विहान ४ बजे चार वटा साईकलमा ल्याउदै गरेको आठ बोरा अन्दाजी २ सय किलो सुर्ती बरामद गरेको हो। बरामद सुर्ति जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ भने मानिसहरु फरार रहेकाले खोजी भइरेहको उक्त कार्यालयले जनाएको छ।

सवारी दुर्घटनमा १४ घाइते
झापा, मोरङ, असोज ६ गते।

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा विहीबार भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्।  झापाः झापाको शिवसताक्षी नगरपालिका -१० राजमार्गमा पश्चिमतर्फ जादै गरेको को १ च २४५७ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउदै गरेको मे १ च ३८३८ नम्बरको स्कारपियोले ठक्कर दिई भाग्ने क्रममा दुर्घटना हुँदा स्कारपियोमा सवार कन्काई नगरपालिका-३ बस्ने २२ बर्षिय सुमन मैनाली घाइते भएका छन्। दुर्घटनमा एम्बुलेन्समा सवार झापा मेचीनगर नगरपालिका-१० बस्ने २१ बर्षिय दिपा खप्चडी , उनकै श्रीमान २७ बर्षिय मिन बहादुर खप्चडी, सोही ठाउँकी ३५ बर्षिय मञ्जु तामाङ, ४८ बर्षिया कृष्ण कुमारी बुढाथोकी र एम्बुलेन्स चालक ३४ बर्षिय अमृत कुमार सुब्बा सामन्य घाइते भएका छन्। घाइते सबैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ भने स्कारपियोका चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन्। यस्तै सोही नगरपालिका-१ स्थित फुलबारी चोकमा बा १६ च २३४३ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको बा ८५ प २३१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला पाँचथर आचुहाङ्-८ बस्ने २५ बर्षिय हेमराज लिम्बु र पछाडी सवार पाँचथर भारपा बस्ने २५ बर्षिय राज लिम्बु घाइते भएका छन्। घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ। कारका चालक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन्। मोरङः मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ मा को २९ प ४१९१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री धनकुटा जितपुर ३ बस्ने अन्दाजी ५० बर्षिया भिम माया लिम्बु घाइते भएकी छिन् उनको पथरी अस्पतालमा उपचार भइरेहको छ भने स्कुटर चालक ईटहरी उप-महानगरपालीका-२० तरहरा बस्ने ३५ बर्षिय कन्चन माया राई समेत सामान्य घाइते भएकीले सोही अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ। सुनसरीः सुनसरीको कोशी गाउँपालिका-४ स्थित राजमार्गमा को ३१ प २१०३ नम्बरको मोटरसाइकललाई बा ३ ख ८३८६ नम्बरको बसले ठक्कर दिदा मोटरसाइकल चालक उदयपुर डुम्रे -८ बस्ने २९ बर्षिय विनोद राज तिमल्सिना गम्भिर घाईते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बसमा सवार तत्काल नाम थर वतन खुल्न नसकेका ३ जना यात्री घाइते भएका छन्। उनीहरुको ईनरुवा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

२३ हजार बढीको भन्सार छलेको कपडा बरामद
मोरङ, असोज ५ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार २३ हजार २ सय मुल्य बराबरको कपडा बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दे जाने क्रममा विहीबार दिउँसो भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरको उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो। बरामद कपडा सहित मोरङ विराटनगर-१५ एक महिलालाई समेत नियन्त्रणमा लिएको छ। बरामद सामान आजै भन्सार भुझाएको उक्त कार्यालयले जनाएको छ।

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते
धनकुटा, असोज ५ गते।

धनकुटाको चौबिसे गाउँपालिका-५ बस्ने ३९ बर्षिय कमल बहादुर तामाङ बुधबार श्रीमातीको खुकुरी प्रहार बाट घाइते भएका छन्। ३८ बर्षिया श्रीमती सरु तामाङले घरायसी विवाद हुँदा ६ साँझ ६ बजेतिर खुकुरीले टाउकोमा प्रहार गरेकी थिइन्। घाइते तामाङको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ।

मोरङको कानेपोखरी स्थित एक घरमा आगलागी, आगोमा परेर चार जनाको मृत्यु
मोरङ, असोज ५ गते।

मोरङको कानेपोखरी गाउँपालिका-३ हर्कपुर  स्थित एक घरमा विहीबार विहान आगलागी भएको छ भने आगोमा परेर चार जनाको ज्यान गएको छ। सोही ठाउँका ५५ बर्षिय चन्द्र बहादुर राईको किराना पसल भएको दुई तले घरमा विहान ३ बजे अचानक आगलागी भएको थियो। आगलागीबाट घरभित्र सुतेका चन्द्र बहादुरकी आमा ८६ बर्षिय गंगामाया राई, श्रीमती ४६ बर्षिय पार्बता राई र बहिनी ४४ बर्षिया बिष्णुमाया राईकोको आगोमा परेर ज्यान गएको छ। चन्द्र बहादुरको भने खोजी गर्ने क्रममा विहान ७;३० बजे शव फेला परेको थियो। आगलागी बिराटनगर,ईटहरी र दमकको समेत गरी ३ वटा दमकल स्थानिय मानिस र प्रहरीको सहयोगमा विहान ५ बजे नियन्त्रणमा आएको छ। आगलागीको क्षतिको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ।

सवारी दुर्घटनामा तीन घाइते
मोरङ, असोज ५ गते।

मोरङको दुई स्थानामा बुधबार भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। कटहरी गाउँपालिका-४ स्थित विराटनग-रंगेली सडक खण्डमा को १ प २५३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-६ बस्ने २७ बर्षिय दिलिप राजवंशी घाइते भएका छन्। घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। दुर्घटनामा मोटरसाइकल चालक ४८ बर्षिय सोनिलाल राजवंशी समेत घाईते भएकाले सोही अस्पतालमा उइचार भइरेहको छ। यस्तै पथरी-शनिश्चरे नगरपालीका १ मा को १८ प ८८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कानेपोखरी गाँउपालीका-७ बस्ने ३७ बर्षिय ललित बहादुर लिम्बु घाईते भएका छन्। उनको पथरी अस्पतालमा उपचार भईरहेको छ।

भन्सार छलेको समान बरामद
विराटनगर, असोज ४ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले बुधबार २ लाख बढीको सामान बरामद गरी भन्सार बुझाएको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार दिउँसो भारतबाट भन्सार छलेर ल्याउदै गरेको २ लाख ६ हजार ४ सय मुल्य बराबरको खाधान्य, लताकपडा र साईकल बरामद गरेको हो। बरामद सामान आजै विराटनगर भन्सार कार्यालय बुझाएको उक्त कार्यालयले जनाएको छ। त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१७ बस्ने ४३ बर्षिय मोहमद कमरुदिनले भारतबाट ल्याउदै गरेको अन्दाजी २१ हजार बराबरको हाँस तथा सोही ठाउँका १७ बर्षिय पंकज चौधरीले ल्याउदै गरेको ६ हजार मुल्य बराबरको बोइलर कुखुरा बरामद गरी पशु क्वारेन्टाईन कार्यालय रानी विराटनगरमा बुझाएको छ। यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको हरिनगरा गाँउपालिका ५ बसन्तपुरमा भारतबाट को १ त ७९८८, को २ त २९७२, को २ त ३५०२ र को २ त २७६६ नम्बरको ट्याक्टरमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको गहुँ नियन्त्रणमा लिएको छ। उक्त ट्याक्टरका चालक फरार छन्। उनीहरुको खोजी भइरेहको उक्त कार्यालयले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते
झापा, असोज ४ गते।

झापाको दमक नगरपालिका-२ जोगी टोलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्। घाइते हुनेमा दमक नगरपालिका-२ जोगी टोल बस्ने ६० बर्षिय नर बहादुर विश्वकर्मा रहेका छन्। उनलाई को १६ प ७२७९ नम्बरको मोटरसाइकलले विहान ११ बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते विश्वकर्माको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरेहको छ भने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन्।

माछा मार्न गएका युवकको डुबेर मृत्यु
झापा, असोज ४ गते।

झापाको गौरादह नगरपालिका-९ खजुरबारी स्थित सुखादी खोलामा डुबेर बुधबार एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका १८ बर्षिय चन्द्र मणी सतार रहेका छन्। विहान ६ बजेतिर माछा मार्न भनी गएका उनलाई उक्त खोलामा डुबेको अवस्थामा भेटेपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगइ अनुसन्धान भइरहेको छ।

सवारी दुर्घटनामा ९ घाइते
विराटनगर, असोज ४ गते।

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा मंगलबार बएको सवारी दुर्घटनमा ९ जना घाइते भएका छन्। मोरङः मोरङको सुन्दरहरैचा नगरपालिका-११ स्थित भित्रि सडक खण्डमा को १ ह ८५२० नम्बरको अटो ट्याम्पो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार ग्रामथान गाउँपालिका-७ बस्ने २६ बर्षिय अनिता राई, सोही ठाउँकी २१ बर्षिया आशा घिमिरे र ५२ बर्षिय बिनिलाल चौधरी घाइते भएका छन्। घाइते तीनै जनाको सुकुना सामुदायिक अस्पताल बिराटचौकमा उपचार भइरहेको छ। टेम्पोका चालक सुन्दरहरैचा नगरपालिका-११ बस्ने ५४ बर्षिय केदार बराल प्रहरी चौकी विराटचौकको नियन्त्रणमा छन्। यस्तै मोरङको धनपालथान गाउँपालिका- ३ बेतौनामा को ३० प ८०९८ नम्बरको मोटरसाइकलले को ५ प ७९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक धनपालथान गाउँपालिका-६ बस्ने २४ बर्षिय जमिन मिया र पछाडी सवार सोही ठाउँकी ५० बर्षिया साहारा खातुन घाईते भएकी छिन्। घाइते दुवैको रंगेली अस्पतालमा उपचार भईरहेको छ भेन४ ८०९८ नम्बरको मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्। उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-२ मोतियाईमा ट्याक्टरको ठक्करबाट दुई बालिका घाइते भएका छन्। गाईघाटबाट ढुङगा लिएर जोगिदहतर्फ जादै को १ त ६३६३ नम्बरको ट्याक्टरले सोही ठाउँका बिमल दाहालको १४ बर्षिया छोरी रितु दाहाल र लोक नारायण प्रधानको १३ बर्षिया छोरी सृजना प्रधानलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरेहको छ भने ट्याक्टरका चालक फरार रहाकले खोजी भइरहेको प्रहरी चौकी जोगिदहले जनाएको छ। सुनसरीः सुनसरीको दुहवी नगरपालिका-३ कोशी राजमार्गमा विराटनगरबाट ईटहरी जादै गरेको को ३० प ५१२९ नम्बरको मोटरसाइकल अन्यत्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङग बुडिगंगा गाउँपालिका-४ बस्ने राजेन्द्र माझी र पछाडी सवार सोही ठाउँका २३ बर्षिय भेष बहादुर श्रेष्ठ घाइते भएका छन्। घाइते दुवैको जिवन ज्योति अस्पताल दुहवीमा उपचार भईरहेको छ।

खुकुरी प्रहारबाट युवक घाइते
मोरङ, असोज ४ गते।

मोरङको उर्लाबारी नगरपालिका-७ मा मंगलबार खुकुरी प्रहारबाट एक युवक घाइते भएक छन्। घाइते हुनेमा उर्लबारी नगरपालिका-६  हाटखोला बस्ने २० बर्षिय निसान राई रहेका छन्। साँझ ५ बजेतिर बाटोमा हिड्दै गरेका उनलाई सोही ठाउँका २० बर्षिय प्रदेस तामाङ  लगाएत ४/५ जनाको समुहले खूकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका राईको न्युरो अस्पताल विराटनगरना उपचार भइरेहको छ। भने खुकुरी प्रहार गर्ने समुह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

खोलामा डुबेको अवस्थामा मृत फेला
ओखलढुङ्गा, असोज ४ गते।

ओखलढुङगाको चिसंखुगढी गाउँपालिका- ४ रातमाटे बस्ने ५६ बर्षिया बिष्णुमाया राई मंगलबार खोलामा डुबेको अवस्थामा मृत भेटिएकी छिन् विहान घरबाट माइती घर जना भनेर हिडेकी राईलाई स्थानियले चिसंखुगढी गाउँपालिका-३ स्थित खानी खोलाको पानीमा डुबेर मृत अवस्थामा भेटका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खानीभन्ज्याङले जानएको छ। यस्तै मोरङको सुनबर्षी नगरपालिका-७ चैता बस्ने रन्जित सहनीको ४ बर्षिय छोरा विबेक सहनी घर नजिकै रहेको शिव मन्दिरको पोखरीमा डुबेर घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

आगलागीबाट एक घरमा क्षति
खोटाङ, असोज ४ गते।

खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका- १५ बस्ने संगिता कटवालको फुसको छाना भएको २ तले घरमा मंगलबार आगलागी भएको छ। दिउँसो १;४५ बजे विधुत सर्ट भइ अचानक लागेको आगोले कटवालको घर भित्र भएको नगद ५० हजार तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३ लाख ३२ हजार बढीको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकि बुईपाले जनाएको छ। यस्तै मोरङको कटहरी गाउपालिका-४ स्थित क्वालिटी सप उधोगको गोदाममा समेत मंगलबार आगलागी भएको छ। अपरान्ह ४ बजेतिर साबुन बनाउने केमिकलबाट अचानक सुरु भएको आगोले गोदाममा रहेको केमिकल जलि नष्ट भएको छ भने क्षतिको थप विवरण आउन बाँकी रहेको छ। आगलागी प्रहरी दमकल तथा स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय (ख) विराटनगरले जनाएको छ।

४१ हजार बढीको भन्सार छलेको समान बरामद
मोरङ, असोज ३ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलबार ४१ हजार २ सय २० मुल्य बराबरको हरियो तरकारी र माछा बरामद गरेको छ। बरामद सामान आजै विराटनगर भन्सार कार्यालय बुझाएको उक्त कार्यालयले जनाएको छ।

करेन्ट लागेर बालकको मृत्यु
मोरङ, असोज ३ गते।

मोरङको कटहरी गाउँपालिका-२ मा मंगलबार करेन्ट लागेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा विराटनगर महानगरपालिका-१९ घर भइ हाल कटहरी-२ स्थित मामा घर बस्दै आएका ८ बर्षिय अमित ऋषिदेव रहेका छन्। उनलाई विहान ७;३० बजेतिर सोही ठाउँको उत्सव ईटाभट्टा भित्र पार्किङ गरि राखेको को १ ख ३२८० नम्बरको ट्रकमा खेल्ने क्रममा बिजुलीको तार उक्त ट्रकमा छुन गइ अचानक करेन्ट लागेको थियो। बालकलाई उपचारकोलागी कोशी अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आगलागीबा ६ लाख बढीको क्षति
झापा, असोज ३ गते।

झापाको गौरिगंज गाउँपालिका-३ बस्ने माया लिम्बुको घरमा मंगलबार आगलागी भएको छ। विहान ७ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले लिम्बुको घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख बढीको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय बासीको सहयोगमा १ घण्टा पछी नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ।

फरार दुई पक्राउ
विराटनगर, असोज ३ गते।

झापा र सुनसरी प्रहरीले सोमबार थप दुई जना फरार पक्राउ गरेको छ। सम्मानित जिल्ला अदालत झापाबाट बहुविबाह मुद्धमा २३ महिना कैद सजाय सुनाएका झापा ज्यामिरगढी-३ बस्ने ३६ बर्षिया एक महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले जिल्ला अदालत सुनसरीबाट जालसाजी मुद्धामा २३ हजार ३ सय रुपैयाँ जरिवाना तोकीएका एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई सोमबार नै अदालतमा उपस्थि गराएको प्रहरीले जनाएको छ।

टेम्पो दुर्घटनमा २ घाइते
मोरङ, असोज ३ गते।

मोरङको विराटनगर महानगरपलिका-१८ मा रानीबाट बुधनगरतर्फ जांदै गरको को १ ह नम्बरको टेम्पो सोमबार साँझ अयन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन्। घाइते हुनेमा विराटनगर महानगपालिका-१८ बस्ने १९ बर्षिय कृष्ण दास तत्म र सोही ठाउँका १९ बर्षिय धिरज दास तत्म घाइते भएका छन्। घाइते दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। टेम्पोका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। त्यस्तै मोरङको बुढीगंगा -४ स्‍थित कोशी राजमार्गमा को २ त ४९०० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री दुहबी नगरपालिका-५ बस्ने २६ बर्षिय हरी माझी घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ । ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

लागूऔषधसहित युवक पक्राउ
मोरङ, असोज ३ गते।

मोरङको बुढिगंगा गाउँपालिका- ४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गौरादह-१ बस्ने २६ बर्षिय बिनोद गोरासिनी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याप १५ एम्पुल, लुप्रिजेसिक १५ एम्पुल र एभिल १५ एम्पुल बरामद गरेको छ।

५ लाख बढीको समान भन्सार बुझाइयो
झापा, असोज २ गते।

झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले सोमबार ५ लाख ८३ हजार ५ सय मुल्य बराबरको सामन बरामद गरी भन्सार भुझाएको छ। बरामद सामनहरुमा भारतीय नम्बर डब्लु बि ७४ यु ७१३७ नम्बरको भ्यानमा लुकाएर भारततर्फ लैजादै गरेको क्रिम ९० पिस, सुक्मेल ८५ किलो र सुख्खा सुपाडी ९८ किलो बरामद गरेको छ। बरामद सामानहरु आजै मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाएको छ।

स्कुल बसले किचेर बालिकाको मृत्यु
झापा, असोज २ गते।

झापाको कमल गाउँपालिका-२ स्थित पाथीभरा बोर्डिङ स्कुलको बसले किचेर सोमबार एक बालिककाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही स्कुलको कक्षा नर्सरीमा अध्यनरत ईश्वर न्यौपानेकी ५ बर्षिया छोरी इम्प्रेशा न्यौपाने रहेकी छिन्। बालिकालाई ना ३ ख ४१७२ नम्बरको बसले विधार्थी ओराल्ने क्रममा दिउँसो २ बजेतिर अगाडीको चक्काले किचेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिगई बसका चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ। यता मोरङको बिराटनगर महानगरपालिका-१४ मा विराटनगरबाट रानीतर्फ आउदै गरेको को २० प ३५३८ नम्बरको मोटरसाइकल र सोही ठाउँमा पूर्वबाट पश्चिम तर्फ मोडदै गरेको को१ झ ४६७७ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक मोरङ बिराटनगर महानगरपालिका-८ बस्ने ३५ बर्षिय एम डी सलिन र पछाडी सवार सोही ठाउँका ११ बर्षिय सिजेरियल काफ्ले घाइते भएका छन्। घाइते दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। सिटीका चालक भारत अररिया जोगवानी- ६ भस्ने ४३ बर्षिय जमाल खान इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।

चट्याङ लागेर महिलाको मृत्यु
उदयपुर, असोज २ गते।

उदयपुरको त्रियुगा नगरपालिका-१५ बस्ने ६४ बर्षिया छलिमाया मगरको आइतबार चट्याङ लागेर ज्यान गएको छ। बेलुका ११ बजेतिर आफ्नै घरमा सुतीरहेको अवस्थामा मगरलाई अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटना सम्बन्धी जानकारी सोमबार मात्र प्रहरी चौकी साउनेमा प्राप्त भएको उक्त कार्यालयले जानएको छ।

अश्लिल कृयाकलापमा संम्लग्न दुई पक्राउ
मोरङ, असोज २ गते।

इलाका प्रहरी कार्यालय रानीले “अपरेशन फक्स” होटल लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत सोमबार अश्लिल कृयाकलापमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकी एक महिला र मोरङ विराटनगर बस्ने एक पुरुष रहेका छन्। उनीहरुलाई विराटनगर-१५ स्थित सहारा होटल एन्ड बारबाट दिउँसो २ पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

सवारी दुर्घटनमा एकको मृत्यु, ८ घाइते
विराटनगर, असोज २ गते।

सुनसरी र मोरङमा आइतबार भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सुनसरीको कोशी गाउँपालिका- ७ स्थित राजमार्गमा भारतिय नम्बर बि आर ५० बि ७५४७ नम्बरको मोटरसाइकलले बेलुका ८;४५ बजेतिर तत्काल नाम थर खल्न नसकेका एक पुरुषलाई ठक्कर दिएको थियो। टक्कर बाट गम्भिर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतको बिरपुर बस्ने २६ बर्षिय अजय शर्मा र पछाडी सवार सोही ठाउँका २० बर्षिय धरम शर्मा समेत घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। यस्तै सोही गाउँपालिकामा ना २ च २८१९ नम्बरको कारले भारतिय नम्बर बि आर ३८ एच ८२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारतको दिबसपुर-१३ बस्ने २८ बर्षिय सत्य नारायण मुखिया र सोही ठाउँका असोक कुमार मुखिया घाइते भएका छन्। उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाम उपचार भइरहेको छ भने कारका चालक फरार रहेकाले खोजी भइरहेको छ।
यता मोरंङको विराटनगर महानगरपालिका-१३ स्थित जोगबनी विराटनगर सडक खण्डमा १ ह ४३७० नम्बरको सिटीसफारीलाई भारतीय नम्बर डब्लु बि ११ ए ३८४९ नम्बरको ट्रकले ठक्कर दिँदा सिटीमा सवार विराटनगर- ५ बस्ने ३६ बर्षिय राम कुमार मण्डल र भारत मधुवनी बस्ने ३५ बर्षिया बिनादेवी साह घाईते भएकी छिन्। घाइतेको बिराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्। मोरङकै बेलबारी नगरपालिका-३ मा को ७ प १७६३ नम्बरको मोटरसाइकल र बा ३८ प ३८६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-४ बस्ने ४० बर्षिय राज कुमार बस्नेत र इलाम लुम्दे गाउँपालिका-९ बस्ने २१ बर्षिय उमेश मुखिया घाइते भएका छन्। घाइते दुवैको बेलबारी नोबेल अस्पतालमा उपचार भई रहेको छ।

चट्याङ लगेर महिलाको मृत्यु
भोजपुर, असोज २ गते।

भोजपुरको अरुण गाउँपालिका-५ आरुखर्क बस्ने ५९ बर्षिया सहर माया श्रेष्ठको आइबार चट्याङले ज्यान गएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई बेलुका ८ बजेतिर अचानक चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। घाटनाबरे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङले जानएको छ।

दुर्घटनामा एकको मृत्यु दुई घाइते
झापा, असोज १ गते।

झापाको कन्काई नगरपालिका-३ सुरुङ्गा पुल नजिकै आइतबार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको ज्यान गएको छ भने मोटटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ४ प ९५२६नम्बरको मोटरसाइकले विहान ५;५० बजे पैदलयात्री सोही ठाउँका ७० बर्षिय रिपुकर्ण भट्टराईलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भट्टराईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको छ। साथै मोटरसाइकल चालक झापा गोलधाप-३ बस्ने ३० बर्षिय बिजय रुसाल र पछाडी सवार २६ बर्षिय जशोधा भुसाल घाइते भएका छन्। घाइते दुवैको विर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरेहको छ।

चट्याङ लागेर महिलाको मृत्यु
संखुवासभा, असोज १ गते।

सङखुवासभाको खांदबारी नगरपालिका-६ पाङठा बस्ने ४५ बर्षिया हर्क माया तामाङको शनिबार चट्यांङ लागेर ज्यान गएको छ। राती ११ बजेतिर बिजुलीको स्वीच अफ गर्ने क्रममा उनलाई अचानक चट्याङ लागेको थियो। घटनाबारे आइतबार मात्र अस्थायि प्रहरी पोष्ट धुपुमा जानकारी पाएपछी प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।

१ लाख बढीको भन्सार छलेको समान बरामद
मोरङ, असोज १ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले शनिबार १ लाख बढीको भन्सार छलेको सामन बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ८६ हजार ७ सय बराबरको लत्ताकपडा र २८ हजार मुल्य बराबरको खसी बोका बरामद गरेको छ। बरामद सामन आइतबार भन्सार बुझाएने उक्त कार्यालयले जनाएको छ।

सवारी दुर्घटनामा ६ घाइते
विराटनगर, असोज १ गते।

मोरङ र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनमा ६ जना घाइते भएका छन्। मोरङः मोरङको विराटनगर-१९ स्थित विराटनगर बिराटचोक भित्री सडक खण्डमा ज ८ प ४१० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ग्रामथान गाउँपालिका-२ झोराहाट बस्ने २६ बर्षिय नगिन महमद घाइते भएका छन्। उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर १२ बस्ने बर्ष २२ बर्षिय बिमल कुमार पण्डित समेत घाइते भएकले सोही अस्पतालमा उपचार भइरेहको छ। यस्तै मोरङकै लेटाङ नगरपालिका-५ खेरुवामा को २५ प १६५ नम्बरको मोटरसाइकल र को १ ह १६९० नम्बरको सिटी सफारी एक आपसमा ठोक्किदा मोटरसाइकल पछाडि सवार लेटाङ नगरपालिका -८ बस्ने २१ बर्षिय फिलिप सुब्बा र सिटी सफारी चालक लेटाङ-२ किराँत चोक बस्ने ४१ बर्षिय धनराज राई घाइते भएका छन्। उनीहरुको स्थानिय मेडिकलमा उपचार भई रहेको छ। त्यस्तै उर्लाबारी नगरपालिका-७ स्थित उर्लाबारी चोकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ९१०० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा बलेरो चालक मोरङ पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने ४० बर्षिय भोलाकाजी गुरूङ घाइते भएका छन्। उनको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। सुनसरीः सुनसरीको ईटहरी-६ राधा कृष्ण पेट्रोल नजिकै को २४ प ५६६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भोजपुर घर भइ हाल इटहरी-५ बस्ने ३० बर्षिय राजु राई घाइते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्।

धारीलो हतियार प्रहारबाट एक घाइते
ताप्लेजुङ, असोज १ गते।

ताप्लेजुङको मैवा खोला गाउँपालिका-१ ढुङ्गेसाँघु बस्ने अन्दाजी ४० बर्षिय सुक बहादुर लिम्बु शनिबार धारीलो हतियार प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका २४ बर्षिय अनुप लिम्बु, २३ बर्षिय सुनिल याकुपा र २७ बर्षिय को सुनिल मास्वाको समुहले सामन्य विवाद हुँदा साँझ ६ बजेतिर धारीलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट टाउकोमा चोट लागेका लिम्बुको स्थानिय मेडिकलमा उपचार भइरेहको छ भने हतियार प्रहार गर्ने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते माझीको उपचारको क्रममा मृत्यु
मोरङ, भाद्र ३१ गते।

मोरङको ग्रामथान गाउँपालिका-२ स्थित बिराटचोक सडक खण्डमा गत भाद्र २८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको शनिबार उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका-२ बस्ने अन्दाजी ६० बर्षिया गेरी माझी रहेकी छिन्। उनलाई को १७ प १२५९ नम्बरको मोटरसाइकले पैदल हिड्दै गर्दा ठक्कर दिएको थियो। उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसो २;१५ बजे मृत्यु भएको हो। मोटरसाइकलका चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छन्।

सवारी दुर्घटनामा ३ घाइते
सुनसरी,मोरङ, भाद्र ३१ गते।

सुनसरी र मोरङमा शनिबार भएको सवारी दुर्घटनमा ३ जना घाइते भएका छन्। सुनसरीको दुहवी-६ स्थित कोशी राजमार्गमा ना ५ ख ७४४४ नम्बरको टिफरले को २० प ४६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धरान-१७ बस्ने २८ बर्षिय उमेश सिंङ र पछाडी सवार सोही ठाउँकी ३० बर्षिया असमिता राई घाइते भएका छन्। घाइते दुवैको स्थानिय मेडिकल दुहवीमा उपचार भईरहेको छ भने टिफरका चालक इलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा छन्। यता मोरङको लेटाङ्ग नगरपालिका-६ मा को १ ह ८६१७ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री बेलबारी घर भई हाल लेटाङ्ग नगरपालिका-३ बिरन टोल बस्ने १५ बर्षिया संगम राई घाइते भएकी छिन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने पेम्पुका चालक इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा छन्।

खोलाले बगाएका राई मृत फेला
ओखलढुङ्गा, भाद्र ३१ गते।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका-८ बस्ने ४८ बर्षिय केशब राई शनिबार मृत अवस्थामा भेटिएका छन्। सोही ठाउँको पोक्तिङ खोलामा पाहा खोज्ने क्रममा शुक्रबार खोलाले बगाएर बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको प्रहरीको टोलीले विहान ३ बजे सोही खोलाको किनारमा उनको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ।

लडेर बालिकाको मृत्यु
मोरङ, भाद्र ३१ गते।

मोरङको विराटनगर-२ सोमबारेमा शनिबार नुहाउने क्रममा लडेर एक बालिकको ज्यान गएको छ। रगेली नगरपालिका-८ घर भई विराटनगर-२ सोमबारे स्थित आशा राउतको घरमा डेरा गरी बस्ने मनिता मण्डलकी ७ बर्षिया छोरी हेमा मण्डल दिउँसो १ बजेतिर नुहाउने क्रममा कलमा चिप्लिएर बेहोस भएकी थिइन् उनलाई उपचारकोलागी कोशी अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु
मोरङ, भाद्र ३१ गते।

मोरङको विराटनगर-१ महेशपुर बस्ने १६ बर्षिय गौरब खवासको शनिबार करेन्ट लागेर ज्यान गएको छ। सोही ठाउँमा रहेको सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ बजेतिर अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर गम्भिर घाइते अवस्थामा भेटिएका उनलाई स्थानियले कोशी अंचल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरेहको छ।

छतबाट खसेर एककको मृत्यु
सुनसरी, भाद्र ३० गते।

सुनसरीको ईटहरी-२० स्थित तरहरामा शुक्रबार छतबाट खसेर एक जानको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका ४४ बर्षिय बिन्द्र कुमार राई रहेका छन्। बेलुका खाना खाएर आफ्नै घरको तीन तला माथी छतमा सुतेका उनी विहान २ बजेतिर अचानक छतबाट तल खसेका थिए। उनलाई तत्काल उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएकोमा उपचारको क्रममा विहान ३;३० बजे बजे मृत्यु भएको हो। घटनाबरे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबाट एक घरमा क्षति
संखुवासभा, भाद्र ३० गते।

सखुवासभाको पाँचखपन नगरपालिका-८ बस्ने चित्र बहादुर राईको घरमा विहीबार आगलागी भएको छ। बाँसको टाटी र परालको छानो भएको १ तले घरमा कोही नभएको बेला अपरान्ह ४ बजे आगलागी भएको हो। आगलागीबाट घर तथा घर भित्र भएको नगद ४० हजार तथा मकै, धान, सुन, लगाएत सम्पूर्ण समान समेत जल्दा अन्दाजी ४० हाजर बढीको क्षति भएको पिडितले बताए। आगलागी के कसरी भयो भन्ने बरेमा अनुसन्धान भइरहेको प्रही चौकी वानाले जानएको छ।

लागूऔषधसहित दुई पक्राउ
सुनसरी, भाद्र ३० गते।

सुनसरीको धरान-११ स्थित शिवजी मार्गबाट प्रहरीले विहीबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। स्थानिय टेक बहादुर लिम्बुको घरमा लागूऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले उक्त घर खान तलासी गर्ने क्रममा धरान-११ बस्ने बर्ष ३५ बर्षिय ललित लिम्बु र सोही ठाउँका ३५ बर्षिय संजय राईलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट डाइलेस-डिसी नाम गरेको १ सय एम एल को १५ बोतल लागूऔषध बरामद भएको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

३५ हजार बढीको भन्सार छलेको समान बरामद
मोरङ, भाद्र ३० गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले विहीबार ३५ हजार मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको टोलेल गस्ती गर्दै जाने क्रममा बेलुका ५ बजेतिर विराटनगर-१५ बाट साइकलमा लोड गरी ल्याउदै गरको अवस्थामा बरामद गरेको हो। बरामद सामानहरुमा अन्दाजी ३५ हजार २ सय ५३ मुल्य बराबरको सामनसहत भारत अमुना ग्रामपंचायत-६ बस्ने ३१ बर्षिय मेहदी हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामन आज विराटनगर भन्सार कार्यालय बुझाइने उक्त कार्यालयले जानएको छ।

घरेलु मदिरा बरामद
मोरङ, भाद्र ३० गते।

घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले विहिबार घरेल मदिरा बरामद गरी नष्ट गरेको छ। विराटनगर-२२ स्थित डग्रांहा टोलबाट प्रहरीले ३५० लिटर तयारी रक्सी, रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ ३२ सय लिटर तथा मदिरा बनाउने १७ थान भाडा समेत बरामद गरेको छ। बरामद मदिरा स्थानियको रोहबरमा नष्ट गरिने प्रहरीले जनाएको छ।

चोरी मुद्धाका फरार एक पक्राउ
मोरङ, भाद्र ३० गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले विहीबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट नकबजनी चोरी मुद्दामा ३ दिन कैद तथा १० हजार रुपैया जरिवाना तोकीएका विराटनगर-८ बस्ने अर्जुन कुमार मुखिया रहेका छन्। पक्राउ परेका मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरेहको छ।

बसको ठक्करबाट स्कुटर चालक घाइते
सुनसरी, भाद्र २९ गते।

सुनसरीको ईटहर-४ हलगडामा विहीबार बसको ठक्करबाट स्कुटर चालक एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा धरान-१६ बस्ने ३६ बर्षिय गोबिना राइ रहेका छन्। उनलाई धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ४६४० नम्बरको बसले विहान ११ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते युवतीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने बसका चालक इलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रण छन्। यता मोरङकै धनपालथान गाउँपालिका-६ स्थित रंगेली सडक खण्डमा को २९ प २३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ३५ बर्षिय नकुल सहनी घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन्।

सर्पदंशबाट कामदारको मृत्यु
सुनसरी, भाद्र २९ गते।

सुनसरीको दुहवी नगरपालिका- १० स्थित शिवशक्ति मेनियर प्लाई फ्याक्ट्रिमा कार्यरत एक कामदरको बुधबार सर्पदंशबाट ज्यान गएको छ। ज्यान गुमाउनेमा भारत अररिया जिल्ला ककरुवा बसन्तपुर २८ वस्ने २६ बर्षिय महमहद जमुन रहेका छन्। उनलाई बेलुका ९ बजेतिर काम गरिरहेको अवस्थामा अचानक सर्पले टोकेको थियो उनको उपचारकोलागी स्थानिय जिवन ज्योती अस्पतालमा ल्याउनसाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

नहरमा डुबेर बालक बेपत्ता
मोरङ, भाद्र २९ गते।

मोरङको बुढीगंगा गाउँपालिका--६ घेराबारी टोलमा बुधबार नहरमा डुबेर एक बालक बेपत्ता भएक छन्। सोही ठाउँका देउमान लिम्बुको ५ बर्षिय छोरा आरएन लिम्बु खेल्ने क्रममा बेलुका ५ बजेतिर घेराबारी टोल स्थित चतराको मुल नहरमा डुबेर बेपत्ता भएका हुन् उनकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

लागूऔषधसहित युवक पक्राउ
विराटनगर, भाद्र २९ गते।

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवकालई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान १६ बस्ने २० बर्षिय सोरेन विश्वकर्मा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ९ बजेतिर पक्राउ गरेको हो। उनको साथबाट शरिरको विभिन्न भागमा लुकाई ल्याएको लुपिजेसिक-८ एम्पुल, डाईजेल्याप-८ एम्पुल, एभिल-८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ। पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवमा राखी थप अनुसन्धान भइरेहको छ।

सवारी दुर्घटनामा ६ घाइते
विराटनगर, भाद्र २९ गते।

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा बुधबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
ओखलढुङ्गाः ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका-११ स्थित रामपुर सडक खण्डमा बुधबार जिप दुर्घटना हुदा जिपमा सवार ७ जना मध्ये तीन जना घाइते भएका छन्। ओखलढुंगाबाट प्राप्चातर्फ जांदै गरेको ना १ ज ५८२४ नम्बरको जिप अचानक सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। दुर्घटनामा ओखलढुङ्गा खिजिदेम्बा-६ बस्ने ३८ बर्षिय जित बहादुर तामाङ सोही ठाउँका ३८ बर्षिय जङ्बु शेर्पा र ५० बर्षिय सत्ता शेर्पा घाइते भएका छन्। घाइते तिनै जनाको मिसनअस्पताल ओखलढुंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मोरङः मोरङको ग्रामथान गाउँपालिका-२ पिडारवनीमा दक्षिणबाट उतरतर्फ जांदै गरेको को १७ प १२५९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६० बर्षिया गेरी माझी घाइते भएकी छिन्। उनको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मोटरसाइकल चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छन्।
झापाः झापको गौरादह नगरपालीका-१ सितापुरी चोकमा मे ३ प ३२५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा कमलगांउपालीका-७ बस्ने ८१ बर्षिय पृथ्बी बहादुर सुब्बा घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा छन्। पाँचथरः पाँचथरको यामवरक गाउँपालिका- ५ मा मे १ त ३८७१ नम्बरको ट्याक्टर ढूंगा लोड गरी फर्कने क्रममा दुर्घटनाम हुँदा ट्याक्टरका लेबर २३ बर्षिय शिव चौलगाई घाइते भएक छन्। उनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ।

फरार दुई पक्राउ
मोरङ, भाद्र २८ गते।

अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान अर्न्तरगत मोरङ प्रहरीले बुधबार थप दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीले विशेष सुराकीको आधारमा सम्मानित जिल्ला अदालत मोरङबाट सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकेका विराटनगर-१५ बस्ने ३७ बर्षिय बिजय कुमार यावदलाई पक्राउ गरेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले सोही अदालतबाट केही सार्बजनिक मुद्धामा १७ सय रुपैयाँ जरिवाना तोकीएका विराटनगर महानगरपालीका-६ बस्ने ३० बर्षिय अर्जुन पाश्वानलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई आजे अदालतमा उपस्थित गराईएको छ।

भन्सार छलेको ४० हजार बराबरको खसी बोका बरामद
मोरङ, भाद्र २८ गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले बुधबार अन्दाजी ४० हजार बराबरको ४ वटा खसी बोका सहित विराटनगर-१६ बस्ने एक महिलालई पक्राउ गरेको छ। पक्राउ गरेको उक्त खसीबोका आजै भन्सार कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

गाई गोठमा आगलागी २ लाख बढीको क्षति
मोरङ, भाद्र २८ गते।

मोरङको रगेली नगरपालिका-१ बिसाल टोल बस्ने पुष्प राज बस्नेतको गाई गोठमा बुधबार आगलागी भएको छ। राती १ बजे लामखुट्टे धपाउन बालेको आगो बाट अचानक सल्केको आगोले उनको ४ वटा हाँस मरेका छन्। भने १ वटा गाइ र गोरु समेत घाइते भएका छन्। आगलागीबाट अन्दाजी २ लाख २८ हजार बढीको क्षति भए छ। आगलागी इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछि नियन्त्रणाम लिएको छ।

पोखरीमा डुबेको अवस्थामा मृत फेला
मोरङ, भाद्र २८ गते।

मोरङको विराटनगर-१४ स्थितमा मन्टा पोखरीमा डुबेको अवस्थामा सोही ठाउँका २३ बर्षिय राजु महतोको शव फेला परेको छ। विहान ७ बजेतिर उनलाई स्थानियले पोखरीको विचमा तैरीरहेको अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

चट्याङ लागेर महिला घाइते
उदयपुर, भाद्र २८ गते।

उदयपुरको त्रियुगा नगरपालिका-१३ बस्ने ५५ बर्षिया शुभ कुमारी राई मंगलबार चट्याङ लागेर घाइते भएकी राती ११ बजेतिर अचानक परेको चट्याङ लागेर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

मोटरसाइकलको ठक्करबाट दुई बालक घाइते
मोरङ, भाद्र २८ गते।

मोरङको सुनबर्षी नगरपालिका-१ स्थित डाईनिया अमरदह सडक खण्डमा मंगलबार मोटरसाइकलको टक्करबाट दुई बालक घाइते भएक छन्। घाइते हुनेमा डनबक्स बोडिङ स्कुलमा पढ्ने बिद्यार्थी डिल्लि रेग्मीको ५ बर्षिय छोरा माधव रेग्मी, र सोही ठाउँका ईन्द्र अधिकारीको छोरा अन्दाजी ७ बर्षिय सौरभ अधिकारी रहेका छन्। उनीहरुलाई अपरान्ह ३ बजेतिर स्कुलबाट घरतर्फ जाने क्रममा को ६ प ७६११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवैको मोरङ सहकारी अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक प्रहरी चौकी अमरदहको नियन्त्रणमा छन्। त्यस्तै मोरङकै रतुवामाई नगरपालिका- ४ पैयामारी स्थित भित्री सडक खण्डमा को २५ प ५७९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही ठाउँकी ३० बर्षिया बसन्ती अमात्य घाइते भएकी छिन्। दुर्घटनमा मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी ३५ बर्षिय राधेश्याम साह समेत घाईते भएका छन्। घाइते दुवैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

विभिन्न मुद्धाका फरार ४१ जना पक्राउ
सुनसरी, भाद्र २७ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले मगलबार विभिन्न मिद्धाका ४१ जना फरार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालतबाट कुटपिट मुद्धाका ७ जना, चोरी मुद्धाका१ जना,करकाप मुद्धाको २ जना, कुटपिट मुद्धाका १६ जना, अंशचलन मुद्धाका १ जना, केही सार्बजनिक मुद्धाका १४ जना गरि जम्मा ४१ जना फरार प्रतिवादी पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आजै अदालतमा उपस्थित गराएको सुनसरी प्रहरीले जनाएको छ। 

भन्सार छलेको समानसहित मानिस पक्राउ
मोरङ, भाद्र २६ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको सामनसहित ४ जनालाई पक्राउ गरेको छ। उक्त कार्यालयबाट खटिको प्रहरीको टोलीले विराटनगर-१६ स्थित दरैया बस्तीबाट गस्ती गर्दै जाने क्रममा मोरङ बेलबारी-५ बस्ने सुजुनी देवी चौधरी, मोरङ ग्रामथान गाउँपालिका-२ बस्ने गहती देवी चौधरी, मोरङ विराटनगर-१६ बस्ने राजकुमार ठाकुर, छन्दन ठाकुरलाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट खाधान्न, प्लाष्टिकको फर्म, लत्ताकपडा गरी जम्मा ५० हाजर मुल्य बराबरको भन्सार छलेको सामान बरामद भएको छ। साथै उनीहरुले प्रयोग गरेको साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारत जोगवनी ईस्लामपुर बस्ने अमजद खान, निकेश कुमार, शर्मा र विराटनगर-१५ बस्ने दिपक साहले भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको १८ वटा बोईलरा समेत बरामद गरेको छ। बरामद समान आजै विराटनगर भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष निरौलाले जनाकारी दिनु भयो। त्यस्तै जिल्ला प्ररही कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले सुनसरी कोशी गाउँपालिका-८ बाट भन्सार छलेको ७८ हजार बराबरको बेबारिसे कपडा बरामद गरेको छ। बरामद कपडा आजै सेतुवन्धु भन्सार कार्यालय भण्टावारीमा बुझाईएको प्रहरी चौकी कोशी ब्यारेजले जनाएको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
झापा, भाद्र २७ गते।

झापाको दमक नगरपालिका-१ मा मंगलबार करेन्ट लागाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला पाँचथर फुयतप्पा बस्ने अन्दाजी ३० बर्षिय हेम बहादुर मगर रहेका छन्। दिउँसो २;३० बजेतिर प्लटिङ गरेको खाली जग्गामा सर्लाही घर भइ हाल दमक नगरपालिका-१ मा डेरा गरी बस्ने १७ बर्षिय किसान माझीसंग करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। गम्भिर घाइते उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटनामा घाइते पुरुषको उपचारको क्रममा मृत्यु
सुनसरी, भाद्र २७ गते।

सुनसरीको इटहरी-५ मा गत भदौ १५ गते मोटरसाइकलको ठक्करबाट घाइते पुरुषको उपचारको क्रममा सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी ५ बस्ने अन्दाजी ५० बर्षिय बम बहादुर सम्माहाम्फे रहेका छन्। साइकलमा सवार उनलाई को १० प ३८३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्।

सवारी दुर्घटनामा ४ जना घाइते
विराटनगर, भाद्र २७ गते।

१ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनाममा ४ जना घाइते भएका छन्। मोरङः मोरङको बुढीगंगा गाउँपालिका-३ शान्ति चौकमा को १२ प ६७३५ नम्बरको मोटरसाइकल विहान ५;४५ बजे अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका-१० बस्ने २१ बर्षिय ओम भगत प्रधान र पछाडी सवार धनकुटा नगरपालिका-१० बस्ने नेपाली सेना राजबिराज गण सप्तरीमा कार्यरत सिपाही २६ बर्षिय दिनेश प्रधान घाइते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। झापाः झापाको कन्काइ नगरपालिका-३ सुरुङ्गामा मे ८ प ५३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट प्रहरी चौकी पिण्डलबारी दरवन्दी भइ इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत प्रहरी जवान लक्ष्मि दाहाल घाइते भएक छन्। उनलाई विहान ८;३० बजे मोटरसाइकल चेकजाँच गर्न रोक्ने क्रममा उक्त मोटरसाइकलले ठक्कर दिएको हो। घाइते दाहालको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ। इलामः इलामको इलाम नगरपालिका-१०मा इलामबाट झापातर्फ जाँदै गरेको मे१ ज १९३७ नम्बरको बलेरो गाडीले र विपरित दिशावाट आउँदै गरेको मे ३ प ५२५७ नम्बरको मोटरसाइकललाई टक्कर दिदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका-१३ लक्ष्मिपुर बस्ने अन्दाजी ३२ बर्षिय सोम कुमार राई घाइते भएका छन्। उनलाई उपचारकोलागी विएनसी अस्पताल विर्तामोड ल्याइएको छ भने ठक्कर दिने गाडि र चालक प्रहरीको नियन्त्रणमा छन्।

इलाममा तीन दर्जन बढी घर पहिरोको जोखिममा
इलाम, भाद्र २७ गते।

इलामको माङ्सेबुङ गाउँपालिका-३ मा गएराती परेको अबिरल बर्षाको कारण ३० घर पहिरोको जोखिममा परेका छन्। स्थानिय राजेन्द्र खजुम, लाल बहादुर लिम्बु, अनिता लावती, दिल कुमार नेम्वाङ, डिक बहादुर लिम्बु, राजेन्द्र आङदम्बे, धनपति कुरुङवाङ, देउ कुमार राइ, देउ कुमार आङदम्बे, कम्बर चेम्जोङ लगायत अन्दाजी ३०।४० घरको सेफ्टी वाल पहिरोले बगाएको छ भने उक्त घरहरु पहिरोको उच्च जोखिममा परेका छन्। उक्त स्थानमा प्रहरी चौकी बाझोबाट प्रहरीको टोली खटिगएको उक्त कार्यालयले जनाएको छ।

विभिन्न मुद्धाका फरार ८ जना पक्राउ
मोरङ, भाद्र २७ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत मोरङको वडा प्रहरी कार्यालय (ख) विराटनगरले मंगलबार ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुटपिट मुद्धामा प्रति व्यक्ती ५० रुपैया जरिवाना तोकीएका मोरङ कटहरी गाउँपालिका-५ बस्ने बर्ष २९ का सुनिल कुमार मुडियारी, सोही ठाउँका बर्ष २८ का रन्जित मुडियारी, बर्ष ३५ का शिव कुमार मुडियारी, बर्ष ३५ का प्रदिप कुमार साह , ४५ बर्षिय रामकुमार मुडियारी र ४० बर्षिया सम्पतो मुडियारी रहेका छन्। साथै इलाका प्रहरी कार्यालय रानीले सम्मानित  जिल्ला अदालत मोरङबाट कुटपिट र लुटपाट मुद्धामा २ सय रुपैयाँ जरिवाना तोकिएका मोरङ जहदा गाउँपालिका-१ बस्ने ४८ बर्षिय राम नारायण यादव र लेनदेन बिगो मुद्धामा ३ महिना कैद सजाय तोकीएका विराटनगर महानगरपालीका-१४ बस्ने ४६ बर्षिय त्रिभुवन ठाकुर रहेका छन्। उनीहरुलाई प्रहरीले मंगलबार विहान ११ बजेतिर पक्राउ गरेको हो।

लागूऔषधसहित दुई युवक पक्राउ
मोरङ, भाद्र २७ गते।

मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पंप नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-१ बस्ने २६ बर्षिय जिवन राई र सोही ठाउँका १८ बर्षिय समिर दाहाल रहेका छन्। प्रहरीले उनीहरुको साथबाट डाईजेल्याब-२ एम्पुल, लुपीजेसीक-२ एम्पुल र एभिल-७ एम्पुल बरामद गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई उक्त कार्यालयमा राखी थप अनुसन्धान भइरेहको छ।

आगलागीबाट ५० हजार बढीको क्षति
मोरङ, भाद्र२७ गते।

मोरङको धनपालथान गाउँपालिका-२ बरीयाती बस्ने नन्दकिशोर प्रसाद मण्डलको गाईगोठमा सोमबार आगलागी भएको छ। विहान ३ बजेतिर गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले मण्डलको गोठ भित्र भएको १ वटा गाई, १ वटा बाछो जलेर मरेका छन्। भने अन्दाजी ५० हजार बराबरको क्षति भएको पिडितले बताए। आगालगी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी अमहिवरीयातीले जानएको छ।

ढुङ्गाले किचेर एकको मृत्यु एक घाइते
ओखलढुङ्गा, भाद्र २७ गते।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-५ मालिङ्गेमा सोमबार ढुङ्गाले किचेर एक महिलाको ज्यान गएको छ भने अर्की एक घाइते भएकी छिन्। चम्पादेवी गाउँपालिका-५ मालिङ्गे भन्ने ठाउँमा माटो खन्ने क्रममा सोही ठाउँकी अन्दाजी २० बर्षिया कोपीला कट्वालको माथीबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमै मृत्यु भएको हो। उनीसंगै गएकी ३५ बर्षिय मनमाया घिसिङ समेत सामन्य घाइते भएकी छिन्। उनको स्थानिय क्लिनिकमा उपचार भईरहेको प्रहरी चौकी कोषाहाटले जनाएको छ। त्यस्तै झापाको शिवशताक्षी नगरपालिका-१० माईधार चोकबाट इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीको टोलीले ब्रउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मे ७ प ७०४८ नम्बरको स्कुटी पछाडी सवार शिवशताक्षी नगरपालिका-४ बस्ने २९ बर्षिय बल बहादुर खवास रहाक छन्। उनको साथबाट अन्दाजी ५ ग्राम ब्राउन सुगर बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसनधान भइरेहको छ।

स्कुल बसको ठक्करबाट बालकको मृत्यु
सुनसरी, भाद्र २७ गते।

सुनसरीको धरान-१५ स्थित फुलबारी मार्गमा सोमबार स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका श्याम मगरको ६ बर्षिय छोरा श्राङ मगर रहेका छन्। उनलाई साँझ ६ बजेतिर के के ईन्टरनेश्नल बोर्डिङ्ग स्कुलको को १ क १९३९ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। यता इलामको सूर्योदय नगरपालिका-१० स्थित मेची राजमार्गमा झापातर्फ आउँदै गरेको मे १ ज २०४६ नम्बरको सुमो गाडीको ब्रेक फेल दुर्घटना हुँदा सुमोमा सवार ४ जना यात्री घाइते भएक छन्। घाइतेको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ।

विभिन्न मुद्धाका फरार ९ जना पक्राउ
सुनसरी, मोरङ,भाद्र २७ गते।

प्रहरीको फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत सोमबार सुनसरी र मोरङ प्रहरीले विभिन्न मुद्धाका फरार ९ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत सुनसरीबाट कुटपिट मुद्धाका ३ जना, लेनदेन मुद्धाका १ जना, करकाप मुद्धका१ जना, परिक्षा भंग मुद्धामा १ जना गरी जम्मा-५ जना रहेका छन्। पक्राउ परेका पाँचैजनालाई आवश्यक कार्बाहीको लागी सम्मानित जिल्ला अदालतमा सुनसरीमा बुझाइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले सम्मानित  जिल्ला अदालत मोरङबाट केही सार्बजनिक मुद्धमा १५ सय जरिवान तोकीएका मोरङ विराटनगर महानगरपालिका-१२ बस्ने   २७ बर्षिय मुकेस मण्डल कुटपिट मुद्दामा ६ हजार १३ रुपैयाँ जरिवाना तोकीएका मोरङ विराटनगर महानगरपालिका ११ बस्ने ३९ बर्षिय मिन्टु ठाकुर, मोरङ विराटनगर महानगरपालिका ११ बस्ने ३७ बर्षिय गिता ठाकुर, र सोही मुद्धामा १ हजार ८ सय ४० रुपैयाँ जरिवाना तोकी हाल सम्म फरार रहेका मोरङ विराटनगर-११ बस्ने ६० बर्षिया शुशिला देवी ठाकुरलाई समेत पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई सोमबार नै अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।

भन्सार छलेको ९० हजार बढीको सामन बरामद
मोरङ, भाद्र २६ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको ९० हजार ६ सय ८५ मुल्य बराबरको सामन बरामद गरेको छ। बरामद सामनहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेरका ईलोक्ट्रोनिक फिल्टरका समानहरु रहेका छन्। उक्त सामान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो १ बजेतिर भन्सार कार्यलय नजिकैबाट पक्राउ गरेको हो। बरामद सामन आजै विराटनगर भन्सार कार्यालय बुझाएको प्रहरीले जानएको छ।

चोरी मुद्धाका फरार एक पक्राउ
मोरङ, भाद्र २६ गते।

अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानीले सोमबार फरार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट चोरी मुद्दामा १ महिना कैद तथा ७ हजार ६ सय ५६ जरिवाना तोकीएका भारत ग्राम पंचायत अमौना-११ बस्ने मोहमद हन्नान रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोमबार दिउँसो नेपालमै लुकीछिपी बसेको अवस्थामा विशेष सुराकीको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका हन्नालाई आजै अदालतमा उपस्थित गराइ अदालतको आदेश बमोजिम मोरङ कारागार चलान गरिएको छ।

ट्रक र बलेरो ठोक्किदा ११ जना घाइते
इलाम, भाद्र २६ गते।

इलामको इलाम नगरपालिका-१ साखेजुङमा आइतबार ट्रक र बलेरो आपसमा ठोक्किदा बलेरोमा सवार ११ जना यात्रु घाइते भएका छन्। पाँचथरबाट विर्तामोडतर्फ आउँदै गरेको मे १ ख २४४६ नम्बरको ट्रक र पाँचथरतर्फ जादै गरेको मे १ ज २१२१ नम्बरको बलेरो अपरान्ह ४ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा बलेरोका चालक सहित ११ जना यात्रु घाइते मध्ये २ जना गम्भिर घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ। ट्रक र चालक प्रहरी चौकी रक्सेको नियन्त्रणमा छन्।

छोराको खुकुरी प्रहारबाट आमा घाइते
झापा, भाद्र २६ गते।

झापको दमक नगरपालिका- ५ मा आइतबार छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन्। २४ बर्षिय छोरा शिव कुमार सतारले अपरान्ह ४ बजेतिर सोही ठाउँका १८ बर्षिय दिनेश भुजेल संग लेनदेनको विषयमा झगडा गरेपछी आमा ३८ बर्षिय रेखा सतारले छुट्याउने क्रममा शिवले आमामाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट घाइते रेखाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने शिव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानएको छ।

खोलामा डुबेर बालिककको मृत्यु
झापा, भाद्र २६ गते।

झापाको गौरिगंज गाउँपालिका-३ बगुवा बस्ने अम्बर बहादुर शेर्माको ३ बर्षिया छोरी आकांक्षा शेर्माको आइतबार खोलामा डुबेर मृत्यु भएको छ। घरदेखि अन्दाजी १ सय मिटर पूर्वमा रहेको कृष्णी खोलाको किनारमा खेल्ने क्रममा बालिका साँझ ६ बजेतिर उक्त खोलामा डुबेको अवस्थामा मृत भेटेको स्थानियले बताए। घटनाबरे थप अनुसन्धान भइरहेको छ। त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१४ स्थित जतुवा बस्ने अन्दाजी ५५ बर्षिय हिरा लाल महतोको समेत सिँगिया खोलामा डुबेर मृत्य भएको छ। अपरान्ह ४ बजेतिर खोलाको किनारमा तरकारी खेती गर्न गएका महतो अचानक उक्त खोलामा खसेर डुबी मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनाबारे अनुसन्धान भइरेहको इलाका प्रहरी रानीले जानएको छ। यता भोजपुरको षडानन्द नगापालिका-७ स्थित कान्ले खोलाले बगाएर आइतबार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी अन्दाजी १८ बर्षिया दिचना दर्जी रहेकी छिन्। उनलाई साँझ ६ बजेतिर उक्त खोला तर्ने खोलाले बगाएको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरीको टोली खटिगई शव फेलापारी कानूनी प्रकृया पुरा गरेको छ।

१ लाख बढीको भन्सार छलेको सामन बरामद
मोरङ, सुनसरी, भाद्र २६ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत मोरङ र सुनसरीबाट प्रहरीले आइतबार १ लाख बढीको भन्सार छलेको समान बरामद गरेको छ। मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले आइतबार विभिन्न समयमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कताकपडा, खाद्यान्न, खसी बोका, हरियो सब्जी गरी अन्दजी १ लाख ४६ हजार ९ सय ३० मुल्य बराबरको सामन बरामद गरेको छ। त्यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले १० बोरा लौका सहित मोरङ विराटनगर-१५ बस्ने ४० बर्षिया सीता देवी साहलाई पक्राउ गरेको छ। यता सुनसरीको कोशी गाउँपालिका-८ बाट आइतबार विहान ९ बजेतिर ४३ हजार मुल्य बराबरको भन्सार छलेको कुर्था सुरुवाल बरामद गरेको छ। बरामद सामान आइतबार नै भन्सार भुझाएको प्रहरीले जानएको छ।

विभिन्न मुद्धाका फरार ८ जना पक्राउ
सुनसरी, भाद्र २६ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट आइतबार विभिन्न मुद्धाका फरार ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदातल सुनसरीबाट कुटपिट मुद्धाका २ जना, जालसाज मुद्धाका १ जना,करकाप मुद्धका ३ जना, अंश मुद्धका१ जना र देवानी मुद्धका १ जना गरि ८ जना रहेका छन्। परेका सबैलाई पक्राउ आइतबारनै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ। यता मोरङको इलाका प्रहरी कार्यालय रानीले कुटपिट मुद्दामा १ सय ५० रुपैयाँ जरिवाना तोकी फरार रहेका मोरङ जहदा गाउँपालिका-१ बस्ने उपेन्द्र यादवलाई समेत आइतबार पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ।

अश्लिल कृयाकलापमा संलग्न तीन पक्राउ
मोरङ, भाद्र २५ गते।

इलाका प्रहरी कार्यालय रानीको “अपरेशन फक्स” होटल, लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत प्रहरीले शनिबार अश्लिल कृयाकलापमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला सहित एक पुरुष रहेका छन्। उनीहरुलाई विराटनगर-१३ स्थित स्वट होटलबाट शनिबार दिउँसो ३ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।

जनविकास माध्यमिक विधालयमा प्रहरीको सचेतना
मोरङ, भाद्र २५ गते।

इलाका प्रहरी कार्यालय रानी तथा सामुदायिक सेवा केन्द्र रानीले आइतबार विराटनगर-१७ स्थित जवनिकास माध्यमिक विधालयमा सचेतनात्मक कार्यक्रम संम्पन्न गरेको छ। विहान ८ बजे बाट सुरु भएको उक्त कार्यक्रममा विधालयमा कक्षा ९ र १० का ९० जना विधार्थीहरुलाई लागूऔषध प्रयोग यसबाट हुने असर तथा यस्को विरुद्धाका सचेतनामुक जानकारी दिइएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष निरौलाले सहजिकरण गर्नु भएको थियो भने विधार्थीहरुलाई चेतनामुलक हाते पुस्तिका समेत वितरण गरेको उहाँले बताउनु भयो।

फारार एक पक्राउ
मोरङ, भाद्र २५ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अनतर्गत वडा प्रहरी कार्यालय (क) विराटनगरले आइतबार विहान थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित  जिल्ला अदालत मोरङबाट केही सार्वजनीक मुद्धामा २ हजार रुपैयाँ जरिवाना तथआ १८ दिन कैद सजाय सुनाएका विराटनगर महानगरपालिका-५ बस्ने अन्दाजी २३ बर्षिय दिपक गुरुङ रहेका छन्। उनलाई आजै अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ।

भन्सार छलेको समान बरामद
मोरङ, भाद्र २५ गते।

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार र आइतबार १ लाख ५० हजार बराबरको भन्सार छलेको सामन बरामद गरेको छ। बरामद सामनहरुमा कडाहरु , सुर्ति, रजनिगन्धा,साडी, गुल , खैँनी रहेका छन्। उक्त समान इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बरामद गरेको हो। बेलुका ६ बजेतिर पक्राउ गरेको हो। यता वडा प्रहरी कार्यालय ९(ख) विराटनगरबाट खटिएको प्रहरीको टोलीले शनिबार बेलुका ७ बजे १ सय किलो चिनी तथा १ बोरा सुर्ती समेत बरामद गरेको छ। बरामद समानहरु आइतबार भन्सार बुझाएको प्रहरीले जनाएको छ।

लागूऔषध ट्याब्लेट सहित युवक पक्राउ
झापा, भाद्र २५ गते।

झापाको मेचिनगर नगरपालिका- ६ बाट प्रहरीले शनिबार बेलुका लागूऔषध ट्याब्लेटसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेची नगर नगरपालिका-८ बस्ने २५ बर्षिय विबेक खड्का रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनको साथबाट एस पी ट्याब्लेट १० पत्ता बरामद भएको छ। उनलाई आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखीएको छ।

खोलाबाट अवैध ढुङ्गा तथा बालुवा उठाउने ६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
मोरङ, भाद्र २४ गते।

मोरङको लेटाङ्ग नगरपालिका-३ चिसाङ्ग खोलामा अबैध रुपमा ढुङ्गा र बालुवा उठाई रहेको अवस्थामा शुक्रबार प्रहरीले ६ वटा ट्याक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिएको छ। अपरान्ह ४ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक विष्णु हरि कोइराला र जिल्ला प्रशासन कार्यालय मोरङबाट खटिएको टोलीले को २ त ४३१२, को २ त ७०२३, को २ त ६१४६, मे १ त ५११८, को १ त १२२ र अन टेस्ट लेखीएको १ वटा ट्याक्टर तथा जेसिबी नियन्त्रणमा लिएको हो। साथै सोही टोलीले मोरङ केराबारी गाउँपालिका-७ र ८ को बिचमा रहेको खदम खोलाबाट १ वटा अनटेस्ट जेसिबी समेत नियन्त्रणमा लिएको छ। 

स्कारपियोको ठक्करबाट साइकलयात्री घाइते
मोरङ, भाद्र २४ गते।

मोरङको विराटनगर-१० स्थित कोशी राजमार्गमा शुक्रबार नम्बर नखुलेको स्कारपियोको ठक्करबाट साइकलयात्री दुई जना घाइते भएका छन्। घाइते हुनेमा सिरहा जिल्लाको लहान नगरपालिका-७ बस्ने १६ बर्षिय चन्द्रशेखर यादव र सप्तरी पत्थरगाडा-२ बस्ने १५ बर्षिय मोहमद असिम रहेका छन्। घाइते दुवैको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने स्कारपियो र चालक फरार रहाकले खोजी भइरहेको छ। त्यस्तै मोरङकै विराटनगर- बिराटनगर महानगरपालिका-४ स्थित भित्री सडकमा को ५ प १७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक विराटनगर-४ बस्ने ३१ बर्षिय मोहमद मयुद्धीन सेख र पछाडी सवार उनकै साली १८ बर्षिया नजरना खातुन घाइते भएकी छिन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

ब्राउन सुगर सहित एक पक्राउ
सुनसरी, भाद्र ३४ गते।

सुनसरीको धरान-१५ बाट प्रहरीले शुक्रबार १७ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका कंचन सुब्बाको घरमा डेरा गरी बस्ने राज कुमार राई रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर राईको कोठाबाट उक्त ब्राउन सुगर बरामद गरेको हो।उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

भन्सार छलेको ५३ हजार मुल्य बराबको सामन बरामद
विरानगर, भाद्र २३ गते।


सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत शुक्रबार सुनसरी तथा मोरङबाट भन्सार छलेको ५३ हजार मुल्य बराबरको सामन बरामद गरेको छ।
सुनसरी प्रहरीले कोशी गाउँपालिकाको लौकही र भुटाहाबाट विभिन्न किसिमको किराना समानहरु अन्दाजी ३५ हजार मुल्य बराबरको सामन बरामद गरेको छ। त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले १८ हजार मुल्य बराबरको ब्रोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई पशु क्वारेन्टाइनमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।

विभिन्न मुद्धाका फरार ४२ जना प्रतिवादी पक्राउ
विरानगर, भाद्र २३ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत शुक्रबार सुनसरी र मोरङबाट फरार ४२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार सम्मानित जिल्ला अदालत सुनसरीबाट कुटपिट मुद्धाका१५ जना, लुटपिटको २ जना, केही सार्वजनिक अपराधको १ जना, लागूऔषधको ३जना, जालसाजको १ जना, लेनदेनको ५ जना, अंशको ५ जना, गालीबेजतीको ४ जना, परिक्षाभंगको १ जना, बहुबिबाहको १ जना तथा सवारी ज्यान मुद्धाको २ जना,नकवजनी मुद्धाको १ जना गरी ४१ जना पक्राउ गरेको छ। यता जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विभिन् मुद्धामा सम्मानित जिल्ला अदालत मोरङबाट २ लाख ९३ हजार ६ सय ८३ जरिवाना तोकीएका मोरङ विराटनगर महानगरपालिका-२ बस्ने ३६ बर्षिय पुनित कुमार सारडालाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई शुक्रबार नै अदालतमा उपस्थित गराइएको छ।

धारीलो हतियार प्रहारबाट महिला घाइते
सुनसरी, भाद्र २३ गते।

सुनसरीको धरान उप-महानगरपलिका-९ कुखुरालाईन बस्ने ४५ बर्षिया ज्ञान कुमारी कार्की शुक्रबार धारीलो हतियार प्रहारबाट गाइते भएकी छिन्। उनलाई सोही ठाउँका कृष्ण बहादुर तामाङले सामान्य विवाद हुदा विहान ८ बजे धारीलो हतियार बामफोक प्रहार गरेका थिए। हतियार प्रहारबाट गर्धनमा चोट लागेकी महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने कृष्ण बहादुर इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्

तमोर नदिले बगाएर बालिका बेपत्ता
धनकुटा, भाद्र २३ गते।

धनकुटाको साँगुरिगढी गाउँपालिका-१ स्थित तमोर नदिले बगाएर शुक्रबार एक बालिका बेपत्ता भएकी छिन्। भोजपुर मानेभन्ज्याङ घर भइ हाल धनकुटाको साँगुरिगढी गाउँपालिका-१ बस्ने ज्ञान बहादुर श्रेष्ठको छोरा ९ बर्षिय निसल श्रेष्ठ र उनकै बहिनी ५ बर्षिया स्नेहा श्रेष्ठलाई दिउँसो १२ बजेतिर उक्त नदीले बगाएको थियो। आफन्तले स्कुल पठाएका दुवैजना स्कुल नगई पौडी खेल्ने क्रममा उक्त नदीले बगाएपछी दाजु निसल श्रेष्ठलाई स्थानिय १६ बर्षिया पुजा थापाले उद्दार गरेकी थिईन भने बहिनी स्नेहालाई उक्त खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट नेपाल प्रहरीको टोली र स्थानिय सशस्त्र प्रहरीको टोली खटिगई खोजीकार्य भइरहेको छ। 

घरेलु मदिरा बरामद
मोरङ, भाद्र २३ गते।

घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले विहीबार ६ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजेतिर विराटनगर-१८ स्थित झटियाहीबाट घरेलु मदरा ६५० लिटर तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ६ हजार ३ सय ५० लिटर बरामद गरको हो। बरामद मदिरा स्थानिय मानिसहरुको रोहबारमा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ। 

विभिन्न मुद्धाका फरार ३५ जना पक्राउ
विराटनगर, भाद्र २३ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिदवादीहरु पक्राउ गर्ने अभियान अनतर्गत प्रहरीले विहीबार र शुक्रबार सुनसरी, मोरङ र इलामबाट विभिन्न मुद्धाका फरार ३० जना प्रतिवदी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट सम्मानित जिल्ला अदालत सुनसरीबाट कुटपिट मुद्दका १२ जना, लुटपाटको १ जना, केही सार्वजनिक मुद्दाका १ जना, लागूऔषध मुद्धाको १ जना, जालसाज मुद्धाको ४ जना, लेनदेन मुद्दाको १ जना, अंशको १ जना, गालीबेजतीको १ जना, परिक्षाभंग १ जना, जारी १ जना गरी जम्मा २४ जना फरार प्रतिवादी पक्राउ गरेको हो। पक्राउ परेका सवैलाई सम्मानित जिल्ला अदालत सुनसरीमा विहीबार नै उपस्थित गराएको सुनसरी प्रहरीले जनाएको छ। यता मोरङको वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले केही सार्वजनिक अपराध मुद्दाको २ जना, चोरी मुद्धाको १ जना र मोरङकै इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीको टोलीले शुक्रबार कुटपिट,लुटपाट मुद्धामाको १ जना, दुनियादारी मुद्धाका ३ जना चोरी मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ गरेको छ। पक्राउ परेका सवैलाई सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराएको प्रहरीले जनाएको छ। ईलाम जोगमाई-४ बस्ने वर्ष ६७ को दिल बहादुर, ५५ बर्षिय मान बहादुर राई २९ बर्षिय यता इलामको इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीको टोलीले कर्तब्य ज्यान मुद्धमा सम्मानित जिल्ला अदालत इलामबाट ६ महिना कैद र २० रुपैयाँ जरिवाना तोकीएका राम कुमार राईलाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई सम्मानित जिल्ला अदालत इलाममा उपस्थित गराएको इलाम प्रहरीले जनाएको छ। 

झापामा लागूऔषधसहित युवक पक्राउ
झापा, भाद्र २३ गते।

झापाको मेचीनगर नगरपालिका-६ बसपार्कबाट प्रहरीले विहीबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउदै गरेका मेचीनगर नगरपालिका-१३ बस्ने २२ बर्षिय सुनिल थापा मगर रहेका छन्। उनलाई इलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेपाम २० एम्पुल, लुपिजेशिक-२० एम्पुल र फेनारगन २० एम्पुल बरामद गरेको छ। पक्राउ परेका मगरलाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। यता लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटएको टोलीले २ ग्राम ब्राउन सुँगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मे १ प ५२०२ नम्बरको स्कुटीमा सवार झापा बुद्दशान्ति गाउँपालिका १ बस्ने २७ बर्षिय सुमन अधिकारी र पछाडी सवार सोही ठाउँका २४ बर्षिय किरण पोख्रेल रहेका छन्। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
भोजपुर, भाद्र २३ गते।

भोजपुरको नगरपालिका-९ बरबोटेमा विहिबार खोलामा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा भोजपुर पौवादुम्बा गाउँपालिका-१ श्यामसिला घर भइ हाल भोजपुर नगरपालिका-९ बरबोटे बस्ने धन बहादुर तामाङको १२ बर्षिय छोरा निरज तामाङ रहेका छन्। बालकको दिउँसो २ बजेतिर स्कूलबाट घर फर्कने क्रममा भोजपुर नगरपालिका १० र ११ को सिमानामा रहेको छङछङगे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

घर बनाउने क्रममा लडेर कामदारको मृत्यु
सुनसरी, भाद्र २३ गते।

सुनसरीको ईटहरी-४ जुटबिकाश नजिकै बस्ने सुनिल न्यौपानेको घर बानाउने क्रममा लडेर विहीबार एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी छिटाहा-८ बस्ने २३ बस्ने आरेन चौधरी रहेका छन्। दिउँसो १२ बजे घरको तीन तला माथिबाट अचानक खसेर गम्भिर घाइते भएका चौधरीको न्यूरो अस्पतालम विराटनगरमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानएको छ।

सिटी सफारीको ठक्करबाट बालिका घाइते
मोरङ, भाद्र २३ गते।

मोरङको जहदा-१ स्थित राजबंशी टोलमा विहीबार सिटी सफारीको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा सोही ठाउँका आनन्द राजवंशीको ४ बर्षिया छोरी
आरपिता राजवंशी रहेकी छिन्। उनलाई साँझ ५ बजेतिर को १ ह १४१७ नम्बरको सिटी सफारेल बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। घाइते बालिकाकको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेरको छ भने सिटी चालक इलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा छन्।

४ लाख बढीको भन्सार छलेको सामन बरामद
मोरङ, भाद्र २२ गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार ४ लाख ११ हजार ९ सय मुल्य बराबरको भन्सार छलेको सामन बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले विराटनगार-१६ बाट दिउँसो १ बजेतिर उक्त मुल्य बराबरको सामन बरामद गरेको हो। बरामद सामनहरुमा लत्ताकपडा, खाद्यान्न, मरीच, सुपारी लगायतका सामानहरु रहेका छन्। बरामद सामान आजै विराटनगर भन्सारमा बुझाएको छ।

दुई मोटरसाइकल आपसमा ठोक्किदा २ घाइते
मोरङ, भाद्र २२ गते।

मोरङको सुन्दर-हरैचा नगरपालिका-१२ स्थित भित्री सडक खण्डमा विहीबार दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। विहान ११ बजेतिर को २१ प ३९५३ नम्बरको मोटरसाइकल र को २२ प ३०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको थियो। दुर्घटनामा ३०० नम्बरको मोटरसाइकलमा सवार धनकुटा पार्खिबास-८ मुगा बस्ने ३१ बर्षिय उमेश घिमिरे र सुन्दर-हरैचा नगरपालिका-८ बस्ने २५ बर्षिय गिरीजा ढकाल घाइते भएका छन्। घाइते दुवैको सुकुना सामुदायिक अस्पताल विराटचौकमा उपचार भईरहेको छ भने अर्का मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्। 

एकै दिन फरार ५ जना पक्राउ
सुनसरी, भाद्र २२ गते।

अदालतबाट कैद तथा जरिवाना तोकीएका फरार प्रतिवादी पक्राउ गर्ने सिलशिलामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले बुधबार एकैदिन ५ जना फरार प्रतिवादी पक्राउ गरको छ। पक्राउ पर्नेमा जिल्ला अदालत सुनसरीबाट नकवजनी चोरी मुद्धामा २३ दिन कैद सजाय सुनाएका सुनसरी बराह-६ बस्ने ३५ बर्षिय विश्वनाथ सहनी, लागूऔषध मुद्धमा १ बर्ष ६ महिना कैद सजाय सुनाएकी सुनसरी बराह-७ बस्ने ५५ बर्षिय धनकुमारी राई, कुटपिट मुद्धामा १५ हजार जरिवाना तोकीएका सुनसरी बराह-१० बस्ने ३७ बर्षिय शंकर मगर, सोही मुद्धामा १५ हजार जरिवाना तोकीएका सुनसरी बराह-१० बस्ने ४० बर्षिय हरि मगर र वन मुद्धामा १ वर्ष कैद सजाय तोकीएका बराह-७ बस्ने ७० बर्षिय चन्द्र बहादुर खड्का रहेका छन्। पक्राउ परेका पाँचै जनालाई बुधबार नै सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोछ।

बेलबारीमा मारुती भ्यान र मोटरसाइकल ठोक्किदा १ को मृत्यु, २ गम्भिर
मोरङ, भाद्र २२ गते।

मोरङको बेलबारी नगरपालिकामा-२ आज विहान मारुती भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १२६३ नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ९ प८८१३ नम्बरको मोटरसाइकल विहान २ बजे आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तत्काल नाम थर वतन खुल्न नसकेका अन्दाजी ३० बर्षिय पुरुषको मृत्यु भएको छ भने मारुती भ्यानमा सवार जिल्ला सुनसरी तरहरा कृर्षि अनुसन्धान केन्द्रका प्रमुख जिल्ला महोत्तरी जलेश्वरी बस्ने थर खुल्न नसकेका ५९ बर्षिय सुरेन्द्र प्रसाद र मोटरसाइकल पछाडी सवार जिल्ला मोरङ बेलबारी नगरपालिका-३ बस्ने अन्दाजी २१ बर्षिय रंजित घले गम्भिर घाइते छन्। घाइतेको विपी कोइराला स्वास्थ्य विज्यान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। भ्यानका चालक झापा कन्काई नगरपालिका-४ बस्ने तारा बहादुर कोइराला इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

लागूऔषध सहित मानिस पक्राउ
मोरङ, भाद्र २२ गते।

मोरङको सुनबर्सी नगरपालिका-८ बाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को ३१ प ३२३४ नम्बरको मोटरसाइकलमा सवार पथरी-शनिश्चरे-६ बस्ने २१ बर्षिय मनिष लिम्बु र सोही ठाउँका २२ बर्षिय उत्तम राई रहेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ५ बजेतिर पक्राउ गरेको हो। उनीहरुको साथबाट १ बोतल कोरेक्स र ७५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरेहको छ।

वन मुद्धाका फरार एक पक्राउ
इलाम, भाद्र २२ गते।

अदालतबाट कैद तथा जरिवाना तोकीएका फरार प्रतिवादी पक्राउ गर्ने शिलशिलामा ईलाका प्रहरी कार्यालय पशुपतिनगरले बुधबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट वन मुद्धामा ४२ हजार ४ सय ३२ रुपैयाँ जरिवाना तोकीएका इलाम रोङ गाउँपालिका-४ बस्ने ३७ बर्षिय राम बहादुर तामाङ रहेका छन्। तामाङलाई आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत इलाममा बुझाएको उक्त कार्यालयले जानएको छ।

दुई लाख बढीको भन्सार छलेको समान बरामद
मोरङ, भाद्र २१ गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले बुधबार २ लाख ८० हजार बढीको भन्सार छलेको समान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले विहान ८ बजे गस्ती गर्दे जाने क्रममा विराटनगर-१६ स्थित दरैया बस्तीबाट रेडिमेट कपडाहरु बरामद गरेको हो। भारतीय नम्बर बि आर ३१ ई १८८१ नम्बरको मोटरसाइकलमा लोड गरिएको उक्त सामान, मोटरसाइकल र ५ थान साइकल र तस्करीमा संलग्न दुई जनालाई समेत नियन्त्रणमा लिएको छ।

मोरङमा फरार दुई पक्राउ
मोरङ, भाद्र २० गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले बुधबार थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट केही सार्बजनिक अपराधमा १ हजार ५ सय जरिवान तोकीएका विराटनगर-१५ बस्ने हुसेन मिया र सोही अदालतबाट कुटपिट मुद्धामा २ सय २० रुपैया जरिवाना तोकीएकी मोरङ जदाह गाउँपालिका-१ बस्ने संजिता खातुन रहेकी छिन्। उनीहरुलाई बुधबार विहान घर वतनबाटै पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आजै अदालतमा उपस्थित गराएको उक्त कार्यालयले जानएको छ।

मोटरसाइकल दुर्घटनामा २ घाइते
झापा, भाद्र २१ गते।

झापाको गौरिगंज गाउँपालिका-२ मा बुधबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सोही गाउँपालिक बस्ने १४ बर्षिय संगम राईले चालएको को ४ प ५७३८ नम्बरको मोटरसाइकल विहान ७ बजेतिर अनियन्त्रित घरको पिलरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक संगम राई र पछाडी सवार सोही ठाउँका १४ बर्षिय ससन राई घाइते भएक हुन्। घाइते दुवैको लाईफलाईन अस्पताल दमकमा उपचार भइरेहको प्रहरी चौकी केराबारीले जनाएको छ।

भरुवा बन्दुकसहित मानिस पक्राउ
खोटाङ, भाद्र २१ गते।

खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ बाट प्रहरीले सोमबार भरुवा बन्दुकसहित दुई युवकलाई पक्राउ गरेको छ। २०७४ साल भाद्र १८ गते ऐसेलुखर्क गाउँपालिका-३ बस्ने बस्ने सन्त बहादुर तामाङलाई सुतिरहेको अवस्थामा उनकै भतिजा सुरेश तामाङ र ऐसेलुखर्क- ७ बस्ने दिवस राईले खुर्सानिको धुलो आँखामा हाली कुटपिट समेत गरेर २ लाख नगद लूट्न खोजेको भनी इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी प्राप्त भएको थियो। उक्त स्थानमा प्रहरीको टोली खटिगई दुवैजनालाई नियन्त्रणमा लिने क्रममा सुरेश तामाङको घरमा १९ गते राती खानतलासी गर्दा १ थान भरुवा बन्दुक बरामद भएको हो। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा राखी थप अनुसन्धान भइरेहको छ।

धरानबाट लागूऔषधसहित चार युवक पक्राउ
सुनसरी भाद्र २१ गते।

सुनसरीको धरान-१० बाट प्रहरीले लागूऔषध बिक्री बितरण गर्दै गरेको अवस्थामा मंगलबार चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान १० बस्ने १८ बर्षिय बिकास पोदार सोही ठाउँका २० बर्षिय अभिशेक बर्देवा, उदयपुर बेल्टार-११ बस्ने १६ बर्षिय धन कुमार राई र धरान-७ बस्ने २० बर्षिय मोहमद सुल्तान रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट एभिल-३ एम्पुल, डाईजेपाम-५ एम्पुल, फेनरागन-२ एम्पुल, लुपीजेसिक-५ एम्पुल, नाईट्रोसन ट्याबलेट २० वटा र सुई १५ थान बरामद गरेको छ। पक्राउ परेका चारैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

सुनसरी प्रहरीले एकैदिन २२ जना फरार पक्राउ
सुनसरी भाद्र २१ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयले मंगलबार २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा कुटपिट मुद्धाका-१२ जना, जालसाजी मुद्धाका-१ जना, करकाप-२ जना, लेनदेन-५ जना र केही सार्वजनिक अपराध मुद्धाका २ जना गरी जम्मा २२ जना फरार अभियुक्तहरु पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कार्बाहीको लागी मंगलबार नै सम्मानित जिल्ला अदालत सुनरीमा उपस्थित गराई ६ हजार ९ सय ४१ रुपैयाँ जरिवाना असुल गरीएको प्रहरीले जनाएको छ। यता इलामको इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीको टोलीले सम्मानित जिल्ला अदालत इलामबाट बहुबिवाह मुद्दामा १ महिना २० दिन कैद सजाय तोकीएका ईलाम माईजोगमाई गाउँपालिका- ४ बस्ने वर्ष ५० को गौतम कुमार प्रधानलाई समेत मंगलबार पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानकोलागी जिल्ला प्रहरी कार्यालय इलाममा राखीएको उक्त कार्यालयले जानएको छ।

फरार दुई पक्राउ
मोरङ, भाद्र २० गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट लागूऔषध मुद्धामा १ हजार रुपैया जरिवाना तोकीएका विराटनगर-१५ बस्ने ५७ बर्षिय जिबछ साह र सुडी र कर्ते मुद्धामा ३ हजार रुपैया जरिवाना तोकीएका मोरङ जदाह-१ बस्ने ६६ बर्षिय मुमताज मिया रहेका छन्। उनीहरुलाई मंगलबार दिउँसो घर वतनबाटै पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आजै अदालतमा उपस्थित गराएको उक्त कार्यालयले जानएको छ।

मृत फेला
मोरङ, भाद्र २० गते।

मोरङको मिक्लाजुङ गाउँपालिका-६ बस्ने ४३ बर्षिय तुलसी दर्जी इलामको चुलाचुली गाउँपालिका-६ स्थित नुनसरी खोलामा मृत अवस्थामा भेटिएका छन्। सोमबार घरबाट हिडेका दर्जी घर नफर्किएपछी खोजी गर्ने क्रममा मंगलबार विहान उक्त खोलाले बगाएको अवस्थामा मृत भेटिएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

आगलागीबाट ९ लाख बढीको क्षति
सोलुखुम्बु, भाद्र २० गते।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेल बस्ने प्रेम कुमार राइको घरमा मंगलबार आगलागी भएको छ। विहान २ बजेतिर अचानक सुरु भएको आगोले राइको २ तले घर, अन्नपात, काठ, तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ९ लाख ७५ हजार बराबरको क्षति भएको छ। आगलागी स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी छेस्काले जनाएको छ।

ट्रकको ठक्करबाट सह-चालकको मृत्यु
झापा, भाद्र २० गते।

झापाको दमक नगरपालिका-१ दुरसंचारको कार्यालय नजिकै मंगलबार ट्रकको ठक्करबाट सोही ट्रकका सह-चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा शनिश्चरे बस्ने बर्ष २५ को रुपेश गुरुङ रहेका छन्। गुरुङलाई ना ४ ख १७२९ नम्बरको ट्रक ब्याक गर्ने क्रममा विहान ८;४० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनलाई उपचारकोलागी लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानएको छ। ट्रकका चालक झापा गोलधाप-७ बस्ने ३३ बर्षिय मन कुमार मोक्तान प्रहरीको नियन्त्रणमा छन्। यता मोरङको रतुवामाई नगरपालिका-१० स्थित उर्लाबारी-आमबाडी सडक खण्डमा को १ ख ५०४२ नम्बरको बसको ठक्करबाट पैदलयात्री उर्लाबारी नगरपालिका- ८ मेरी टोल बस्ने १५ बर्षिया प्रभा गिरी घाइते भएकी छिन्। उनको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको छ। बसका चालक रतुवामाइ नगरपालिका-६ बस्ने ३४ बर्षिय भगवानमणी सतार प्रहरी चौकी ईटहराको नियन्त्रणमा छन्।

भन्सार छलेको सामानसहित ट्रक र ट्याक्टर प्रहरीको नियन्त्रणमा
मोरङ, भाद्र २० गते।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार बेलुका भन्सार छलेको सामनसहित ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा विराटनगर १५ स्थित रामजानकी मन्दिर नजिकैबाट भारतबाट नेपालतर्फ आउँदै गरेको को १ ख ४०१० नम्बरको ट्रक र भारतीय नम्बर बि आर ३८ इ ४६४० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। उक्त ट्रक र ट्याक्टरमा लोड भएका समानहरुमा अन्दाजी ६० लाख मुल्य बाराबरको कस्मेटिक सामान, सिलाईका सामानरु र जुत्ता सामान रहेका छन्। भने ट्रकका चालक मोरङ ग्रामथान गाउँपालिका-७ बस्ने ३० बर्षिय शशी चौधरी र ट्याक्टरका चालक भारत जोगवनी ग्रामपंचायत-१० बस्ने २४ बर्षिय सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामन क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ।

दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ घाइते
मोरङ, भाद्र २० गते।

मोरङको बेलबारी नगरपालिका-८ चिसाङखोला नजिकै सोमबार दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। पश्चिमबाटपूर्वतर्फ जांदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को २५ प ५३५४ नम्बरको बेलुका ७ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा २५५९ नम्बरको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-२ बस्ने ३० बर्षिय अम्बिका कोइराला,उनकै श्रीमती २८ बर्षिया सम्झना कोइराला छोरा २ बर्षिय असन कोइराला र ५३५४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा राजारानी-६ बस्ने ४४ बर्षिय रुद्र लिम्बु घाइते भएका छन्। घाइते चारै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। यता मोरङकै कटहरी गाउँपालिका-४ स्थित विराटनगर-रंगेली सडक खण्डमा को २१ प ९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक मोरङ जहदा गाउँपालिका-४ बस्ने १९ बर्षिय मुन्ना मण्डल, पछाडी सवार सोही ठाउँका १८ बर्षिय अनिल मुखिया र सोही मोटरसाइकले ठक्कर लागी पदैलयात्री रंगेली नगरपालिका ७ बस्ने बर्ष २० को निरज मण्डल समेत घाइते भएका छन्। घाइते तीनै जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

कोशी नदिमा नुहाउने क्रममा एक बेपत्ता
सुनसरी, भाद्र २० गते।

सुनसरी बराह नगरपालिका-१ स्थित कोशी नदिमा नुहाउने क्रममा सोमबार एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा धरान-१७ रेल्वे बस्ने अन्दाजी ४० बर्षिय राम बाबु साह रहेका छन्। मलामी गएका साह बेलुका ५ बजेतिर नुहाउने क्रममा उक्त नदिमा बेपत्ता भएक हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

करेन्ट लागेर महिलाको मृत्यु
भोजपुर, भाद्र २० गते।

भोजपुरको जिल्लाको भोजपुर नगरपालिका-५ बस्ने अन्दाजी ५६ बर्षिया दिल कुमारी तामाङको सोमबार करेन्ट लागेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर राइस कुकर चलाउने क्रममा तार सर्ट भइ तामाङलाई अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको छ। यता भोजपुरकै हतुवागढी गाउँपालिका-६ होम्ताङ बस्ने १५ बर्षिय विबराज राई समेत करेन्ट लागेर घाइते भएका छन्। स्कुलबाटघर फर्कने क्रममा अपरान्ह ३ बजेतिर बिजुलीको तार छुँदा उनलाई अचानक करेन्ट लागेको थियो। उनको प्राथमिक स्वास्थ केन्द्र घोरेटारमा उपचार भइरेहको छ।

ठूलो परिमाणको भन्सार छलेको समान बरामद
मोरङ, भाद्र १९ गते।

सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत मोरङ प्रहरीले आइतबार र सोमबार १८ लाख बढीको भन्सार छलेको सामन बरामद गरेको छ। इलाका प्ररही रंगेलीबाट खटिएको प्रहरीको टोलीले आइतबार विहान ८ बजेतिर सुनबर्षी नगरपालिका-२ स्‍थित अमरदह-पथरी सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मे १ त ४३०५ नम्बरको पिकअपबाट अन्दाजी १७ लाख बढीको रेडिमेट कपडा बरामद गरेको छ। भारतबाट भन्सार छलेको बस्नेत सप्लायर्स विराटनगरको नाममा नक्कली बिल बनाई लैजादै गरेको उक्त कपडाहरुमा विभिन्न ब्राण्डका थानका कपडा, सर्टिङ सुर्टिङका कपडा र थानका कपडा रहेका छन्। बरामद कपडा आवश्यक कारवाहीको लागी राजश्‍व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाएको छ भने कपडा सहित उक्त करोबारमा संलग्न २ जना मानिसहरुलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरेहको छ। यता इलाका प्रहरी कार्यालय रानीले सोमबार १ लाख १८ हजार ५ सय ९० मुल्य बराबरको सामान बरामद गरी भन्सार बुझाएको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले साँझ ५ बजेतिर गस्ती गर्दै जाने क्रममा उक्त सामन बरामद गरेको हो। बरामद सामानहरुमा लताकपडा तथा खाध्यन्को सामान रहेका छन्। बरामद सामान आजै विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ।

फरार एक पक्राउ
मोरङ, भाद्र १९ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले सोमबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङबाट कुटपीट र अंगभंग मुद्दामा ४ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकीएका मोरङ विराटनगर-१४ बस्ने ४४ बर्षिय सचानन्द यादव रहेका छन्। यादवलाई गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले आज विहान पक्राउ गरेको हो। पक्राउ परेका यादवलाई आजै अदालतको आदेश बमोजीम मोरङ कारागार चलान गरीएको छ। 

१ नम्बर प्रदेश प्रहरी प्रमुख पशुपति उपाध्यायको पत्रकार भेटघाट कार्यक्रम
विराटनगर, भाद्र १९ गते।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ। प्रहरी तालिम केन्द्र विराटनगर रानीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रअमनि उपाध्यायले पत्रकारहरुसंग भेटघाट तथा परिचयात्मक अन्तरकृया गर्नु भएको हो। अन्तरकृया कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाहरुलाई सम्बोधन गर्नु हुदै प्रअमनि पशुपति उपाध्यायले १ नम्बर प्रदेश बसाईलाई सम्झन लायक बनाउने प्रतिबदता ब्यक्त गर्दै जनमैत्री काम गर्ने र समाजको सेवामा प्रहरी सदैव परिचालन हुने बताउनु भएको छ। कार्यक्रममा बोल्नु हुँदै वहाँले प्रहरी संगठनले प्राथमिकतामा राखेका बिषयलाई  आत्मसाथ गर्दै सुचना संकलन र बिश्लेषणका आधारमा अपराधिक घटना न्यूनिकरण तथा नियन्त्रण, ट्राफिक व्यस्थापन र २ नम्बर प्रदेशमा हुन लागेको स्थानिय चुनाव पहिलो चुनौतिको रुपमा रहेको बताउनु भयो। साथै उँहाले आगामी दिनमा पनि पत्रकारहरुसंगको भेटघाट र अन्तरकृया कार्यक्रमलाई निरन्तरता दिने बताउदै कार्यक्रममा उपस्थित सम्पुर्ण पत्रकारहरुलाई धन्यबाद दिनु भएको छ।

पौडी खेल्न गएका युवकको डुबेर मृत्यु
सुनसरी, भाद्र १९ गते।

सुनसरीको ईटहरी-२० बस्ने १८ बर्षिय रबि राइको आइतबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर साथीहरुसंग रामधुनी नगरपालिका-७ चौसठ्ठी बिगाहा स्थित पोखरीमा पौडी खेल्न गएका राइ अचानक डुबेर वेहोस भएका थिए। उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

धारीलो हतियार प्रहारबाट एक घाइते
ताप्लेजुङ, भाद्र १९ गते।

ताप्लेजुङको फुङलिङ नगरपालिका-४ मा आइतबार धारीलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा मिक्वाखोला गाउपालिका-४ घर भई हाल फुङलिङ नगरपालिका-४ बस्ने १७ बर्षिय भैया लिम्बु रहेका छन्। लिम्बुलाई सोही ठाउँका १७ बर्षिय सुरेन लिम्बु लगायत ३/४ जनाको समुहले दिउँसो १ बजेतिर धारीलो हतियार (वाम्फोक) प्रहार गरेका थिए। हतियार प्रहारबाट टाउकोमा चोट लागेका भैयाको उपारकोलागी विर्तामोडतर्फ ल्याइएको छ भने हतियार प्रहार गर्ने सुरेन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको नियन्त्रणमा छन्।

पानी जमेको कल्भटमा डुबेर बालकको मृत्यु
मोरङ, भाद्र १८ गते।

मोरङको रतुवामाई नगरपालिका-७ सुकुम्बासी टोल बस्ने हिरा ऋषिदेवको ५ बर्षिय छोरा रोहन ऋषिदेवको आइतबार कल्भटमा डुबेर ज्यान गएको छ। घर नजिकैको पानी जमेको कल्भटमा पौडी खेल्ने क्रममा अचानक डुबेर गम्भिर घाइते भएका बालकको उपचारको लागि स्वस्थ्य चौकी ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कर्यालय सिजुवाले जनाएको छ।

लागूऔषधसहित ५ युवक पक्राउ
मोरङ, भाद्र १८ गते।

मोरङको विराटनगर-२ र ९ बाट आइतबार प्रहरीले आइतबार लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ। सुनसरी धरान-१५ बस्ने २२ बर्षिय भरत बहादुर बराईलीको साथबाट लुपिजेसिक, डाईजेल्याब र एभिलको ६\६ सेट गरेर १८ एम्पुल, धरान-११ बस्ने १४ बर्षिय दिपु साहको साथबाट लुपिजेसिक, डाईजेल्याब, एभिल १९ सेट गरी जम्मा ५७ एम्पुल र स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र उनीसंगै रहेका १८ बर्षिय सन्देश तामाङ, १७ बर्षिय सुजन बिश्वकर्मा र १८ बर्षिय मन्दिप राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरेहको छ।

करेन्ट लागेर बालिकाको मृत्यु
उदयपुर, भाद्र १८ गते।

उदयपुरको कटारी नगरपालिका-४ जहडीमा आइताबर करेन्ट लागेर एक बालिकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा सोही ठाउँका निर्प थापा मगरको छोरी १३ बर्षिया मेनुका थापा मगर रहेकी छिन्। बालिकालाई अपरान्ह ३ बजेतिर सोही नगरपालिका-५ स्थित भोर्लेमा बस्तु बाख्र चराउन गएको अवस्थामा भुईमा झरेको बिजुलिको तारबाट अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते बालिकाको कटारी अस्पतालमा उपचारको क्रममा ३;२० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय कटारीले जानएको छ।

सवारी दुर्घटनमा महिलाको मृत्यु
सुनसरी, भाद्र १८ गते।

सुनसरीको धरान-७ स्थित कोशी राजमार्गमा आइतबार भएको सवारी दुर्घटनमा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सुनसरी धरान-११ बस्ने पूर्णिमा लिम्बु रहेकी छिन। को २२ प २४७४ नम्बरको स्कुटर पछाडी सवार उनलाई स्कुटर अनियन्त्रित भइ दुर्घटना भइ लडेको अवस्थामा दिउँसो ३;१५ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ३१४९ नम्बरको ट्रककले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक उनकै श्रीमान ३५ बर्षिय निरुपन लिम्बु घाइते छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ। ट्रकका चालक वडा प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्।

सुनसरीको भोक्राहामा बस दुर्घटना, ३२ घाइते
सुनसरी, भाद्र १८ गते।

सुनसरीको भोक्राहामा आइतबार भएको यात्रुवहाक बस दुर्घटनामा ३२ जना यात्रु घाइते भएका छन्। दिउँसो १२;३० बजे सप्तरीबाट बिराटनगरतर्फ आउदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबहाक बस साईकलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार ३२ जना यात्रु घाइते भएका हुन्। घाइतेको न्युरो अस्पताल विराटनगर, जिल्ला अस्पताल ईनरुवा र स्थानिय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

ट्रकको ठक्करबाट साइकलयात्री घाइते
मोरङ, भाद्र १८ गते।

मोरङको बेलबारी नगरपालिका-३ पुरानो बेलबारीमा आइतबार मिनि ट्रकको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्। घाइते हुनेमा जिल्ला खोटाङ च्यानडाडा गाउँपालिका घर भई हाल जिल्ला मोरङ बेलबारी नगरपालिका-४ बस्ने अन्दाजी २३ बर्षिय सुवास राई रहेका छन्। राइलाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ख २२८८नम्बरको मिनि ट्रकले दिउँसो २ बजेतिर टक्कर दिएको थियो। ठक्करबाट घाइते राइको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

इलाममा खोलाले बगाएर एकको मृत्यु
इलाम, भाद्र १८ गते।

इलामको चुलाचुली गाउँपालिका-१ बस्ने ५८ बर्षिय फर्से बहादुर राइको शनिबार खोलाले बगाएर मृत्यु भएको छ। बेलुका ९ बजेतिर सोही ठाउँको कुमाले खोला तर्ने क्रममा उनी खोलाले बगाएर बेपत्ता भएका थिए। घटना सम्बन्धि जानकारी आइताबर विहान प्रहरी चौकी पेल्टिमारिमा प्राप्त भएपछी खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

स्कारपियो दुर्घटनामा २ को मृत्यु, १ घाइते
मोरङ, भाद्र १८ गते।

मोरङको सुन्दर-हरैचा नगरपालिका-७ गोठगाउमा आइतबार विहान स्करपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। धनकुटाबाट झापातर्फ जादै गरेको बा १६ च ४७५७ नम्बरको स्कारपियो विहान ५ बजेतिर अनियन्त्रित मसलाको रुखमा ठोक्किएको थियो। दुर्घटनामा पथरी-२ बस्ने बर्ष ३२ को राम बहादुर राई र झापा केरखा-२ बस्ने १९ बर्षिया बिमला राईको घटनास्थलमै मृत्यु भएको छ। झापा पृथ्विनगर-५ बस्ने १९ बर्षिया बिनु राई गम्भिर घाइते छिन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने स्कारपियोका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

भाइको खुकुरी प्रहारबाट दाजु घाइते
पाँचथर, भाद्र १८ गते।

पाँचथरको फिदिम नगरपालिका-१ नाम्दुमा शनिबार भाइको खुकुरी प्रहारबाट दाजु घाइते भएका छन्। साँझ ५ बजेतिर घरायसी विवाद हुदा सोही ठाउँका ५६ बर्षिय बल बहादुर विश्वकर्मालाई उनकै भाइ ४० बर्षिय श्याम बहादुर विश्वकर्माले खुकुरीले प्रहार गरेका स्थानियले बताए। खुकुरी प्रहारबाट टाउँमा गहिरो चोट लागेका विश्वकर्माको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने भाइ जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा छन्।

झापामा कमल खोलाले बगाएर एक वेपत्ता
झापा, भाद्र १८ गते।

झापाको शिवसताक्षी-३ बस्ने ७१ बर्षिय हस्त बहादुर लिम्बु शनिबार सोही ठाउँको कमल खोलाले बगाएर बेपत्ता भएका छन्। साँझ ५ बजेतिर खोला तर्ने क्रममा उक्त खोलाले बगाई लिम्बु बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानएको छ।

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु
सुनसरी, भाद्र १८ गते।

सुनसरीको धरान-१ छाता चोक नजिकै शनिबार एम्बुलेन्सको ठक्करबाट नाम थर खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ। कोसी राजमार्गमा धरान घोपातर्फ आउँदै गरेको को १ च ७६४५ नम्बरको एम्बुलेन्सले बेलुका १० बजेतिर अन्दाजी ३५ बर्षिया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने एम्बुलेन्स र चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन्।

घरेलु मदिरा बरामद
मोरङ, भाद्र १७ गते।

 घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीको टोलीले शनिबार अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। उक्त कर्यालयबाट खटिएको प्रहरीको टोलीले विराटनगर-२२ स्थित डग्राहा टोलबाट तयारी अबस्थाको रक्सी ४५० लिटर, रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ (जाँड) ५२३० लिटर, र रक्सी बनाउने भाडाबर्तन १०० थान बरामद गरेको हो। बरामद मदिरा तथा कच्चा पदार्थ स्थानिय मानिसहरुको रोहबरमा आजै नष्ट गरीएको इलाका प्रहरी कर्यालय रानीले जनाएको छ।

सुनसरीबाट थप ७ जना फरार अभियुक्त पक्राउ
सुनसरी, भाद्र १७ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका थप ७ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले कुटपिट मुद्धाका ५ जना, जजक मुद्धाका १ जना र बालविबाह मुद्धाका १ जना गरी जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सुनसरीमा उपस्थित गाराईएको छ।

झापामा करेन्ट लागेर एकको मृत्यु
झापा, भाद्र १७ गते।

झापाको बिर्तामोड नगरपालिका-६ पुरानो भद्रपुर रोड बस्ने ४२ श्याम चौधरीको शनिबार करेन्ट लागेर ज्यान गएको छ। सोही ठाउँका कमल राईको इन्भटर जोड्ने दिउँसो २;३५ बजेतिर राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको वि एन सी अस्पताल विर्तामोडमा उपचारको क्रममा अपरान्ह ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ घटनाबारे थप अनुसन्धान भइरहेको छ।

खोटाङमा आगलागीबाट एक घरमा क्षति
खोटाङ, भाद्र १७ गते।

खोटाङको लामिडाडाँ गाउँपालिका-५ बस्ने मोहन कुमार सार्कीको घरमा शनिबार आगलागी भएको छ। अपरान्ह ३ बजेतिर अचानक सुरु भएको आगोले सार्कीको ढुङ्गा माटोले बनेको २ तले घर, घर भित्र भएको नगद १० हजार तथा सम्पुर्ण समानसमेत जल्दा अन्दाजी ४ लाख बराबरको क्षति बएको पिडितले बताए। आगलागी नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा २ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी डुम्रेधारापानीले जनाएको छ।

लागूऔषधसहित युवक पक्राउ
इलाम, भाद्र १७ गते।

इलामको रोङ गाउँपालिका-४ बाट प्रहरीले शनिबार दिउँसो लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को २६ प ९२७५ नम्बरको मोटरसाइकलमा सवार जिल्ला ताप्लेजुङ मिरिङदेन घर भएका २८ बर्षिय बिजय लिम्बु रहेका छन्। प्रहरीले लिम्बुको साथबाट फेनारगन एम्पुल-१२ पिस र निडल सुई ५ पिस बरामद गरेको छ। उनलाई प्रहरी चौकी किटेनीमा राकी थप अनुसन्धान भइरहेको छ।

झापामा लागूऔषधसहित मानिस पक्राउ
झापा, भाद्र १७ गते।

झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुल नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसजहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने ३० बर्षिय पदम भण्डारी रहेका छन्। पदमलाई विहान ८ बजेतिर लागूऔषध नियन्त्रण व्युरो काँकडभिटट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले भण्डारीको साथबाट खुट्टामा बांधेर ल्याउदै गरेको अवस्थामा डाईजेपाम १४ एम्पुल ,फेनारगन १४ एम्पुल र लुपिजेसिक १४ गरी जम्मा ४२ एम्पुल बरामद गरेको छ। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ। यता सुनसरीको भोक्राहाबाट प्रहरीले भन्सार छलेको १३ बोरा र इनरुवा नगरपालिका-४ बस पार्कबाट ९ पोका रेडिमेट कपडा बरामद गरेको छ। बरामद कपडा भन्सार कार्यालय खुलेपछी भन्सार बुझाइने सुनसरी प्रहरीले जनाएको छ।

बसको ठक्करबाट प्रहरी हवल्दार घाइते
मोरङ, भाद्र १७ गते।

मोरङको बुढीगंगा गाउँपालिका-१ गंगाचोकमा शनिबार बसको ठक्करबाट एक प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भइ सि आर भी बाँसबारीमा कार्यरत प्रहरी हवल्दार ओम प्रकाश साहु रहेका छन्। उनलाई काँकरभिट्टाबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ८८७ नम्बरको बसले चेकजाँच गर्न रोक्ने क्रममा विहान ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते साहुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बस र चालक सि आर भी बाँसबारीको नियन्त्रणमा छन्।

सुनसरीबाट १० जना फरार अभियुक्त पक्राउ
सुनसरी, भाद्र १७ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले लेनदेन मुद्धाका ८ जना र चोरी मुद्धाका २ जना गरी १० जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला अदालत सुनसरीमा उपस्थित गाराईएको छ।

करेन्ट लागेर एकको मृत्यु
मोरङ, भाद्र १७ गते।

मोरङको मिक्लाजुङ् गाउँपालिका-५ सोल्टी खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा शुक्रबार एक जनाको ज्यान गएको छ। ज्यान गुमाउँनेमा मोरङ लेटाङ-९ बस्ने बर्ष ३२ को कैलाश मगर रहेका छन्। अपरान्ह ४ बजेतिर माछा मार्ने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। घटनाबारे थप अनुसन्धना भइरहेको छ।

लागूऔषधसहित मानिस पक्राउ
झापा, भाद्र १७ गते।

झापाको मेचिनगर नगरपालिका-६ बाट प्रहरीले शुक्रबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला रामेछाप गौसाला घर भइ हाल मोरङ लेटाङ नगरपालिका-९ बस्ने २३ बर्षिय विवेक मगर रहेका छन्। मगरलाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेपाम-१९ एम्पुल लुपिजेशिक-१९ एम्पुल र फेनारगन-१९ एम्पुल लागूऔषध बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ। त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले भन्सार छलेको १८ हजार बराबरको समान बरामद गरेको छ। बरामद सामानहरुमा रेडिमेट कपडा, नुन, सुख्खा सुपाडी रहेका छन्। बरामद सामन सोमबार भन्सार कार्यालय बुझाइने प्रहरीले जानएको छ।

स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
सुनसरी, भाद्र १७ गते।

सुनसरीको धरान उप-महानगरपालिका-८ साम्पाङ चौकमा शुक्रबार स्कारपियोको ठक्करबाट महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिल्ला ताप्लेजुङ ढुङ्गेसाँगु गाउँपालिका-१ बस्ने ६५ बर्षिय चन्द्रमायाँ लिम्बु रहेकी छिन्। उनलाई धरानबाट इटहरीतर्फ आउँदै गरेको बा १५ च १७५४ नम्बरको स्कारपियो गाडीले साँझ ५ बजेतिर ठक्कर दिएको थयो। ठक्करबाट गम्भिर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानएको छ।

ओखलढुङ्गाको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु १३ घाइते
विराटनगर, भाद्र १७ गते।

ओखलढुङ्गाको दुई स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन्। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-३ चण्डेश्वरीमा काठमाण्डौबाट खिजिफलाटे आउदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो अपरान्ह ३ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा सोलुखुमम्बुको बाकु-९ बस्ने ३७ बर्षिय लाक्पा डेन्डि शेर्पाको मृत्यु भएको छ भने सोही ठाउँका ४८ बर्षिय किपा शेर्पा, ४६ बर्षिय डाली शेर्पा, ६० बर्षिय लामाङ डेन्डी शेर्पा, ३४ बर्षिय आङ डेन्डी शेर्पा, ३९ बर्षिय दोर्जी शेर्पा, ३५ बर्षिय पशी शेर्पा, २६ बर्षिय आङ गम्बु शेर्पा र १९ बर्षिय थोक्पा शेर्पा घाइते भएका छन्। घाइते सबैलाई उपचारकोलागी रामेछापमा उपचार भइरेहको छ भने सुमोका चालक इलाका प्रहरी कार्यालय खिजिफलाटेको नियन्त्रणमा छन्। यता ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका-२ मा नवलपुरघाटबाट पलापुतर्फ आउदै गरेको वा ४ ख ८०९८ नंम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा तत्काल नाम थर खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ भने ओखलढुंगा चम्पादेवी-१ का ३० बर्षिय युवराज बराल सोही गाउँपालिका का १८ बर्षिय अर्जुन रोका, जिल्ला काभ्रे भकुन्डेवेसि का २४ बर्षिय हिरा तामाङ र सोही ठाउँका २४ बर्षिय सुजन सापकोटा घाइते भएका छन्। घाइते सबैलाई उपचारकोलागी वि एन वी अस्पताल काठ्मान्डौ लगिएको छ। ट्रकका चालक जिल्ला सिन्धुली फिकल गाउँपालिका-२ का ३७ बर्षिय यम कुमार मगर प्रहरी चौकी पलापुको नियन्त्रणमा छन्।

तस्करी गरी ल्याएको ठुलो परिमाणको सामान भन्सार बुझाईयो
मोरङ, भाद्र १६ गते।

इलाका प्रहरी कार्यालय रानीले “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान” अन्तर्रगत आज ठुलो परिमाणको सामान बरामद गरी भन्सार बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतीय बजारबाट तस्करी गरी नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न, जस्ता पाता, फलामको पाईप र सुर्ती लगायतका अन्दाजी १ लाख ८ हजार मुल्य बराबरको सामान बरामद गरेको थियो। बरामद गरिएको उक्त परिमाणको सामान आवश्यक अनुसन्धान पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक संतोष निरौलाले बताउनु भयो।

नकबजनी चोरी मुद्धाका फरार २ अभियुक्त कारागार चलान
मोरङ, भाद्र १६ गते।

सम्मानित जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना सजाय भई फरार भएका २ जना अभियुक्तलाई आज कारागार चलान गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले चोरी मुद्धामा फरार रहेका बिराटनगर महानगरपालिका १४ बस्ने बर्ष २४ को सुनिल कुमार महत्तो र बर्ष २३ को मुकेश कुमार महत्तोलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरु उपर सम्मानित जिल्ला अदालत मोरङले नकवजनी चोरी मुद्धामा जनही २५ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। पक्राउ परेका दुबैजनालाई सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा उक्त सजाय भुक्तान गर्नकलागी आजै जिल्ला कारागार मोरङ चलान गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक संतोष निरौलाले बताउनु भयो।

मदर टेरेसा मेमोरियल स्कुलमा प्रहरीको सचेतना
मोरङ, भाद्र १६ गते।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार विराटनगर-९ स्थित मदर टेरेसा इङ्लिस बोर्डिङ स्कुलमा सचेतना कार्यक्रम संपन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजना गरिएको कार्यक्रममा उक्त विधालयका १ सय बिद्यार्थीहरूलाई लागूऔषध सम्बन्धी सचेतना दिएको हो। कार्याक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरीक्षक सुमन महतले लागू औषधको परिचय, परिभाषा, लागूऔषध दुर्ब्यसनी, कानूनी ब्यवस्था, लागू औषध प्रयोगबाट हुने असरहरू तथा मोरङ जिल्लामा लागू औषधको वर्तमान अवस्था र नियन्त्रणका लागि प्रहरीले गरेका प्रयास, बाल बिवाह, ट्राफिक नियम तथा ब्यवस्थापन, साईबर क्राईम बरेमा जानकारी दिनु भएको थियो।

सवारी दुर्गटनामा ६ घाइते
विराटनगर, भाद्र १६ गते।

पूर्वको सुनसरी र सिरहामा विहीबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। सुनसरीः सुनसरीको दुहवी-३ फुटानी चौकमा ईटहरीबाट दुहवीतर्फ आउदै गरेको को ७ प ९०३३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको को ४ प ९१०१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा ९०३३ मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका-१ मधेली ३५ बर्षिय आश नारायण चौधरी, सोही ठाउँका २२ बर्षिय धिरज चौधरी र ९१०१ नम्बरको मोटरसाइकल चालक मोरङ कटहरी-१ बस्ने रोहित महल्दार घाइते भएका छन्। घाइतेको नोबेल अस्पताल विराटनगर र स्थानिय अस्पतालमा उपचार भइरहेको छ। सिरहाः सिरहाको लहान नगरपालिका-१२ भोटिया चौकमा स ७ प ३२९७ नम्बरको मोटरसाइकल र स ५ प ६९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन्। दुर्घटनामा ३२९७ नम्बरको मोटरसाइकल चालक सिराह बन्दिपुर-३ बस्ने २१ बर्षिय दिपक कुमार साह र पछाडी सवार सोही ठाउँका २५ बर्षिय युवराज राईन र ६९६ नम्बरका मोटरसाइकल चालक मझौरा २ बस्ने १८ बर्षिय संजिव चौधरी घाइते भएका हुन्। घाइते मध्ये युवराजलाई न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ।

भरुवा बन्दुकसहित एक पक्राउ
मोरङ, भाद्र १६ गते।

मोरङको लेटाङ नगरपालिका-८ स्थित मङ्गलबारे बजार बस्ने ४९ बर्षिय मंगल प्रसाद साव्देन लिम्बुलाई शुक्रबार १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ। अस्थायि प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार विहान ३ बजेतिर पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखी थप अनुसन्धान भइरहेको छ।

लागूऔषधसहित युवक पक्राउ
मोरङ, भाद्र १६ गते।

मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकेबाट प्रहरीले विहीबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उप-महानगरपालिका-५ बस्ने २० बर्षिय रोशन खतिवडा रहेका छन्। उनलाई इलाका प्रहरी कर्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो। प्रहरीले खतिवडाको साथबाट शरिरको विभिन्न भागमा लुकाइ ल्याएको डाईजेल्याप-९ एम्पुल, लुपिजेसिक–८ एम्पुल र एभिल – ५ एम्पुल बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जानएको छ।

पोखरीमा डुबेर बालकको मृत्यु
सिरहा, भाद्र १६ गते।

सिरहा जिल्लाको सिरहा नगरपालिका-२० मा विहीबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका बिनोद ठाकुरको ६ बर्षिय छोरा शिवम् ठाकुर रहेका छन्। घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा साँझ ५ बजेतिर डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारकोलागी जिल्ला अस्पताल सिरहा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी लकडीगढीयानिले जनाएको छ।

करेण्ट लागेर भारतीय नागरिकको मृत्यु
झापा, भाद्र १५ गते।

झापाको मेचीनगर नगरपालिका १० स्थित ओम शिब सेलर राईस मिलमा करेण्ट लागेर आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारत किसनगंज भई हाल सोही मिलमा काम गर्दै आई रहेका ४० बर्षिय सोम हस्ताको मिलको मोटर बनाउने क्रममा अचानक करेण्ट लागेको थियो। करेण्ट लागेर घाईते हस्तालाई उपचारकालागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ। घट्नास्थलमा धुलाबारीबाट प्रहरीको टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ।

तेह्रथुममा बस पल्टियो एक बृद्धा गम्भिर
तेह्रथुम, भाद्र १५ गते।

तेह्रथुमको लालिगुराँस नगरपालिका ९ स्थित काँडे भन्ने स्थानमा आज दिउँसो बस पल्टिदा एक जना बृद्धा गम्भिर घाईते भएकी छन्। म्याङलुङ बसन्तपुर सडक खण्ड अन्तर्गत म्याङलुङबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ७६९० नम्बरको मितेरी यातायात बस ब्रेकफेल भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी बसमा सवार म्याङलुङ नगरपालिका ३ बस्ने ६० बर्षिया फुलमाया तामाङ गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। घाईते तामाङलाई उपचारकालागी बसन्तपुर पठाईएको छ भने बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

रानी प्रहरीद्धारा ठुलो परिमाणको अवैध घरेलु मदिरा नष्ट
मोरङ, भाद्र १५ गते।

इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो। त्यस्तै ५ सय लिटर तयारी मदिरा समेत बरामद गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

भन्सार छलेको १ लाख मुल्य बराबरको समान बरामद
मोरङ, भाद्र १५ गते।

सिमार्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार १ लाख मुल्य बराबरको समान बरामद गरी भन्सार बुझाएको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर चेकजाँच गर्ने क्रममा भारतीय बजार जोगबनीबाट भन्सार छलेर ल्याउदै गरेको अन्दाजी १ लाख बराबरको सामन बरामद गरेको हो। बरामद सामानहरुमा लत्ताकपडा, तरकारी, खाद्यान्न, जुत्ता बनाउन प्रयोग गरीने छाला लगायतका सामानहरु रहेका छन्। बरामद सामना आजै विराटनगर भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जानएको छ।

टाटा सुमो दुर्घटनामा एकको मृत्यु ३ घाइते
सिरहा, भाद्र १५ गते।

सिरहाको धनगढीमाई नगरपालिका-१० स्थित पूर्ब पश्चिम लोकमार्गमा विहीबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नम्बरको टाटा सुमो आँफै अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किएको थियो। दुर्घटनामा परी सुमोमा सवार चालक उदयपुर कटारी नगरपालिका बस्ने बिजय कुमार श्रेष्ठ, औचु लामा, अर्जुन तामाङ, राजेश श्रेष्ठ घाईते भएका हुन्। घाईते मध्ये औचु लामाको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। अन्य घाईतेहरुको बिराटनगर र स्थानीय अस्पतालमा उपचार भईरहेको छ। त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका १ आरती स्टील अगाडी कोशी राजमार्गमा ना ७ ख २२२३ नम्बरको ट्रकको ठक्करबाट सोही ट्रकमा लेवर काम गर्ने बिराटनगर महानगरपालिका ४ खार्जि कोहबरा घर भएका ४० बर्षिय सवारी ऋषीदेवको मृत्यु भएको छ। ठक्करबाट घाईते ऋषीदेवको नोबेल अस्पताल बिराटनगरमा उचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ भने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

५ किलो गाँजा सहित १ पक्राउ
मोरङ, भाद्र १५ गते।

मोरङको जहदा गाउँपालिका ३ जयरामपुरमा बिहीबार प्रहरीले ५ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जहदा गाउँपालिका ५ बस्ने ५६ बर्षिय रामअवतार कामत रहेको प्रहरी चौकी मझारेले जनाएको छ। प्रहरी चौकी मझारेबाट सवारी चेकजाँचमा खटिएको टोलीले मोटरसाईकलमा सवार रहेका २ जनालाई चेक जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलाबाट ५ किलो गाँजा बरामद भएको हो। गाँजासहित पक्राउ परेका कामतलाई नियन्त्रनमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

१ सय ८० लिटर घरेलु मदिरासहित मानिस पक्राउ
मोरङ, भाद्र १५ गते।

इलाका प्रहरी कार्यालय रानीले “अबैध घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत बुधबार अबैध घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १६ दरैया बस्ती एरियामा रहेको होटल तथा पसलहरु चेकजाँच गर्ने क्रममा सोही ठाउँका २८ बर्षिय अजय कुमार साहको भट्टीबाट १ सय ८० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको हो। मदिरा सहित पक्राउ परेका साहलाई आवश्यक कार्बाहीकालागी आज आन्तरिक राजश्व कार्यालय बिराटनगर बुझाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

१ नम्बर प्रदेशमा प्रहरी प्रमुख प्रअमनि पशुपति उपाध्यायको स्वागत
बिराटनगर, भाद्र १५ गते।

प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपती उपाध्यायको बिहीबार प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर १ बिराटनगरमा स्वागत गरिएको छ।
प्रअमनि उपाध्यायलाई आज अंचल प्रहरी कार्यालय मेची, कोशी र प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक त्यस्तै प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर १ बिराटनगरका प्रहरी उपरिक्षक, ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरीका प्रमुख, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबीका प्रमुख लगायत प्रहरी अधिकृत तथा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका हुन्। नेपाल सरकार गृह-मन्त्रालयको मिति २०७४ साउन ३२ गतेको निर्णयले प्रहरी प्रधान कार्यालय कार्य बिभागबाट सरुवा भई १ नम्बर प्रदेशको कार्यालय बिराटनगरमा प्रहरी प्रमुखको रुपमा पदभार ग्रहण गर्नु भएको हो।पदभार ग्रहण पछी वहाँले बद्लिदो परिस्थितीलाई आत्मासाथ गर्दै हिम्मत र साहसका साथ प्रहरी सेवामा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ। यस अघी क्षेत्रीय प्रहरी प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक रमेश कुमार भट्टराईले कार्यभार सम्हाल्दै आउनु भएको थियो। 

सवारी दुर्गटनामा ३ घाइते
विराटनगर, भाद्र १५ गते।

पूर्वको विभिन्न जिल्लाहरुमा बुधबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। झापाः झापाको दमक नगरपालिका-४ कृष्ण मन्दिर नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ६ प ६६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका अनन्दाजी ४५ बर्षिय होम नाथ कोइराला घाइते भएका छन्। घाइते कोइरालाको लाईफलाईन अस्पताल दमकमा उपचार भइरेहको छ भने मोटरसाइजकल र चालक इलाका प्रहरी कार्यालय दमकको नियनन्त्रणमा छन्। सुनसरीः सुनसरीको ईटहरी-१७ बालग्राम चौकमा को १ च ६१६३ नम्बरको सुमोले को १ ह २९३९ नम्बरको सिटीसफारीलाई ठक्कर दिँदा सिटीमा सवार जिल्ला धादीङ बैरेनी घर हाल ईटहरी-१६ बस्ने २० बर्षिया सरस्वती भुजेल घाइते भएकी छिन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने सुमोका चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्। सप्तरीः सप्तरीको कन्चनरुप नगरपालिका-२ मा मे १ ज २८०० नम्बरको टाटा सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ८ बर्षिया गुलाफा खातुन घाइते भएकी छिन्। घाइते बालिककाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरेहको छ भने सुमोका चालक इलाका प्रहरी कर्यालय कन्चनपुरको नियन्त्रणमा छन्।

कुटपिटबाट एक घाइते
मोरङ, भाद्र १५ गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-५ तिनपैनीमा बुधबार कुटपिटबाट बसका चालक घाइते भएका छन्। इटहरीबाट केराबारीतर्फ जादैगरेको को को १ ख १७०७ नम्बरको बसका चालक मोरङ केराबारी-७ बस्ने ४५ बर्षिय चन्द्र बहादुर लिम्बुलाई साइड नदिएको निहुँमा को ६ प ६२८३ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने ३८ बर्षिय राजे तामाङले दिउँसो २;३० बजेतिर कुटपिट गरेका थिए। कुटपिटबाट आँखामा चोटलागेका लिम्बुको बिराटनगर आँखा अस्पतालमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक फरार रहाकले खोजी भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

भरुवा बन्दुकसहित मानिस पक्राउ
तेह्रथुम, भाद्र १५ गते।

तेह्रथुमको ओख्रे-४ बाट प्रहरीले बुधबार १ नाल भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका इन्द्र बहादुर नेपाली, देबेन्द्र बहादुर नेपाली र सुनिल नेपाली रहेका छन्। देबेन्द्र बहादुर नेपाली र सुनील नेपालीले सोही ठाउँका दिल बहादुर नेपाली र बिरेन्द्र नेपालीसंग झगडा गरेको भनी विहान ८ बजे प्रहरीमा जानकारी पाएपछी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीको टोलीले इन्द्र बहादुर नेपालीको बारीमा लुकलाएर राखेको उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुकसहित तीनै जनालाई प्रहरी चौकी ओख्रेमा राखी थप अनुसन्धान भइरहेको छ।

मृत फेला
सोलूखुम्बु, भाद्र १५ गते।

सोलुखुम्बुको दुधकुन्ड नगरपालिका-२ बस्ने ४३ बर्षिय छोङवा शेर्पा बुधबार सोही ठाउँको चोपाङ झरनामा मृत अवस्थामा भेटिएका छन्। शेर्पालाई स्थानियले बुधाबार विहान उक्त स्थानमा घोप्टो परी लडेको अवस्थामा मृत भेटेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ। यता सुनसरीको ईनरुवा नगरपालिका -५ स्थित गडान पुल नजिकै अन्दाजी २\३ महिनाको एक बालककको शव फेला परेको छ। खोलाले बगाएर ल्याएको अवस्थामा बुधबार विहान ८ बजेतिर स्थानियले बालकको शव भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।

१ लाख बढीको लत्ताकपडा भन्सार बुझाईयो
मोरङ, भाद्र १४ गते।

इलाका प्रहरी कार्यालय रानीले “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान” अन्तर्गत आज एक लाख बराबरकोलत्ताकपडा भन्सार बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले मिति २०७४ भाद्र १२ गते बरामद गरेको अन्दाजी १ लाख १० हजार मुल्य बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्रीहरु बरामद गरेको थियो। भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउदै गरेको उक्त सामान सहित ईटहरी १३ बस्ने ३२ बर्षिय पुजा सिंहलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात भन्सार कार्यालय रानीमा बुझाईएको हो। पक्राउ परेकी सिंह ३९ हजार रुपैयाँ धरौटीमा छुटेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

सुनसरीबाट ११ जना फरार अभियुक्त पक्राउ
सुनसरी, भाद्र १४ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका ११ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको टोलीले कुटपिट र लुटपाट मुद्धाका ३ जना, जालसाजीमा २ जना, लेनदेनमा २ जना, गाली बेईजतीमा १ जना ज्यान मार्ने उद्योगमा १ जना, बहु-बिबाहमा १ जना र चोरीमा १ जना सहित ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबै प्रतिवादीलाई आजै सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सवारी दुर्घटनामा ५ घाइते
विराटनगर, भाद्र १४ गते।

पूर्वको विभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। झापाः झापको गौरादह नगरपालिका-८ मा मे ८ प २२२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गौरादह नगरपालिका-३ बस्ने अन्दाजी २२ बर्षिय प्रेम राइ घाइते भएका छन्। उनको लाईफलाईन असस्पताल दमकमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय गौरीगंजले जानएको छ। मोरङः मोरङको सुन्दरहरैचा नगरपालिका-१२ बिराटचौकमा पूर्वबाट पश्चितर्फ जादै गरेको को २५ प ११४९ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत सुपौल जिल्ला पर्जाईम बस्ने ३० बर्षिय अकबर भन्ने एक पुरुष घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्। सुनसरीः सुनसरीको धरान-६ स्कुल डाँडा नजिकै को ५ प ११७६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री धरान-६ बस्ने ७२ बर्षिय देवी प्रसाद घिमिरे घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक इलाम जिल्ला इलाम नगरपालिका-४ बस्ने ३४ बर्षिय होम बहादुर लिम्बु समेत घाइते भएकले दुवैको को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ। सप्तरीः सप्तरीको हनुमाननगर कंकालिनि नगरपलिका-१४ स्थित भित्रि सडक खण्डमा बि आर ३९ एन नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट सोही ठाउँका राजकुमार सदाको छोरी अन्दाजी ७ बर्षिया असिया सदा घाइते भएकी छिन्। उनको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय हनुमाननगरको नियन्त्रणमा छन्।

छुरा प्रहारबाट एक घाइते
मोरङ, भाद्र १४ गते।

मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित आरती स्टिल अगाडी मंगलबार छुरा प्रहारबाट एक ट्रक चालक घाइते भएक छन्। घाइते हुनेमा जिल्ला बारा पथलैया-१ घर भई ना ६ ख ३६४२ ननम्बरको ट्रकका चालक अनिल लामा रहेका छन्। लामालाई पुरानो रि सिविका कारण जिल्ला मकवानपुर घर भई हाल ना ६ ख १८८४ नम्बरका ट्रकका चालक अन्दाजी ३३ बर्षिय विशाल घिमिरेले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका लामाको बिराट मेडिकल अस्पताल गंगाचौकमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने घिमिरे इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्। यता मोरङकै बेलबारी नगरपालिका-२ गौतम टोलमा बस्ने ६५ बर्षिय दयाराम ऋषिदेबलाई सोही ठाउँका १६ बर्षिय कृष्ण ऋषिदेबले टाउकोमा धारिलो हतियार प्रहार गरेका छन्। हतियार प्रहारबाट घाइते दयारामको सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरहेको छ भने कृष्ण ऋषिदेव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

मानव कंकाल फेला
सुसनरी, भाद्र १४ गते।

सुनसरीको धरान-१५ स्थित सेउती खोलाले बगाई ल्याएको अवस्थामा मंगलबार मानव कंकाल फेला परेको छ। बेलुका ७ बजेतिर स्थानियले खोलामा उक्त कंकाल भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डाक्टर सहित इलाका प्रहरी कार्यालय धरानबाट प्रहरिको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
सप्तरी, भाद्र १४ गते।

सप्तरीको राजबिराज नगरपालिका-१० मोतिगठी बस्ने नन्द किशोर यादवको मंगलबार करेन्ट लागेर ज्यान गएको छ। विहान ११ बजेतिर आफ्नै खेतमा पानी पटाउने क्रममा यादवलाई अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त स्थानमा प्रहरी चौकी पकरीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ। 

मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिला घाइते
सुनसरी, भाद्र १३ गते।

सुनसरीको ईटहरी उपमहानगरपालिका-२० तरहरामा मंगलबार विहान मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा सोही ठाउँकी २६ बर्षिया झुमा चौधरी रहेकी छिन्। चौधरीलाई बा ७३ प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते झुमाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्। यता मोरङङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा पूर्बतर्फ जादै गरेको को १ ख ६१६९नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउका ६० बर्षिय सुद्ध बहादुर लोहार घाइते भएका छन्। उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। बस र चालक अस्थायी प्रहरी चौकी कानेपोखरीको नियन्त्रणमा छन्।

लागूऔषधसहित मानिस पक्राउ
उदयपुर, भाद्र १३ गते।

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित लालपत्ताबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कदमाहाबाट गाईघाटतर्फ आउदै गरेको स १ ह ७५६ नम्बरको टेम्पोमा सवार सोही नगरपालिका-१२ बस्ने २४ बर्षिय मोहमद मतेबुल रहेका छन्। प्रहरीले उनको साथबाट फेनरागन-६० एम्पुल, डाईजापाम-६० एम्पुल, लुपिजेसिक-६० एम्पुल र गाँजा अन्दाजी १० ग्राम बरामद गरेको छ। उनलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्ररहीको टोलीले पक्राउ गरेको हो। लागूऔषधसहित पक्राउ परेका मोहमद र टेम्पोका चालकलाई समेत नियनन्त्रणमा लिई अनुसनधान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

लागूऔषधसहित युवती पक्राउ
मोरङ, भाद्र १३ गते।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहिरत एक युवतीलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १६ सम्झना चौक बस्ने २३ बर्षिया ईशा श्रेष्ठलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी श्रेष्ठलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल ४७ एम्पुल, डाइजेल्याब ४७ एम्पुल, लुपिजेसिक ४७ एम्पुल फेला पारी बरामद गरेको हो। पक्राउ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुनसन्धान भईरहेको छ।

दुई स्थानमा सवारी दुर्घटना ३ घाईते
सप्तरी, सुनसरी, भाद्र १३ गते।

सप्तरी र सुनसरी जिल्लामा सोमबार साँझ छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन्। सप्तरी बोदेवरसाईन-६ मा ज १ प ३७२६ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट जाँदै गरेको स १ प ८६६७ नम्बरको मोटरसाईकलको ठक्कर दिँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा ३७२६ नम्बरको मोटरसाईकल चालक बोदेवरसाईन ६ बस्ने बर्ष २३ को संजिब चौधरीको र पछाडि सवार निजकै बहिनि बर्ष १६ कि किरण चौधरी घाईते भएका हुन्। ठक्करबाट घाईते दुबै जनाको बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने मोटरसाईकल तत्काल फरार रहेकोले खोजी भईरहेको इलाका प्रहरी कार्यालय बोदेवरसाईनले जनाएको छ। त्यस्तै सुनसरीको धरान उप-महानगरपालिका ७ शान्ति पथमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। शान्ति पथबाट भानुचौक जाँदै गरेको को१६ प ३८०८ नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री धरान ३ बस्ने सुर्य नारायण पोदारको छोरा बर्ष १० को अमन पोदार घाईते भएका हुन्। घाईते बालकको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने चालक फरार रहेकोले खोजी भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

सुनसरी र झापाबाट लागूऔषध सहित ३ जना पक्राउ
बिराटनगर, भाद्र १२ गते।

प्रहरीले सोमबार पूर्वको सुनसरी र झापाबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। सुनसरी धरान उप-महानागरपालिका ८ स्थित भोटेपुलबाट आज साँझ लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा डेल्टा अप्रेशनबाट सादा पोशाकमा खटिएको टोलीले धरान ७ बस्ने बर्ष-२३ को सागार राई र धरान-१५ बस्ने बर्ष-१६ को सुनील बिकलाई पक्राउ गरेको हो। पक्राउ परेका राईको साथबाट लागूऔषध स्पास्मोप्रोक्सिभन ट्याब्लेट ४१ थान र बिकको साथबाट १५ थान फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको छ। त्यस्तै झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका ६ बस्ने बर्ष २४ को सोम बहादुर राईलाई पक्राउ गरेको हो। राईलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध डाईजेपाम ५० थान, लुपिजेसिक ५० थान र फेनारागन ५० थान फेला पारी बरामद गरेको हो। पक्राउ परेका उनीउपर थप अनुसन्धान भरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

पानीमा डुबेर अढाई वर्षिया बालिकाको मृत्यु
मोरङ, भाद्र १२ गते।


मोरङको रगेलीमा सोमबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर अढाई वर्षिया बालिकाको ज्यान गएको छ। रंगेली नगरापालिका ४ बस्ने दिपेन्द्र मण्डलको छोरी साक्षी कुमारी मण्डलको खेल्नेक्रममा आफ्नै घर पछाडी खाल्डोमा डुबेर ज्यान गएको हो। बालिकालाई घरका मानिसले पानीमा डुबेको देखेपछी उद्दार गरी उपचारकालागी लगेका थिए। उनको रंगेली अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

बेग्लाबेग्लै स्थानमा आगलागी
विराटनगर, भाद्र १२ गते।


संखुवासभा र सप्तरी जिल्लामा सोमबार बिहान आगलागी भएको छ। संखुवासभाको चिचिला गाउँपालिका २ गोगने बस्ने मणीराज गुरुङको ढुङ्गा, माटो र काठले बनेको २ तले बाख्रा फारमाम आगलागी भएको छ। आगलागीबाट फाराम जल्दा अन्दाजी ३ लाख १५ हजार बरावरको क्षती भएको छ। आगलागी स्थानियवासीको सहयोगमा निभाइएको छ।
त्यस्तै सप्तरीको बोदेवर्साईन नगरपालिका १० स्थित जोगेन्द्र दासको गाईगोठमा घुरबाट सोमबार बिहान अचानक आगलागी हुँदा टाटी बेराले बनेको गोठ, लत्ताकपडा र भाडाकुँडाहरु जलेका छन। आगलागीबाट दासको अन्दाजी ८० हजार बराबरको क्षती भएको बताइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट टोली खटि गई आगो नियन्त्रण गरिएको छ।

करेन्ट लागेर मृत्यु
सिरहा, भाद्र १२ गते।


सिरहाको धनगढी-माई नगरपालिका १२ बिष्णुपुरमा करेन्ट लाग्दा सोमबार एक युवकको ज्यान गएको छ। स्थानीय निरन्जन यादवको छोरा बर्ष १८ को अमर यादवको आफ्नै घरमा वाईरिंङ गर्ने क्रममा करेन्ट लाग्दा उपचारकालागी लैजानेक्रममा ज्यान गएको हो। करेन्ट लागेर घाइते भएका यादवलाई लहानतर्फ लैजानेक्रमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ। मृतकको शव रा.उ. अस्पताल लहानमा राखिएको छ भने घटनाबारे अनुसन्धान भई रहेको छ ।

काठ तस्करी नियन्त्रणमा प्रहरी सक्रिय
सुनसरी, भाद्र १२ गते।

सुनसरीको महेन्द्रनगरमा प्रहरीले काठ तस्करी र लागूऔषध कारोवारको जालो भत्काउन सक्रियता देखाएसंगै उक्त क्षेत्रमा त्यस्ता कारोवारीहरुको सातो उडेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी निरीक्षक गंगा प्रसाद पौडेल आए संगै प्रहरीले उक्त क्षेत्रमा हुने काठ तस्करी तथा लागूऔषध गाँजा बिक्रि बितरणमा संलग्न उपर कारवाही थालेको हो।२०७४ साल भाद्र १० गते शनिबार राती प्रहरी निरीक्षक गंगा प्रसाद पौडेलको कमाण्डमा रहेको टोलीले वराह नगरपालिका ३ बाट अन्दाजी ८९ कयूवि फिट सखुवाको चार थान काँचो गोलिया काठ सहित को १ त३९३३ नम्बरको ट्याक्टर र तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ। वराह नगरपालिका-३ खोरीया भन्ने स्थानमा काठ तस्करी हुँदैछ भन्ने विशेष सुचना पाएपछि प्रहरी निरीक्षक पौडेलको कमाण्डमा गएको टोलीले स्थानीय यम बहादुर लिम्बुको घर अगाडी अनलोड हुदै गरेको अवस्थामा दुई थान काँचो गोलियाकाठसहित लिम्बुलाई पक्राउ गरेका थिए। काठसहित मानिसलाई नियन्त्रणमा लिन खोज्दा करिब २०-२२ जना तस्करहरुको समुहले प्रहरीलाई आक्रमणको प्रयास समेत गरेको र घटनास्थलमा इलाका प्रहरी कार्यालयबट थप प्रहरी पुगेपछि तस्करहरुको समुह भागेका र प्रहरीले सो काठसहित ट्याक्टर नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक पौडेलले बताए। प्रहरीले काठसहित पक्राउ परेका यम बहादुर लिम्बुसंग गरेको सोधपुछ पश्चात सोही समुहका अर्का ध्वज बहादुर लिम्बु समेत थप दुई थान काँचो गोलियासहित पक्राउ परेका हुन्। उक्त स्थानबाट काठ चिरानमा प्रयोग गरिने आरा १ थान, बिड सहितको बन्चरो १ थान र ती औजारहरुमा धार लगाउने रेती १ थान समेत बरामद भएको थियो । काठ तस्करीमा संलग्न केही व्यक्ति पक्राउ परेता पनि उक्त कार्यमा ठुलो गिरोह सक्रिय रहेको र रातको समय पारेर सखुवाको रुखहरु काटी तस्करी गर्ने गरेको पाइएको प्रहरी निरीक्षक पौडेलले बताए। यसैगरी २०७४ साल भाद्र २ गते सुनसरीको वराह नगरपालिका २ बाट बिस किलो गाँजासहित सोही नगरपालिका ६ बस्ने शम्भु मण्डललाई पक्राउ गरी कारवाही गरिएको तथा बिभिन्न मितिमा करिव १६० किलो तयारी गाँजा बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जनाए। मण्डललाई प्रहरीले को १४ प ४१५२ नम्बरको मोटरसाइकलमा गाँजा तस्कर गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । मण्डल उपर लागूऔषध बेचविखन अन्तरगत कारवाही थालीएको छ।

लागूऔषध सहित २ पक्राउ
मोरङ, भाद्र १२ गते।

मोरङ र झापा जिल्लाबाट प्रहरीले आईतबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। मोरङको बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरको छ। पक्राउ गर्नेमा सुन्दर हरेचा नगरपालिका ६ बस्ने २० बर्षिय आशिष घिमिरे रहेका छन्। उनलाई कोशी राजमार्गमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १५ थान लुपिजेसीक, १५ थान एभिल र १५ थान डाईजेल्याब फेला पारी बरामद गरेको हो। लागूऔषध सहित पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। त्यस्तै झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बजारबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका ११ बस्ने १८ बर्षिय सागर अधिकारी रहेका छन्। अधिकारीलाई इलाका प्रहरी कार्यालय झिलझेबाट खटिएको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा डाईजपाम थान ५,लुकिजेसिक थान ५,फेनारागन थान ५ ,सिरिन्ज थान ५ फेला पारी रामद गरेको हो। पक्राग परेका उनी उपर थप अनुन्धान भईरहेको इलाका प्रहर कार्यालय झिलझेले जनाएको छ।

जंगली हात्तीबाट क्षति
मोरङ, भाद्र १२ गते।

मोरङको उर्लाबारी नगरपालिका २ सुनझोरा त्रिबेणी चौकमा जंगली हात्तीले क्षति पुर्याएको छ। जंगलबाट निस्किएको ३ वटा जंगली हात्ती गाँउ पस्दा स्थानीय ओम बहादुर कार्की, भवानी प्रसाद भट्टराईको टाटी बेराले बनेको घरमा क्षति पुर्‍याएको छ। हात्तीलाई देखेर भाग्ने क्रममा सोही ठाउँका ३२ बर्षिय बल बहादुर धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

छुट्टाछुट्टै दुर्घटनामा २ घाईते
सुनसरी, भाद्र १२ गते।

सुनसरीको छुट्टछुट्टै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन्। सुनसरी देवानगंज गाउँपालिका ४ शंकरपुरमा भारतबाट नेपाल आउँदै गरेको तत्काल नम्बर नखुलेको भारतिय नम्बर प्लेटको मोटरसाईकलकको ठक्करबाट एक जना घाई भएका छन्। ठक्करबाट पैदलात्री सोही गाउँपालिका बस्ने १२ बर्षिय कृष्ण राम घाईते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। ठक्करबाट घाईते रामलाई उपचारकालागी बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकलमा सवार ३ जना मध्ये पछाडी सवार २ जना फरार रहेको चालक भारत अररिया नवाबगंज ९ बस्ने बर्ष २६ को राजा राम शर्मालाई नियन्त्रणमा राखिएको छ। यता दुहवी नगरपालिका ८ स्थित जुटमिल अगाडी राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्। कोशी राजमार्गामा बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को २९ प ३३६८ नम्बरको मोटरसाईकलले भारत घर भई दुहबीस्थित जुटमिलमा काम गर्दै आईरहेका बर्ष ६५ को कामेश्वर झा घाईते भएका हुन्। घाईते झालाईऐ उपचारकालागी स्थानीय मेडिकल जिवन ज्योती दुहवीमा उपचार भईरहेको छ।

फरार तीन पक्राउ
मोरङ, भाद्र ११ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने शिलशिलामा मोरङ प्रहरीले थप तीन जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ जिल्ला अदालतबाट चोरी मुद्धामा जनही १० दिन कैद र ७ हजार ६ सय ५७ रुपैयाँ जरिवाना तोकीएका मोरङ विराटनगर-१७ बस्ने ४० बर्षिय मोहमद .अजिम र ४० बर्षिय मोहमद सराब र सोही अदालतबाट लुटपाट मुद्धामा ४ हजार १ सय १२ रुपैयाँ जरिवाना तोकीएका विराटनगर-१८ बस्ने ३९ बर्षिय शिव कुमार मण्डल रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले घर वतनबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई आजै अदालतमा उपस्थित गराईने उक्त कार्यालयले जनाएको छ।

विराटनगरको कोशी हेल्थ ईन्स्टीच्युट आगलागी
मोरङ, भाद्र ११ गते।

मोरङको विराटनगर महानगरपालिका-१ स्थित कोशी हेल्थ ईन्स्टीच्युटको परिक्षा शाखामा आइतबार आगलागी भएको छ। विहान ३ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको उक्त ईन्स्टिच्यटले जानएको छ। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट प्रहरीको टोली खटिगई थप क्षतिको विवरण लिने कार्य भइरेहको छ।

सुनसरीमा स्कुल र यात्रुवहाक बस ठोक्किदा १७ घाइते
सुनसरी, भाद्र ११ गते।

सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवन चोकमा आइतबार को १ ख ३०२५ नम्बरको यात्रुबाहक बस र को १ क १६२१ नम्बरको स्कुल बस आपसमा ठोक्किदा १७ जना घाइते भएका छन्। राजविराजबाट यात्रु लिएर विराटनगर आउँदै गरेको यात्रुवहाक बस र स्कुलबस विहान ९ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा घाइते १७ जनाको विराटनगरका विभिन्न अस्पताल र स्थानिय मेडिकलमा उपचार भइरहेरको छ। यात्रुवहाक बसका चालक फरार छन्। उनको खोजी भइरेहको सुनसरी प्रहरीले जानएको छ। 

लागूऔषधसहित दुई जना पक्राउ
मोरङ भाद्र ११ गते।

मोरङको दुई स्थानबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-२ बस्ने २६ बर्षिय नगेन्द्र मण्डल र दुहबी नगरपलिका-५ बस्ने २१ बर्षिय अल्ताफ मिया रहाक छन्। मण्डललाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्ररहीको बुढीगंगा गाउँपालिका-१ गंगा चौकमा को १३ च १४९३ नम्बरको कारमा उतरतर्फ आउँदै गर्दा ५० पिस नाईट्रोसन र ५० ग्राम गाजाँसहित पक्राउ गरेको हो भने मियालाई विराटनगर-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट नजिकैबाट इलाका प्रहरी कर्यालय रानीबाट खटिएको प्रहरीको टोलीले लागूऔषध १४ चक्कीसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। यता इलाका प्रहरी निमुवाबाट खटिएको प्ररहीको टोलीले बुढीगंगा गाउपालिका ४ राहुल पेट्रोल पम्प नजिकै ना ५ ख १६९४ नम्बरको बसबाट स्थित १ सय ९० लिटर घरेलु मदिरा बरामद गरेको छ। 

आगालागीबाट २ लाख बढीको क्षति
सुनसरी, भाद्र ११ गते।

सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सरोज अन्सारीको घरमा शनिबार आगलागी भएको छ। गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय देवानगन्जले जनाएको छ। 

चट्याङ लागेर २ को मृत्यु १३ घाइते
सोलुखुम्बु, संखुवासभा, भाद्र ११ गते।

पूर्वको सोलुखुम्बु र संखुवासभामा अबिरल वर्षासंगै शनिबार परेको चट्यांङ लागेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-४ बस्ने ईन्द्र बहादुर तामाङको १० बर्षिय बिमल तामाङ र प्रशुराम राई को छोरा १४ बर्षिय संन्दिप राई को शनिबार आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको जानकारी प्राप्त भएको छ। साथै सोही ठाउँका ३० बर्षिय अर्जुन तामाङ, ६० बर्षिय दिल बहादुर राई, ५० बर्षिय तिलक, ३७ बर्षिय रेनुका तामाङ उनकै छोरा ५ बर्षिय बिनोद तामाङ र २६ बर्षिया कमला तामाङ घाइते भएकी छिन्। यता सोही गाउँपालिका- २ बस्ने लेखन्द्र बस्नेतको गोठमा चट्याङ पर्दा नजिकै रहेको घरमा बसीरहेका ३५ बर्षय केसर बहादुर बस्नेत, ३५ बर्षिया बिमला बस्नेत उनकै छोरी २१ बर्षिया बिनु बस्नेत र १५ बर्षिया हिरा बस्नेत घाइते भएका छन्। उनीहरुको स्वास्थ्यकर्मीको टोली गइ घरैमा उपचार भइरेहको सोलुखुम्बु प्रहरीले जनाएको छ। यता संखुवासभाको चिचिला-१ स्थित पञ्चकन्या प्राथामिक विधालयमा शनिबार चट्याङ परेर सोही ठाउँका ३८ बर्षिय सुकमान तामाङ घाइते भएका छन् भने , खाँदबारी नगरपालिका-६ बस्ने ५५ बर्षिया लक्ष्मी तामाङ उनकै छोरी २१ बर्षिया अस्मिता तामाङ, सभापोखरी गाउँपालिका-१ लेब्राङ बस्ने संजय गुरुङको १४ बर्षिय छोरा दिवस गुरुङ समेत घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल र स्थानिय स्वस्थ्य चौकीमा उपचार भइरहेको विमटानस्थल सुरक्षागार्ड कांगेलले जानएको छ।

पानी जमेको खाल्डोमा डुबेर वृद्धको मृत्यु
मोरङ, भाद्र ११ गते।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-४ छोटी टोल बस्ने ७० बर्षिय टिका सिंह राईको शनिबार पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको छ। विहान ९ बजेतिर घरबाट हिडेका राई घर नफर्कीएपछी खोजी गर्ने क्रममा उनलाई स्थानियले घर देखी अन्दाजी १ सय मिटर पूर्व पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत भेटेका थिए। घटनास्थलामा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

लडी मृत्यु
विराटनगर, भाद्र ११ गते।


पूर्वको इलाम र ताप्लेजुङमा शनिबार लडेर दुई जनाको ज्यान गएको छ। इलामको सूर्योदय नगरपालिका-१० बस्ने ३७ बर्षिया ग्ल्यामो एल्मो सौचालय जाने क्रममा अचानक लडेर घाइते भएकी थिईन्। उनको उपचारकालगी विएनसी अस्पताल विर्तामोड ल्ययाउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
यता ताप्लेजुङको सिरिजङघा गाउँपालिका-२ बस्ने ४५ बर्षिय ढाका बहादुर भट्टराईको समेत शनिबार लडेर ज्यान घएको छ। मलामी गएर घरतर्फ फर्कने क्रममा खोल्सिमा अचानक लडेका उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी खाम्दिम्वेले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सुनसरी, भाद्र ११ गते।

सुनसरीको रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा शनिबार बेलुका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा को १३ प ७५४७ नम्बरको मोटरसाइकलमा सवार दुहवी तनमुन्ना बस्ने ३० बर्षिय श्रवण कुमार चौधरी रहेका छन्। चौधरी सवार उक्त मोटरसाइकल अनियन्त्रित भइ बेलुका १० बजेतिर बा ७ च २७५५ नम्बरको कारमा ठोक्किएको थियो। दुर्घटनामा गम्भिर घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यता सुनसरीकै दुहवी-१० स्थित ईनरुवा-दुहवी सडक खण्डमा बा १३ च ६६२ नम्बरको मारुती भ्यान र बा १२ च ७०८५ नम्बरको सेन्ट्रो कार आपसमा ठोक्किदा भ्यानका चालक सप्तरी मधुवापुर-४ बस्ने २४ बर्षिय मुकेश यादव भ्यानमा सवार सोही ठाउँका ३० बर्षिय शोभानन्द यादव र सप्तरी लोजार ५ बस्ने ३७ बर्षिय कासिनन्द प्रसाद यादव घाइते भएका छन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने सेन्ट्रोकारका चालक फरार छन्। उनको प्रहरीबाट खोजी भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जानएको छ।

एक लाख सैतीस हजार बराबरको अवैध सामान बरामद
मोरङ, भाद्र १० गते।

ईलाका प्रहरी कार्यालय रानीले " सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्रगत “ शनिबार एक लाख सैतीस हजार मूल्य बराबरको भन्सार छलेको सामान तथा तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ। उक्त कार्यालयबाट गस्ती टोलीले भारतबाट तस्करी गरी ल्याउँदै गरेको प्रतिबन्धित रजनीगन्धा पान-मसालासहित मोरङ विराटनगर १२ की रेखा यादवलाई नियन्त्रणमा लिएको हो। त्यस्तै प्रहरीले शनिबार चेकजाँचका क्रममा करिब १ लाख १२ हजार ३ सय ५० रुपैया बराबरको भन्सार छली ल्याएको खाधान्न, लत्ताकपडा लगायतका सामानहरु समेत बरामद गरेको छ। बरामद सामान तथा तस्करीमा संलग्न महिलालाई ईलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान पश्चात आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ।

भन्सार छलेको अवैध सामान बरामद
सुनसरी, भाद्र १० गते।

सुनसरी प्रहरीले शनिबार विभिन्न ठाउँबाट भन्सार छलेको विभिन्न सामान बरामद गरेको छ। सुनसरीको हरिनगरा गाँउपालिका-२ भुटाहा र कोशी गाउँपालिकाबाट प्ररहीले ७० क्यारेट अन्डा,स्टिलका थाल र गिलास ५० किलो, दाल ९ किलो, मटरदाल-२९ किलो बिस्कुट-५ किलो, पास्ता-२५ किलो, बच्चाको कोट ६ थान, कागजको प्लेट-१० किलो, र ३२ वटा ब्रोइलर कुखुरा रामद गरेको हो। बरामद सामान आइतबार भन्सार बुझाइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

सवारी दुर्घटनामा ३ घाइते
विराटनगर, भाद्र १० गते।

पूर्वको मोरङ र सप्तरीमा शनिबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। मोरङः मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्। यता मोरङको सुन्दरहरैचा नगरपालिका- ४ बाँसबारीमा को १ ख ५६१० नम्बरको यात्रुबाहकबसले साईकललाई ठक्कर दिँदा साइकलमा सवार जिल्ला भोजपुर दावा-३ बस्ने १९ बर्षिय बिक्रम श्रेष्ठ घाइते भएका छन्। घाइते श्रेष्ठको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। बस र चालक प्रहरी चौकी गछीयाको नियन्त्रणमा छन। यता सप्तरीको राजबिराज नगरपालिका-९ रुपनी-राजबिराज सडक खण्डमा रुपनीबाट राजबिराजतर्फ आउदै गरेको को २५ प ६१६४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका जमिर भन्नेकी ८ बर्षिया छोरी भर्जिना खातुनलाई ठक्कर दिएको छ। ठक्करबाट घाइते बालिकाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा छन्।

लागूऔषधसहित मानिस पक्राउ
मोरङ, भाद्र १० गते।

मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल र एभिल ९ एम्पुल बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

विधुत सर्ट भइ आगलागी एक घरमा क्षति
सुनसरी, भाद्र १० गते।

सुनसरीको रामधुनी नगरपालिका- ७ हातिमुडा चौक बस्ने बासुदेब खतिवडाको घरमा शुक्रबार दिउँसो १२ बजे आगलागी भएको छ। काठले बनेको दुई तले घरमा बिधुत सर्ट भई अचानक लागेको आगोले अन्दाजी ७० लाख बराबरको क्षति भएको जानकारी प्राप्त भएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जानएको छ।

करेन्ट लागेर महिलाको मृत्यु
ओखलढुङ्गा, भाद्र १० गते।

ओखलढुङ्गाको सिद्धिचनरण नगरपालिका-१० बेतिनिमा शुक्रबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँकी ३५ बर्षिया झक कुमारी धमला रहेकी छिन्। धमलालाई साझ ७ बजेतिर घाँस काटेर फर्कने क्रममा बिधुतको तारमा घाँसको भारीले छुदा अचानक करेन्ट लागेको अस्थायी प्रहरी चौकी मिलनचोकले जनाएको छ।

डुवेको अवस्थामा मृत फेला
सुनसरी, भाद्र १० गते।

सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्। तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी पठाएको छ भने घटनाबारे अनुसन्धान भइरेहको छ।यता सप्तरीको रुपनी गाउँपालिका-१ बस्ने जिग्यानन्द चौधरीको श्रीमती अन्दाजी २८ बर्षिय प्रभा चौधरी आफ्नै घरमा सुतिरहेको अवस्थामा अवस्थामा मृत भेटिएकी छिन्। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्ररही कार्यालय रुपनीले जानएको छ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा, भाद्र १० गते।

झापाको कमल गाउँपालिका-३ सानो केर्खामा शुक्रबार ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ त ८७०१ नम्बरको ट्याक्टर को ९ प १३८७ नम्बरको मोटरसाइकलाई अपरान्ह ४ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक शिवसतासी नगरपालिका-९ दुधे बस्ने ४३ बर्षिय राम बहादुर साह गम्भिर घाइते भएक थिए। घाइते साहलाई उपचारकोलागी विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी केर्खाले जनाएको छ।

लागूऔषध मुद्धाका फरार एक पक्राउ
इलाम, भाद्र ९ गते।

अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट लागूऔषध मुद्धामा १ बर्ष १० महिना २७ दिन कैद तथा १० हजार रुपैयाँ कैद सजाय तोकीएका सुर्योदय नगरपालिका-६ बस्ने २४ बर्षिय शरण कुमार राई रहेका छन्। राईलाई आजै अदालतमा उपस्थित गराईने उक्त कार्यालयले जनाएको छ।

एक लाख दस हजार बराबरको अवैध समान बरामद
मोरङ, भाद्र ९ गते ।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार १ लाख १० हजार ८ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा, आलु, लसुन लगाएतका सामाग्री बरामद गरेको हो। बरामद सामान मध्ये करिव ३७ हजार १ सय बराबरको सामान आजै भन्सार कार्यालय विराटनगरमा बुझाइएको र बाँकी ७३ हजार ७ सय बराबरको सामान आइतबार कार्यालय खुलेपछी बुझाइने उक्त कार्यालयले जानएको छ।

७७१ प्रहरी जवान दिक्षीत
विराटनगर, भदौ ९ गते।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा संचालित प्रहरी जवान आधारभूत तालिम १३४ औ समुहको पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री रमेश कुमार भट्टराईज्यूको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा मिति २०७३ साल भाद्र ३१ गतेबाट संचालित उक्त तालिममा ९१ महिला सहित ६२७ तथा क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालयबाट १४४ सहित ७७१ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका हुन्।  दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक भट्टराइले प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा करिव १ वर्ष अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सीपहरु प्रहरी जीवनको आधारभुत अमुल्य नीति भएकाले सिकेका ज्ञानका कुराहरुलाई जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गर्नु भयो। समाजको चेतनाको गतिसंगै अपराध गर्ने शैली, अपराध कार्यविधि समेत विशिष्ट बन्दै गएको परिप्रेक्ष्यमा प्रादेशिक संरचना अनुरुप पुनरसंरचना हुन लागेको नेपाल प्रहरीबाट त्यसको सामाना गर्न हरेक प्रहरी कर्मचारीहरुको व्यवसायिक सक्षमता बाहेक अन्य कुनै बिकल्प नभएको कुरा बताउनु भयो। निर्देशनकै क्रममा वहाँले कार्य क्षेत्रमा राम्रा-नराम्रा, तिता मिठा, शुभ-अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले नराम्रो कर्मको परिणाम कहिल्यै राम्रो नहुने र राम्रो काम गर्नेलाई कहिल्यै नराम्रो नहुने तथा संगठनको नीति निर्देशनको अक्षरस पालना गर्न र जनतालाई केन्द्रबिन्दुमा राखी प्रचलित ऐन कानुनको परिधी भित्र रही कार्य गर्न साथै नेपाल प्रहरीको भ्रष्टचारमुक्त अभियानलाई पालना गर्न निर्देशन दिनुभयो। कार्यक्रममा तालिमका सह-संयोजक प्रहरी निरीक्षक यामकुमार श्रेष्ठले स्वागत मन्तब्य तथा तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो भने तालिम केन्द्रका समादेशक श्री प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु हुँदै दिक्षीत हुन लागेका प्रहरीहरुलाई बधाई तथा शुभ-कामना व्यक्त गर्नु भएको थियो ।

धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते
सुनसरी, भाद्र ९ गते।

सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार बईरहेको छ भने छुरा प्रहार गर्ने जोन फरार रहेकोले खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
ईलाम, भाद्र ९ गते।

इलामको चुलाचुली गाँउपालिका २ मा आज राती हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। हात्तीको आक्रमणबाट सोही ठाउँ बस्ने बर्ष ६३ को धन बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी चौकी पोल्टीमारी इलामले जनाएको छ। श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुति रहेको अवस्थामा राती आएको हात्तीले सुडले बोकेर घरबाट अन्दाजी २ सय मिटर पर लगेर लछार-पछार गरेर मारेको हो। घट्नास्थलमा पोल्टीमारी र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको उक्त कार्यालयले जनाएको छ।

सप्तरीमा सर्पदंशले डसेर एक जनाको मृत्यु
सप्तरी, भाद्र ९ गते।

सप्तरीको सुरुङगा नगरपालिका ५ मा बहीबार राती सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ५५ बर्षिया सुगवतीदेवी यादब रहेकी छन्। यादबलाई राती पिसाब फेर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा बिषालु सर्पले डसेको थियो। सर्पको डसाईबाट गम्भिर घाईते उनको राहु स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।

सवारी दुर्घटनामा २ घाईते
मोरङ, भाद्र ९ गते।

मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित कोशी राजमार्गमा बिहीबार राती मोटरसाईकलले साईकललाई ठक्कर दिँदा मोटरसाईकलसहित २ जना घाईते भएका छन्। बिराटनगरबाट उत्तरतर्फ जाँदै गरेको को २३ प २२४ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो। ठक्करबाट साईकलमा सवार सोही गाउँपालिका बस्ने वर्ष २१ को शिवलाल सरदार घाईते भएका हुन्। त्यसतै मोटरसाईकल चालक बिराटनगर १४ बस्ने वर्ष २२ को पप्पु सिंह समेत सामान्य घाईते भई उपचारार्थ बिराट टिचिङ अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

भीरबाट लडेर एकको मृत्यु
मोरङ, भाद्र ९ गते।

मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घट्नाको जानकारी पाउनासाथ तत्काल खटिएको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरिसकेको उक्त कार्यालयले जनाएको छ।

३ लाख बराबरको खसी बोका भन्सार बुझाईयो
सुनसरी, भाद्र ८ गते।

सुनसरीको हरिनगरा गाउँपालिका २ र ४ को सिमानाबाट प्रहरीले बिहीबार ३ लाख मुल्य बराबरको खसी बोका नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाएको छ। बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्लयबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको २६ बटा खसी बोका नियन्त्रणमा लिएको हो। त्यसतै सुनसरी भोक्राहा गाँउपालिका ६ नरसिंहस्थित मेहता टोलबाट ४३ हजार मुल्य बराबरको सामानसहित ३ जनालाई नियन्त्रणमा लिईएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले चेकजाँचको क्रममा भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको टाटा स्काई छाता सेट ४० थान, साईकल ३ थान बरामद गरेको हो। मानिससहित बरामद सामान आवश्यक कार्बाहीकालागी आजै सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

चट्याङ लागेर २ घाईते
मोरङ, भाद्र ८ गते।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ मा चट्याङ लागेर २ जना घाईते भएका छन्। घाईते हुनेमा सोही गाउँपालिका बस्ने प्रेम बहादुर तामाङको घरमा अचानक खसेर लाग्दा बिष्णु कुमारी तामाङ र १५ बर्षिया झर्ना तामाङ घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। चट्याङ खसेर घरमा रहेको कुकुरको मृत्यु भएको छ भने बिजुलीको मिटर बक्स जलेर क्षति भएको छ। घाईते दुबै जनाको स्थानीय मेडीकलमा उपचार भईरहेको छ।

करेण्ट लागेर एक घाईते
सोलुखुम्बु, भाद्र ८ गते।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ स्थित खोलाघारीमा करेण्ट लागेर एक जना घाईते बएका छन्। रुखमा चढेर घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको तारलाई रुखको हाँगाले छुँदा सोही ठाउँ बस्ने दावा तामाङको छोरा बर्ष १३ को राउत तामाङलाई करेण्ट लागेको थियो। करेण्ट लागेर घाईते तामाङलाई उपचारकालागी जिल्ला अस्पताल फाप्लु लगिएको छ।

सिरहा र मोरङमा सवारी दुर्घटना, १ जनाको ज्यान गयो, ८ घाईते
बिराटनगर, भाद्र ८ गते।

पूर्वको सिरहा र मोरङमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ८जना घाईते भएका छन्।
सिरहा;- सिरहाको धनगढीमाई नगरपालिका-८ स्थित लोकमार्गमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। पश्चिमतर्फ जाँदै गरेको स ६ प ३४३४ नम्बरको मोटरसाईकलले सोही दिसातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो। ठक्करबाट तत्काल नामथर, ठेगाना खुल्न नसकेका ४५ बर्षिय पुरुष गम्भिर घाईते भई राउ अस्पताल लहानमा उपचारकोक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। त्यस्तै मोटरसाईकल चालक सिरहा सुखिपुर नगरपालिका-१० बस्ने वर्ष-३० को हेमन्त चौधरी समेत घाईते भई स्थानीय किल्निक कसाहमा उपचार भईरहेको छ।
मोरङ;- मोरङको बेलबारी नगरपालिका ४ स्थित बेतना नजिक राजमार्गमा मारुती भ्यानले सिटी सफारीलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ४७१३ नम्बरको मारुती भ्यानले सोही दिसातर्फ जाँदै गरेको सिटी सफारीलाई ठक्कर दिएको थियो। ठक्करबाट सफारीमा सवार दिई सवारी दुर्घटना हुदा सिटि सफारीमा सवार चालकसहित २ पुरुष १ महिलासहित ४ जना बालिका घाईते भएका छन् भने घाईते मध्ये ३बालिकाको अबस्था गम्भिर रहेको छ। घाईते सबैको बिराटनगरस्थित युरो अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने भ्यान चालक र सफारी चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

ईटहरीमा पुस्तक पसलमा आगलागी, ओखढुंगामा ४ लाख बढीको क्षति
सुनसरी, ओखलढुंगा, भाद्र ८ गते।

सुनसरीको ईटहरी उप-महानगरपालिका ६ स्थित बिरेन्द्रचौक पूर्व लाईनमा बिहीबार दिउँसो पुस्तक पसलमा आगलागी भएको छ। आगलागीबाट सतिश लम्सालको घरमा संजिव सत्यालले संचालन गरेको अम्वे पुस्तक पसलमा अचानाक आगलागी भई क्षति भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। उक्त आगलागी प्रहरी र दमकल र स्थानीय मानिसको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने आगलागीबाट क्षतिको बिबरण संकलन कार्य भईरहेको छ। त्यसतै ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका २ बस्ने धन बहादुर तामाङको ढुंगा माटोले बनेको एक तले घरमा आगलागी हुँदा अन्दाजी ४ लाख ३८ हजार बराबरको क्षति भएको छ। तामाङको घरमा चुलोबाट अचानक आगलागी भई एक तले घर, ३० वटा कुखुरा, लत्ताकपडा, अन्नपात नगद ३० हजार रुपैँया जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए। आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी रगनीले जनाएको छ।

माईक्रो दुर्घटनामा १० घाईते
मोरङ, भाद्र ८ गते।

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मी मार्ग स्थित राजमार्गमा आज बिहान माईक्रो दुर्घटनामा परी १० जना घाईते भएका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको गरेको बा. ३ ख ८६४० नम्बरको माईक्रो आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। माईक्रोमा सवार १३ जना मध्ये १० जना घाईते भई बिराटनगर तथा बेलबारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। दुर्घटनामा परी घाईते भई नोबेल अस्पताल बिराटनगरमा उपचार गराईरहेकाहरुको नामावली;-
चालक धादिङ बस्ने बर्ष ३० को सुनिल तामाङ (गम्भीर)
झापा भद्रपुर नगरपालिका ९ बस्ने बर्ष २३ को जिवन तम्सिना (गम्भीर)
झापा भद्रपुर नगरपालिका ६ बस्ने बर्ष ६३ की बिन्दादेवी कामती (सामान्य)
झापा भद्रपुर बस्ने बर्ष ४३ को सुरज कामती (सामान्य)
निजको छोरी बर्ष १३ की जितु कामती (सामान्य)
निजकै छोरा बर्ष ७ को राज कामती छोरा (सामान्य)
झापा पृथ्वीनगर नगरपालिका १ बस्ने बर्ष ४३ की बबिता गुरुङ (सामान्य)

त्यसैगरी नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार गराईहेकाहरुको नामावली;-
झापा बोर्तामोड नगरपालिका २ बस्ने बर्ष २८ को दिनेश मगर (सामान्य)
काठमाण्डौ महानगरपालिका ३१ बस्ने बर्ष ४० को राजन श्रेष्ठ (सामान्य)
ताप्लेजुङ थुकिम्बा १ बस्ने बर्ष ३१ को अशोक बानिया (सामान्य)
दुर्घटनामा परी अन्य ३ जना सामान्य उपचार पश्चात घर फर्केको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

मानिससहित बरामद सामान भन्सार बुझाईयो
मोरङ, भाद्र ८ गते।

“सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत प्रहरीले मोरङको बिराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीबाट ८६ हजार मुल्य बराबरको सामान बरामद गरी आज भन्सार कार्यालयमा बुझाईएको छ। भारतबाट चोरी तस्करी गरी नेपाल ल्याउदै गरेको अबस्थामा ८६ हजार २ सय ५० रुपैँया मुल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा सहित बिराटनगर १७ बस्ने १८ बर्षिय मोहमद सद्धामलाई रानीबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको थियो। पक्राउ परेका मानिस र बरामद सामान कारबाहीकालागी भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक संतोष निरौलाले जानकारी दिनुभयो।

पूर्वको बिभिन्न स्थानमा सवारी दुर्घटना २ को मृत्यु ९ घाईते
बिराटनगर, भाद्र ८ गते।

पूर्बको बिभिन्न स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी ३ जना को मृत्यु भएको छ भने ९ जना घाईते भएका छन्।

झापा;- झापाको बुद्धशान्ति गाउँपालिका १ कालीखोलास्थित राजमार्गमा पिकअप भ्यानले जिपलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। मेची राजमार्ग अन्तर्गत उत्तरतर्फ जाँदै गरेको मे १ च २०११ नम्बरको जिपलाई सोही दिसातर्फ जाँदै गरेको मे १ ज २४६३ पिकअपले छाडीबाट ठक्कर दिएको थियो। ठक्करबाट जीपमा सवार इलाम रोङ गाउँपालिका ४ बस्ने सुदिप रसाईली गम्भिर घाईते भई उपचारकालागी बिएण्सी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। त्यस्तै सोही जिपमा सवार मेचीनगर नगरपालिका ९ माकुरमारी बस्ने तिलक रसाईलीको ११ बर्षिय छोरा सुदिप रसाईली र बुद्धशान्ती गाउँपालिका ४ बस्ने फुलकुमारी लिम्बु घाईते भएका भई सोही अस्पतालमा उपचार भईरहेको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

सिरहा;- सिरहाको नराह गाउँपालिका ५ मा बुधबार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। चोहर्वा सिरहा सडक खण्डमा चेहर्वातर्फ जाँदै गरेको स ३ प ८४३१ नम्बरको मोटरसाईकलको बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट सोही गाउँपालिका ४ बस्ने ५८ बर्षिया धनेश्वरी देवी यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिष्णुपुरले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

सुनसरी;- सुनसरीको गढी गाउँपालिका २ स्थित कच्ची वाटोमा को २९ प ३४९४ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सहित ४ जना घाईते भएका छन्। ठक्करबाट सोही ठाउँ बस्ने साईकलयात्री १८ बर्षिया १८ मुन्नी साह र ३० बर्षिया रुवी साह घाईते भएका हुन्। त्यस्तै मोटरसाईकल चालक दुहवी १ वस्ने वर्ष ३५ मोहमद आलम र पछाडि सवार वर्ष ३८ को मोहमद हारुन घाईते भई लाईफ गार्ड अस्पताल बिराटनगरमा उपचार भईरहेको छ।

ओखलढुंगाः- ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ स्थित बर्नालुमा बुधबार बलेरो दुर्घटनामा परी ३ जना घाईते भएका छन्। ओखलढुंगाबाट रुम्जाटारतर्फ जाँदै गरेको वा १५ च ८८४१ न को बलेरोको अचानक ब्रेक फेल भई भित्तामा ठोक्किएर सडकमा पल्टिएको थियो। दुर्घटनामा परी बलेरोमा सवार ओखल्ढुंगा सिद्धिचरण नगरपालिका ११ बस्ने वर्ष ४० को सुजन ताम्राकार, सोही नगरपालिका १२ बस्ने वर्ष २४ कि अनुषा नेपाली र सोही नगरपालिका ११ बस्ने वर्ष २३ कि मुना मग्राती घाईते भएका हुन्। घाईते तीनै जननाको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भईरहेको छ भने चालकलाई बिमानस्थल सुरक्षागार्ड रुम्जाटारले नियन्त्रणमा लिएको छ।

आगलागीबाट ५ लाखको क्षति
सोलुखुम्बु, भाद्र ८ गते।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्सा घरसंग टासिएको कोठामा रहेको क्यामेरा १ थान जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आगलागी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी दमकल र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो।

लागूऔषधसहित मानिस पक्राउ
झापा, भाद्र ७ गते।

झापाको मेची नगर नगरपालिका-६ मेचीपुलबाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको दार्जेलीङ कालिङपुङ बस्ने ३२ बर्षिय थुस्पेन लेप्चा र ३८ बर्षिय डेरोक लेप्चा रहेका छन्। उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा दिउँसो १२ बजे पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नाईट्रोसन ट्यावलेट १२४ र स्पास्मोप्रोसिभन ८४० ट्यावलेट बरामद गरेको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ।

घरको छतबाट खसेर २ बर्षिय बालकको मृत्यु
झापा, भाद्र ७ गते।

झापाको मेची नगरनगरपालिका-१० खयरडाँगीमा बुधबार घरको छतबाट खसेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मेची नगर नगरपालिका-१० बस्ने टिका राम रपालको २बर्षिय छोरा जोना रपाल रहेका छन्। विहान ८ बजेतिर आफ्नै घरको छतमा खेल्ने क्रममा बालक छतबाट खसेर गम्भिर घाइते बएक थिए। घाइते बालकलाई उपचारको लागी विएनसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

सवारी दुर्घटनामा ३ घाइते
सुनसरी, भाद्र ७ गते।

सुनसरीको इटहरी उप महानगरपालिका-१३ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएकी छिन्। घाइते हुनेमा इटहरी-१३ बस्ने अन्दाजी ५० बर्षिया गिता राई रहेकी छिन्। उनलाई दुहबीबाट खनारतर्फ आउदै गरेको को ४ प ८३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक जिल्ला मोरङ बाँसबारी-६ बस्ने २६ बर्षिय अपिल लामा र पछाडी सवार इटहरी ९ बस्ने अन्दाजी २७ बर्षिय करण चौधरी घाइते भएका छन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ।
यता सुनसरीकै गढी गाउँपालिका-५ मुसहरी टोलमा को १२ प ५६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ३० बर्षिया दयादेवी यादव घाइते भएकी छिन्। घाइते यादवको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने मोटरसाइकलका चालक फरार रहेकाले खोजी भइरहेको छ।

सवारी दुर्घटनामा ५ घाइते
विराटनगर, भाद्र ७ गते।

पूर्वको विभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएक छन्। संखुवासभाः संखुवासभाको मादी नगरपालिका-७ स्थित भित्रि सडकमा को २७ प १६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना हुदा मोटरसाइकल चालक मादी नगरपालिका-८ बस्ने २३ बर्षिय सुमन गुरुङ र पछाडी सवार उनकै श्रीमती २७ बर्षिया रुबिना गुरुङ घाइते भएकी छिन्। घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको प्रहरी चौकी मादीले जनाएको छ। मोरङः मोरङको बिराटनगर-‍१४ साल्ट ट्रेडीङ अगाडी बि आर ३८ जे ५५०० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई अनियन्त्रित हुदा मोटरसाइकल चालक भारत जोगवनी बस्ने २१ बर्षिय अमित तत्मा र पछाडी सवार मोरङ बिराटनगर-१६ दरैया बस्ती बस्ने २० बर्षिय रोहित शर्मा घाईते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। सप्तरीः सप्तरीको कन्चनरुप नगरपालिका-२ बरमझियामा बा ४ ख ६६७७ नम्बरको हाईलेक्स माईक्रोको ठक्करबाट साईकलयात्री सोही ठाउँका ४५ बर्षिय डम्बर दास घाइते भएका छन्। घाइते दासको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने माईक्रोका चालक इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा छन्।

फरार एक पक्राउ
इलाम, भाद्र ७ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिकारी रहेका छन्। अधिकारीलाई इलाका प्रहरी कार्यालय पशूपतिनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागी बुधबार अदालतमा उपस्थित गराइने उक्त कार्यालयले जनाएको छ।

मृत फेला
भोजपुर, भाद्र ७ गते।

भोजपुरको षडानन्द नगरपालिका-१४ बस्ने ६७ बर्षिय गणेश कुमार योगी मंगलबार मृत अवस्थमा भेटिएका छन्। सोही ठाउँका श्री कुमार राईको घरमा काम घर्न भनी बसेका योगीलाई बेलुका ९;४५ बजेतिर सुतीरहेको ठाउँमा मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङबाट प्रहरीको टोली खटिगई घटनाबारे थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ। यता सप्तरीको सुरुङ्गा नगरपलिका-५ बस्ने राज कुमार चौधरीको श्रीमती अन्दाजी ५० बर्षिया फुलमति चौधरीको मंगलबार राती अचानक मृत्यु भएको छ। आफ्नै घरमा सुतीरहेकी चौधरीले केले टोकेको भनेपछी उपचारको लागी लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताए। मृतकको शव राउ स्मारक अस्पताल लहानमा राखीएको छ भने घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडोरवानाले जनाएको छ।

मानव कंकाल फेला
मोरङ, भाद्र ७ गते।

मोरङको सुनबर्षी नगरपलिका-४ बटरबारी स्थित बक्राह खोलाको किनारमा मंगलबार मानव कंकाल फेला परेको छ। महिला पुरुष पहिवान गर्न नसकिने उक्त कंकाल स्थानियले अपरान्ह ४ बजेतिर भेटेपछी प्रहरी चौकि अमरदहमा खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

तास खेल्ने ५ जना जुवाडे पक्राउ
सुनसरी, भाद्र ६ गते।

सुनसरीको धरान उप-महानगपालिका १३ जिरोप्वाईन्टस्थित एक घरबाट प्रहरीले तास खेली रहेको अबस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान १३ बस्ने सुदा थापा, धरान १६ बस्ने रबिन लिम्बु, धरान १५ बस्ने भीम लिम्बु, धरान १० बस्ने राम गुरुङ र धरान ११ बस्ने राम प्रसाद राईलाई पक्राउ गरेको हो। प्रहरीले खालबाट नगद ४६ हजार १ सय १ रुपैँया, ६ बुङ तास र ४ थान मोबायल बरामद गरेको छ। पक्राउ परेका उनीहरु उपर आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

लागूऔषध दुर्व्यसनीलाई प्रहरीको सचेतना कार्यक्रम
मोरङ, भाद्र ६ गते।

इलाका प्रहरी कार्यालय रानीले मंगलबार लागूऔषध दुर्व्यसनीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको छ। “सिमावर्ती एरियामा लागूऔषध नियन्त्रण अभियान” अन्तर्गत भारतीय नाका जोगबनीमा लागूऔषध सेवन गरी फर्केका दुर्व्यसनीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याई स्थानीय बुद्दिजिबी, भद्रभलादमी तथा अभिवावक समेतको उपस्थितीमा लागूऔषध प्रयोगबाट समाज र व्यक्तीमा पर्ने असरहरुका बारेमा दुई घण्टा सचेतनामुलक प्रशिक्षण दिईएको हो। अभियान अन्तरगत आज ईनरुवा, धरान, तरहरा, ईटहरी, बेलबारी, उर्लाबारी, हरैचा, उदयपुर र बिराटनगरका बिभिन्न स्थानबाट भारतको जोगबनीमा आई लागूऔषध सेवन गरी फर्केका ५५ जना सेवनकर्ताहरु सहभागी रहेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो।

१२ किलो गाँजासहित एक पक्राउ
मोरङ, भाद्र ६ गते।

मोरङको बुढीगंगा गाँउपालिका-४ बाट प्रहरीले मंगलबार १२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका-१ भुटाह बस्ने ४९ बर्षिय जुगेश्वर साह रहेका छन्। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले उनको साथबाट अन्दाजी १\१ किलोका दरले १२ प्याकेट गाँजा बरामद गरेको हो। बरामद गाँजासहित साहलाई उक्त कार्यालयमा राखी थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ।

छुरा प्रहार गर्ने युवक लागूऔषधसहित पक्राउ
सुनसरी, भाद्र ६ गते।

सुनसरीको धरान-२ भानुचोकबाट प्रहरीले छुरा प्रहार गर्ने एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१५ माहादेव चोक बस्ने २८ बर्षिय श्रीमन मगर रहेका छन्। मंगलबार विहान १० बजेतिर मगरले को १ ख ४५४२ नम्बरको बसका कन्टेक्टर इटहारी-६ बस्ने २० बर्षिय राजु राईलाई छुरा प्रहार गरेपछी प्रहरिले नियन्त्रण लिने क्रममा उनको साथबाट लुपिजेसीक-२ एम्पुल, डाईजोल्याप-२ एम्पुल, एभिल-२ एम्पुल बरामद गरेको हो। पक्राउ परेका मगरलाई लागूऔषध र छुरासहित इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ भने छुरा प्रहारबाट घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ।

झापामा करेन्ट लागेर एकै परिवारका ३ जना घाइते
झापा, भाद्र ६ गते।

झापाको गौरिगंज गाउँपालिका-१ कुन्जिबारीमा मंगलबार करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। घाइते हुनेमा गौरीगंज गाउँपालिका-१ बस्ने ५५ बर्षिय चन्द्र काफ्ले, ४७ बर्षिया राधिका काफ्ले र २४ बर्षिया दमना काफ्ले रहेका छन्। उनीहरुलाई विहान ६ बजेतिर विधुतको लाईन चुडिएर जस्ताको छानो छुनगई अचानक करेन्ट लागेको हो। घाइते तीनै जनाको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरी चौकी कुन्जिबारीले जनाएको छ।

११ किलोग्राम गाँजासहित मुखिया पक्राउ
मोरङ, भाद्र ६ गते।

मोरङको बुढीगंगा गाउँपालिका ०१ स्थित कोशी राजमार्गबाट प्रहरीले सोमबार दिउँसो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सि.आर.भि. बाँसवारीबाट खटिएको टोलीले मोरङ जहदा गाउँपालिका १ भुटाहा बस्ने २३ बर्षिय हरिचन मुखियालाई ११ किलोग्राम गाँजासहित पक्राउ गरिएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ३७९ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने मुखियाको साथबाट सो परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो। बरामद गाँजा, मोटरसाईकल सहित मुखियालाई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ट्याक्टर र मोटरसाईकल अनियन्त्रित भई दुर्घटना ५ घाईते
तेह्रथुम, मोरङ, भाद्र ६ गते।

तेह्रथुम र मोरङ जिल्लामा सोमबार राती ट्याक्टर र मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। तेह्रथुमको छथर गाउँपालिका ५ स्थित भित्री सडक-खण्डमा शुक्रबारेबाट ओख्रेतर्फ जाँदै गरेको को १ त ६५६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। दुर्घटनामा परी ट्याक्टरका धनी तेह्रथुम सुदाप बस्ने ३७ बर्षिय छिरिङ लामा, ट्याक्टरका चालक तेह्रथुम आङदिम बस्ने २२ बर्षिय केशर बि.क. र सह-चालक आङदिम बस्ने मिलन शेर्पा घाइते भएका हुन्। घाईते तीनै जनालाई उपचारकलागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। त्यस्तै मोरङको बिराटनगर महानगरपालिका १५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्षिय अजय साह घाईते भएका हुन्। घाईते दुबैजनाको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

नदीमा बगेको दाउरा टिप्ने क्रममा डुबेर बेपत्ता
सुनसरी, भाद्र ५ गते।

सुनसरीको बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६५ बर्षिय भिम बहादुर मगर कोशी नदीमा डुबेर बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मगर अचानक डुबेर बेपत्ता भएपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मगरको खोजतलास गरिरहेको छ।

बसको ढोकाबाट खसेर बस धनीको मृत्यु
उदयपुर, भाद्र ५ गते।

उदयपुरको त्रियुगा नगरपालिका १५ स्थित चिलाउने भन्ने स्थानमा आज दिउँसो बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ। गाईघाटबाट रानीबासतर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका धनी खोटाङ धाप्लाङ बस्ने ३० बर्षिय केशब मगर घाईते भएका थिए। बसबाट खसेर गम्भिर घाईते मगरलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी साउनेले जनाएको छ। बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

मृत फेला
विराटनगर, भाद्र ५ गते।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालय नजिकै सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्। केही दिन देखी ठाउँमा सोही मागी खाई हिड्ने गरेका नामथर र वतन खुल्न नसकेका अन्दाजी ५० बर्षिय पुरुषलाई स्थानियले विहान ७ बजे उक्त स्थानमा मृत अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी पठाएको छ भने घटनाबारे अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ घाईते
मोरङ, सुनसरी, भाद्र ५ गते।

मोरङ र सुनसरी जिल्लामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन्। मोरङको बुढीगंगा गाउँपालिका २ टंकी चौकस्थित राजमार्गमा ना २ ख १८८५ नम्बरको ट्याङकरले को ११ प ९०५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन्। घाईते हुनेमा मोटरसाईकलमा सवार सुनसरी बराहाक्षेत्र नगरपालिका २ बस्ने बर्ष २१ को सुरज पण्डित घाईते भएका हुन्। घाईते पण्डितको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने ट्याङकरका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा राखिएको छ। त्यस्तै सुनसरीको दुहवी नगरपालिका ६ ढकाल चौकस्थित राजमार्गमा को १८ प ६७५२ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक बृद्धा घाईते भएकी छन्। ठक्करबाट पैदलयात्री दुहबी नगरपालिका १ पराष्टोकि बस्ने ६० बर्षिया भुतीदेवी चौधरी घाईते भएकी हुन्। ठक्करबाट चौधरीको मुखमा चोट लागेको छ। उनको स्थानीय मेडीकल दुहबीमा उपचार भईरहेको छ भने मोटरसाईकल चालक इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा राखिएको छ।

घर भत्किएर २ लाख ६० हजार बराबरको क्षति
संखुवासभा, भाद्र ५ गते।

संखुवासभाको मादी नगरपालिका- ४ बस्ने भानुभक्त दाहालको ढुङ्गा माटोले बनेको घर आइतबार विहान अचानक लड्दा अन्दाजी २ लाख ६० हजार बराबरको क्षति भएको छ। दाहालको घर भित्र भएको गाई, ३ वटा बाख्रा तथा घर भित्र भएको सम्पूर्ण समान समेत पुरिदा उक्त मुल्य बाराबरको क्षति भएको पिडितले बताए।

आपत्तिजनक अवस्थामा दुई जोडी पक्राउ
मोरङ, भाद्र ४ गते।

प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षिय दुई युवा रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रानीको टोलीले आइतबार बिहान ''होटल, लज तथा रेष्टुरेन्ट चेकजाँच अभियान" होटलहरु चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका जोडीलाई आवश्यक अनुसन्धान पश्चात कानूनी प्रकृया शुरु गरिने इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो।

दुई लाख तैत्तीस हजार बराबरको सामान भन्सार बुझाइयो
मोरङ, भाद्र ४ गते ।

ईलाका प्रहरी कार्यालय रानीले आइतबार दुई लाख तैत्तिस हजार नौ सय असी मुल्य बराबरको अबैध सामान भन्सार बुझाएको छ। भन्सार चोरी निकासी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले बिभिन्न मितिमा भारतबाट चोरी छिपाई भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा लत्ताकपडा, खाद्यान्न, खसी बोका र प्रतिबन्धित रजनीगन्धा पानमसाला नियन्त्रणमा लिएको थियो। बरामद सामानहरुमा आवश्यक कारवाहीकालागी आइतबार विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।

छुट्टाछुट्टै सवारी दुर्घटना १ को मृत्यु १३ घाईते
झापा, सुनसरी, भाद्र ४ गते।

पूर्वको झापा र सुनसरीमा आईतवबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्।
झापा;- झापाको बिर्तामोड नगरपालिका १ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ३५० नम्बरको मोटरसाईकलको ठक्करबाट झापा बाह्रदर्शी गाउँपालिका ५ बस्ने ६५ बर्षिय कृष्ण भट्टराईलाई सडक पार क्रममा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईते भट्टराईको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। ठक्कर दिने मोटरसाईकलका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
सुनसरी;- सुनसरीको ईनरुवा नगरपालिका ७ स्थित हलेसी चौकमा हाईस माईक्रो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन्। पूर्वतर्फ आउँदै गरेको बा ४ ख ४१७२ नम्बरको हाईस माईक्रो अनियन्त्रित भई सडकमा पल्टिदा गाडीमा सवार १३ जना यात्रु घाईते भएका थिए। घाईते सबैको अबस्था सामान्य रहेकोले ईनरुवा अस्पतालमा उपचार पश्चात डिष्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माईक्रोका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

जारी मुद्दा र लागूऔषध मुद्धाका फरार ३ पक्राउ
इलाम, मोरङ, भाद्र ४ गते।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम र मोरङबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। सम्मानित जिल्ला अदालत इलामबाट जारी मुद्धामा फरार रहेका रोङ गाउँपालिका ४ बस्ने २९ बर्षिय मान बहादुर लेप्चा र उनकै श्रीमती २६ बर्षिया सम्झना बम्जन तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई सम्मानित जिल्ला अदालत ईलाममा उपस्थित गराइने इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। यता मोरङमा लागूऔषध मुद्धामा फरार रहेका मोरङ बिराटनगर महानगरपालिका १४ बस्ने ४३ बर्षिय सिहेश्वर यादबलाई पक्राउ गरी कारागार चलान गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले लागूऔषध मुद्दामा २ महिना ८ दिन कैद तथा १५ सय जरिवाना सजाए भई फरार रहेका यादबलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईएको थियो। यादवलाई तोकिएको सजाय भुक्तानकालागी आजै जिल्ला कारागार मोरङ चलान गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

प्रहरीको स्वास्थ्य शिविर 
विराटनगर, भाद्र ४ गते।

नेपाल प्रहरीले शनिबार तेस्रो दिन पनि सिरहाको कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पतालबाट आएका चिकित्सकको टोली र पूर्व क्षेत्रीय अस्पताल रुपनीका टोलीले सिरहाको कल्याणपुर नगरपालिका ४, ५ र ६ का बाढी पिडितहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो। शिविरमा ११४ जना महिला र ९३ पुरुष जना गरी जम्मा २०७ जना बाढी पिडित महिला, बालबालिका तथा पुरुषहरुको शिविर स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ। यसअघि सोही टोलीबाट सप्तरी र सिरहाको विभिन्न ठाउँमा स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो।

८६ हजार बढीको भन्सार छलेको सामान बरामद 
मोरङ, भाद्र ४ गते।

ईलाका प्रहरी कार्यालय रानीको तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत प्रहरीले शनिबार ८६ हजार ७ सय ८० मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा, खाधान्न,खसी बोका प्रतिबन्धित रजनिगन्ध बरामद गरेको हो। बरामद सामान आइतबार भन्सार कार्यालयमा बुझाईने प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।

आगालगीबाट ६ लाख बढीको क्षति
संखुवासभा, भाद्र ४ गते।

संखुवासभाको सिलिचुङ गाँउपालिका-३ लगुवा बस्ने धन बहादुर राईको घरमा शनिबार आगालगी भएको छ। राईको ढुङगा माटोले बनेको २ तले घरमा विहान अचानक सल्केको आगोले घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख ६२ हजार ७ सय बराबरको क्षति भएको स्थानियले बताए। आगलागी प्रहरी चौकी ताम्कुमाबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणामा लिएको उक्त कार्यालयले जनाएको छ। 

सिरहामा पोखरीमा डुबेर बालकको मृत्यु
सिरहा, भाद्र ४ गते।

सिरहाको लहान नगरपलिका-१३ दम्दाह टोलमा शनिबार पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका जगविर यादवको छोरा अन्दाजी ८ बर्षिय राजु यादव रहेका छन्। विहान १० बजेतिर घरबाट खेल्न निस्किएका राजुको खोजी गर्ने क्रममा अपरान्ह घरबाट अन्दाजी १० मिटर टाढा पोखरीमा डुबी मृत अवस्थामा भेटिएका स्थानियले बताए। घटनास्थलामा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया तथा अनुसन्धान भइरहेको छ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला
इलाम, भाद्र ४ गते।

इलामको इलाम नगरपालिका-९ दोलखा स्थित माईखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव शनिबार फेला परेको छ। साउन ३० गते पौडी खेलने क्रममा बेपत्ता भएका इलाम नगरपालिका-७ बस्ने ३३ बर्षिय रोहन आचर्यकोको शव शनिबार दिउँसो २ बजे तिर सोही खोलाको किनारमा फेला परेपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।

झापामा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु
विराटनगर, भाद्र ३ गते।


झापा जिल्लाको विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गौरीगन्ज गाउँपालिका १ की अन्दाजी ४७ वर्षिया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका ८ झिलझिलेका १३ वर्षिय दिपेश राई र झापा गाउँपालिका २ हल्दारवस्तीका ४५ वर्षिय यादव पोखरेल रहेका छन। शनिबार अपरान्ह गौरीगन्ज बजारबाट घर फर्कनेक्रममा माई खोला तर्न खोज्दा भेलले बगाउँदा बिन्दा मगरको मृत्यु भएको छ। त्यसैगरी घर नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा दिपेश राईको पानीमा डुबर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको शनिबार विहान मृत्यु भएको थियो ।

सप्तरीमा ट्याक्टरबाट लडेर बालिकाकको मृत्यु
सप्तरी, भाद्र ३ गते।

सप्तरीको राजविराज नगरपालिका-१२ मा शनिबार ट्याक्टरबाट लडेर एक बालिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँकी मनबिर सदाको ३ बर्षिया छोरी खुस्बु कुमारी सदा रहेकी छिन्। विहान ८ बजेतिर स १ त २७४७ नम्बरको ट्याक्टर अचानक खसेकी बालिकाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा ८;३० बजे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ट्याक्टर र चालक फरार रहेकाले खोजी भइरहेको छ। यता झापाको अर्जुनधारा-४ स्थित भित्री- सडक खण्डमा मे २ प ७५४४ नम्बरको मोटरसाइकल र मे ६ प १६५० नम्बरको स्कुटर आपसमा ठोक्दा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ बस्ने ३५ बर्षिय मान बहादुर रम्तेल र पछाडी सवार सोही ठाउँका ४० बर्षिय बिदुर पुलामी घाइते भएका छन्। घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।

आगालगीबाट २ लाख बराबरको क्षति
मोरङ, भाद्र ३ गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुर स्थित बिजय बरालको घरमा भएको मोबाइल पसलमा शुक्रबार आगलागी भएको छ। सुन्दरहरैचा-५ घर भएका राम थापाले भाडामा लिई संञ्चालन गरेको उक्त पसलमा बेलुका ८ बजेतिर बिधुत सर्ट भई अचानक अगलागी भएको थियो। आगलागीबाट थापाको बिभिन्न किसिका ईलेक्ट्रोनिक्स समानहरु जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी विराटचौकबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो।
यता सुनसरीको गढी गाउँपलिका-२ बस्ने बिनोद कुमार मेहताको घरमा समेत शुक्रबार आगलागी भएको छ। अपरान्ह ४ बजेतिर घाइको गोठमा घुर बाल्ने क्रममा मेहताको घरमा अचानक आगलागी भएको थियो। आगलागीबाट काठपात भाडावर्तन, सुन तथा चाँदी समेत जल्दा अन्दाजी २५ हजार २ लाख ५० हजार बारबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी औराबनीबाट खटिएको प्रहरीको टोली, दमकल तथा स्थानियबासीको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

जिपको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु
सिरहा, भाद्र ३ गते।

सिरहाको कर्जन्हा गाउँपालिका-२ मा शुक्रबार जिपको ठक्करबाट घाइते भएका एक मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ। हुनेमा जिल्ला धनुषा नानुपट्टी-७ बस्ने अन्दाजी ३५ बर्षिय नबिब राइन रहेका छन्। उनी सवार ज ८ प.१२६८ नम्बरको मोटरसाइकललाई विहान ११ बजेतिर बा २ झ २९६६ नम्बरको जिपले टक्कर दिएको थियो। उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन्।

सर्पदंशबाट ११ वर्षिय बालकको मृत्यु
सिरहा, भाद्र ३ गते।

सिरहाको सखुवानान्करकट्टि गाउँपालिकामा विषालु सर्प डस्दा शुक्रबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा सखुवानान्करकट्टि गाउँपालिका-१ बेने पर्शुराम सदायको छोरा ११ बर्षिय भागवत सदाय रहेका छन। बालकलाई विहान ९ बजेतिर खेल्ने क्रममा अचानक सर्पले डसेको थियो। उनको लहान स्थित राउ स्मारक अस्पताल लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ।

आगलागीबाट तीन लाख बराबरको क्षती
सुनसरी, भाद्र २ गते।

सुनसरीमा शुक्रबार एक घरमा आगलागी हूँदा अन्दाजी तीन लाख बराबरको क्षती भएको छ। आगलागीबाट ईनरुवा नगरपालिका ६ हलेसी चौक बस्ने यज्ञबहादुर घिमिरेको घरभित्र रहेको  नगद विस हजार, चार आना सुन, दुई थान मोवाईल फोन, फ्रिज, फर्निचर, पंखा जलेका छन।  घिमिरेको घरमा दिउँसो १४३० बजेतिर अचानक ग्याँस लिक हुँदा अचानक आगलागी भएको बुझिएको छ।

एक लाख बढीको भन्सार छलेको सामान बरामद
मोरङ, भाद्र २ गते।

ईलाका प्रहरी कार्यालय रानीको तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत प्रहरीले शुक्रबार एक लाख सन्ताउन्न हजार दुई सय मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा, खाधान्न बरामद गरेको हो। बरामद सामान मिति २०७४।५।४ गते भन्सार कार्यालयमा बुझाईने प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।     

सुनसरीमा विस किलो गाँजासहित एक पक्राउ
सुनसरी, भाद्र २ गते।

सुनसरीको वराह नगरपालिका २ बाट प्रहरीले विस किलो तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा वराह नगरपालिका ६ शिवाल बस्ने वर्ष ४० को शम्भु मण्डललाई ईलाका प्रहरी कार्यालय चतराका प्रहरी निरीक्षक गंगा पौडेलको टोलीले पक्राउ गरेको हो। प्रहरीले साह मण्डल सवार को १४ प ४१५२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई राखेको छ। पक्राउ परेका मण्डल अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालयमा छन।

मोरङमा करेन्ट लागेर एकको मृत्यु
मोरङ, भाद्र २ गते।

मोरङको बुढीगंगा गाउँपालिकामा छाना सफाई गर्नेक्रममा विजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका ४ हिमालय साईकल सिटी रिक्सा उधोगमा काम गर्ने कामदार सोही गाउँपालिका ६ का अन्दाजी १८ वर्षिय अनिल कुमार साह रहेका छन। साहको शुक्रबार अपरान्ह उधोगको छाना सफाई गर्नेक्रममा विजुलीको तार छुन गई करेन्ट लाग्दा उपचारकाक्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनाबारे प्रहरीबाट अनुसन्धान भई रहेको छ।

झापामा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
झापा, भाद्र २ गते।

झापाको कचनकवल गाउँपालिका-१ भेलामुनीमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका अम्बर श्रेष्ठको ११ बर्षिय छोरा सुलभ श्रेष्ठ रहेका छन्। विहान ६ बजेबाट अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको पानी जमेको खाल्डोमा विहान ९ बजेतिर भेटको भनी प्रहरीमा खबर गरेका थिए। घटनास्थलाम जिल्ला प्रहरी कर्यालय झापाबाट प्ररहीको टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ।

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
सुनसरी, भाद्र २ गते।

सुनसरीको बराह नगरपलिका- ६ चिलिया टापुमा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु हुनेमा सोही ठाउँका ६० बर्षिय सम्भुलाल यादव रहेका छन्। विहीबार दिउँसो भैँसी चराउन भनेर हिँडेका यादव घर नफर्कीएपछी खोजी गर्ने क्रममा घर नजिकै रहेको जंगलमा हात्तीले आक्रमण गरेको अवस्थमा उनको शव शुक्रबार विहान ७ बजे फेला परेको फेला परेको स्थानियले बताए। घटनास्थलाम प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको सुनसरी प्रहरीले जनाएको छ।

म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते
सुनसरी, भाद्र २ गते।

सुनसरीको ईटहरी उप-महानगरपलिका- १७ बालग्राम चोकमा शुक्रबार म्याजिक भ्यानको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। विहान १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ज २२१८ नम्बरको म्याजिक भ्यानले को १ प ९१० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक सुनसरी ईटहरी ५ पचरुखी बस्ने २२ बर्षिय समिर थापा घाइते भएका छन्। घाइते थापाको सामुदायिक अस्पताल ईटहरीमा उपचार भइरेहको छ भने भ्यान र चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्। यता सिरहाको कर्जन्हा गाउँपालिका-२ मा बा २ झ २९६६ नम्बरको जिपको ठक्करबाट ज ८ प.१२६८ नम्बरको मोटरसाईकल चालक जिल्ला धनुषा नानुपट्टी-७ बस्ने अन्दाजी ३५ बर्षिय नबिब राइन घाइते भएका छन्। घाइते राईनको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ भने गाडी र चालक इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा छन्।

छुट्टा छुट्टै सवारी दुर्घटनामा १० घाइते
विराटनगर, भाद्र २ गते।

पूर्वको मोरङ र सप्तरीमा विहीबार भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन्।
मोरङः मोरङको धनपालथान गाउँपालिका- ६ कदमाहा चौकमा को ३ प ९५२८ नम्बर र मे ८ प ६२६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा रंगेली नगरपलिका-१ सखरदिना बस्ने ४५ बर्षिय पुरन चौधरी, धनपालथान-६ कदमाहा बस्ने २४ बर्षिय विनय राय र ३८ बर्षिय रमानन्द राय घाइते भएका छन्। घाइते तीनै जनाको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। त्यस्तै सोही गाउँपालिका-५ स्थित रंगेली-बिराटनगर सडक खण्डमा को ९ प १७०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक रंगेली नगरपालिका- २ बबियाबिर्ता बस्ने २० बर्षिय प्रेम मिश्र र पछाडी सवार सोही ठाउँका अन्दाजी ३२ बर्षिय हरी खवास घाईते भएका छन्। घाइते दुवैको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरेहको छ। यता मोरङको विराटनगर महानगरपालिका-१ शंकर चोकमा को १० प ९३०२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँको ३ बर्षिय अमित कामत घाइते भएका छन्। घाइते बालकको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन्। सप्तरीः सप्तरीको शम्भुनाथ नगरपालिका-६ स्थित पूर्व-पस्चिम राजमार्गमा बा ८२ प २५५८ नम्बरको मोटरसाइकल र को २३ प ६७०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा अन्दाजी २२ बर्षिय सन्तपष सदा, रौतहट चन्द्रपुर नगरपालिका- ६ बस्ने अन्दाजी २० बर्षिय बिकल्प श्रेष्ठ र सर्लाही बरहथवा नगरपालिका- ३ बस्ने ३० बर्षिय अरुण कार्की घाईते भएका छन्। घाइते तीनै जनाको न्युरो अस्पताल विराटनगरलमा उपचार भइरेहको छ । दुवै मोटरसाइकल प्रहरी चौकी कठौनाको नियन्त्रणमा छन्। यता सप्तरीकै कृष्ण सबरण गाउँपालिका-१ स्थित पूर्व –पश्चिम राजमार्गमा को २४ प ३३९९ नम्बरको मोटरसाइकले साइकललाई ठक्कर दिदा साइकलयात्री सोही ठाउँकी ४५ बर्षिया सुक्री देवी चौधरी घाइते भएकी छिन्। उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरेहको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रण छन्। त्यस्तै रुपनी गाउँपालिका-६ मा को २९ प ९३०९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ४२ बर्षिय अभय कुमार सिंह घाइते भएका छन्। उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

घर बनाउने क्रममा लडेर कामदार घाइते
उदयपुर, भाद्र २ गते।

उदयपुरको कटारी नगरपालिका- ४ गोलपार्क स्थित मंगलमाया तामाङको घर बनाउने क्रममा लडेर विहीबार एक कामदार घाइते भएका छन्। घाइते हुनेमा कटारी नगरपालिका-५ भुल्के बस्ने अन्दाजी ३० बर्षिय सागर राई रहेका छन्। घर बनाउने क्रममा अपरान्ह ४ बजेतिर २ तला माथीबाट अचानक खसेका उनको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ।

झापामा अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु
झापा, भाद्र २ गते।

झापाको कन्काइ नगरपालिका-८ स्थित पूर्व पश्विम राजमार्गमा विहीबार अज्ञात सवारीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। नामथर वतन खुल्न नसकेका अन्दाजी ६० बर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमुनीबाट खटिएको मोबाईल गाडीको टोलीले सवारी साधनको ठक्करबाट गम्भिर घाइते अवस्थामा सडककको दाँया साइडमा बेलुका ९ बजे भेटेको थियो। उनलाई तत्काल उपचारकालागी विएनसी अस्पताल विर्तामोड पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी तथा मृतकको पहिचागर्ने कार्य भइरहेको छ।

प्रहरीको स्वास्थ्य शिविर
विराटनगर, भाद्र १ गते।

नेपाल प्रहरीले बिहिवार दोश्रो दिन पनि सिरहा र सप्तरीका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पतालबाट आएका चिकित्सकको टोली र पूर्व क्षेत्रीय अस्पताल रुपनीका टोलीले सिरहा मिर्चैया नगरपालिका ५ मुसरीटोल, सप्तरी तिलाठी-कोइलाडी गाउँपालिका ३ सखरपुराका बाढी पिडितहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। शिविरमा ४४९ जना बाढी पिडित महिला, बालबालिका तथा पुरुषहरुको शिविर स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ। यसअघि सोही टोलीबाट बुधबार सप्तरीको एक र सिरहाको दुई स्थानमा संचालन गरिएको स्वास्थ्य शिविरमा ३६० जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो।

मोरङमा खोलालले बगाई युवतीको मृत्यु
मोरङ, भाद्र १ गते।

मोरङको पथरी-शनिश्चरेस्थित पथरी खोलाले बगाउँदा बिहिबार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला भोजपुर खैराङ-६ घर भई पथरी-शनिश्चरे ६ स्थित ठुलो बुवा दानबहादुर कार्कीको घरमा बस्दै आएकी अन्दाजी १६-१७ वर्षिया सरिता कार्की रहेकी छिन। उनलाई बिहिबार दिँउसो वस्तु चराउन खोला पारी जानेक्रममा खोलाले बगाई लगेको थियो। उनको शव अन्दाजी २०० मिटर पर फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। यस्तै झापाको रतुवा खोलाले बगाई ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। सेतो हाफपाईन्ट र घाँटीमा पहेलो माला लगाएको अन्दाजी ५०-५५ वर्षका तराई मुलका जस्तो देखिने पुरुषको शव गौरादह नगरपालिका ६ विपी चोकदेखि दक्षिण धानखेतमा घोप्टो परेको फेला परेको हो। मृतकको नामथर खुल्न सकेको छैन। उनको पहिचान गर्ने कार्य भई रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ। 

मृत फेला
सोलुखुम्बु, भाद्र १ गते।

सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-७ रोक्तिबजार नजिकै विहीबार सोही ठाउँका राजेन्द्र कुमार बस्नेत मृत अवस्थामा भेटिएका छन्। अन्दाजी ४५ बर्षिय बस्नेतलाई विहान ११ बजेतिर स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको उक्त कर्यालयले जानएको छ। त्यस्तै झापाको गौरादह नगरपालिका-६ स्थित विपी चोक नजिकै धान खेतमा रतुवा खोलाले बगाइ ल्याएको अन्दाजी ५० बर्षिय नाम थर खुल्न नसकेका एक पुरुषको शव फेला परेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरहेको छ।

बलेरो दुर्घटनामा २ घाइते
उदयपुर, भाद्र १ गते।

उदयपुरको त्रियुगा नगरपलिका-१४ मा विहीबार बलेरो गाडी दुर्घटना हुदा २ जना घाइते भएका छन्। साउनेबाट गाईघाटतर्फ आउदै गरेको ज १ च १५४६ नम्बरको बलेरो दिउँसो १ बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा बलेरोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-११ बस्ने ५५ बर्षिय टिका बस्नेत र खोटाङ सिम्पानि-९ बस्ने १६ बर्षिय उमेश थापा घाइते भएका छन्। घाइते दुवैलाई उपचारकोलागी विराटनगर ल्याइएको छ भने बलेरोका चालक फरार रहेकाले खोजीकार्य भइरहेको नगर प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते
मोरङ, भाद्र १ गते।

मोरङको बुढीगंगा गाउँपालिका-२ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा विराटनगर-१९ घिनाघाट बस्ने १९ बर्षिय विश्वनाथ राजवंशी रहेका छन्। उनी सवार को १९ प ७९९६ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४७८५ नम्बरको ट्रकले विहान ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते राजवंशीको विराटमेडिकल कलेज मोरङमा उपचार भईरहेको छ भने ट्रकका चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

बेग्लाबेग्लै सवारी दुर्घटनामा ६ घाइते
विराटनगर, भाद्र १ गते।

मोरङ, सुनसरी र उदयपुर जिल्लामा बुधबार साँझ भएको बेग्लबेग्लै सवारी दुर्घटनामा परी जना घाइते भएका छन।
मोरङः- रंगेली-विराटनगर सडक खण्ड अन्तरगत कटहरी गाउँपालिका ४ नयाँबजारमा को २४ प ५३४० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री सोही ठाउँका विरेन्द्र सिंह घाइते भई उपचारकालागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ। ठक्करबाट सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। दुर्घटनामा मोटरसाइकल पछाडी सवार कटहरी ९ का संजय कामत र हरि किशोर कामत सामान्य घाइते भएका छन। दुबैको कोशी अंचल अस्पतालमा उपचार भई रहेको छ।
सुनसरीः- कोशी राजमार्ग अन्तरगत इटहरी उपमहानगरपालिका २० पानीपियामा ईटहरीबाट धरानतर्फ जादै गरेको को.१ ख.२४८८ नम्बरको सेफ्टि ट्याङकी सफा गर्ने ट्याङकरले ठक्कर दिंदा को.१६ प ९३०१ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान-५ बस्ने जस बहादुर राई र पछाडी सवार धरान-८ का भुवन माझी घाइते भएका छन। दुबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ। ठक्कर दिने ट्याङकरका चालक प्रहरी नियन्त्रणमा छन।
सप्तरीः- पूर्व पश्चिम राजमार्ग अन्तरगत शम्भुनाथ नगरपालिका ६ मा बा.१३ च. ९४९९ नम्गरको कार र बा ३ ख ८६२१ नम्बरको माईक्रो एक अर्कासंग ठोक्किंदा कारका चालक झापा कन्काई नगरपालिका ३ बस्ने जंगबहादुर विश्वकर्मा घाइते भएका छन। घाइते चालकलाई स्थानीय क्लिनिक पुर्‍याई उपचार गराइएको छ । हाल उनको सामान्य रहेको बुझिएको छ।

जंगली च्याउ खाँदा विरामी
तेह्रथुम, भाद्र १ गते।

जंगली च्याउ खाँदा तेह्रथुममा एक जना महिला विरामी परेकी छिन। म्याङलुङ नगरपालिका नगरपालिका ९ बस्ने प्रेम बहादुर लिम्बुकी ३७ वर्षिया पत्नी प्रमिला लिम्बु उत्तिसको रुखमा उम्रिएको च्याउ पकाएर खाँदा विरामी परेकी हुन। विरामी महिलाको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारकालागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ। उनको अवस्था गम्भीर रहेको बुझिएको छ।

भरुवा बन्दुक बरामद
झापा, भाद्र १ गते।

झापाको हल्दीबारी गाउँपालिका ३ मा बुधबार एक थान वेवारिसे भरुवा बन्दुक फेला परेको छ। हल्दिवारी ३ रातमाटे सामुदायीक वन उपभोक्ता समुहको गस्ती टोलीले स्थानीय काजली खोला किनारमा बेवारिसे छाडिएको भरुवा बन्दुक फेला पारी प्रहरी चौकी जलथलमा बुझाएका हुन। बरामद बन्दुक प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ।

 

आगलागीबाट १० लाखको क्षति

ईलाम, असोज २१ गते।

ईलामको देउमाई नगरपालिका ३ मा शुक्रबार राती आगलागी भएको छ। स्थानीय मन बहादुर मगरको भन्सा घरबाट अचानक आगलागी हुँदा टिनको छानो भएको दुई तले घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख मुल्य बराबरको क्षति भएको हो। उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ।