प्रहरी नागरिक हातेमालो (P2H2) कार्यक्रम

             १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर

              प्रहरी मेरो साथी (Police My Friend)

प्रहरी- नागरीक हातेमालो (Police Public Hand in Hand-P2H2) “शान्तिदूत”कार्यक्रम 
p1
 
 विराटनगर स्थित अरनिको कलेजका छात्र/छात्रहरुमाझ १ नम्बर  प्रदेश प्रहरी कार्यालयका प्रहरी
 

१. परिचय

      नेपाल प्रहरीले सीमित श्रोत र साधनको अधिकतम उपयोग गरी आफ्नो व्यवसायिक सीप र कौशलको प्रयोग गर्दै अहोरात्र खटिई समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न जिम्मेवार ढंगले सकृय भई आफ्नो कर्तव्य निर्वाह गर्दै आईरहेकोविद्यमान अवस्थामा प्रहरी सेवालाई थप जनमुखि तथा प्रभावकारी वनाउनयुवाहरुको साथ अपरिहार्य हुने कुरालाई हृदयङ्गम गरी विभिन्न विध्यालयहरुका किशोर किशोरीहरुलाई प्रहरी कार्य,अपराध अनुसन्धान तथा दैवी प्रकोप जस्ता आपतकालिन अवस्थामा सुरक्षात्मक उपाय लगायतका प्रहरी कार्यहरुको अवधारणा दिलाई भविष्यमा जनताको प्रहरीप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याई उनीहरुकै साथ र सहयोगमा प्रहरीले समाजमा आफ्नो व्यवसायिक क्षमता प्रर्दशन गरी संगठनको अपेक्षित लक्ष्यलाई मूर्तरुप दिन तथा प्रहरी कार्यशैलीलाई समेत समय सापेक्ष बनाउँदै थप उपलब्धीमूलक र जन-प्रभावकारी बनाउन बाञ्छनीयहुने महशुसगरी १ नम्बर प्रदेश प्रहरी कार्यालय र स्थानीय सामुदायिक तथा संस्थागत बिद्यालयएवं उच्च मा.बि.का बिधार्थी, शिक्षकहरुसंग अन्तरकृया गरीPolice Public Hand in Hand Programअन्तर्गत"शान्तिदूत"तालीम कार्यक्रम संचालनगर्न प्रहरी र शिक्षकहरुको संयुक्त समिति गठन गरिएको

२. उदेश्य

  • विध्यार्थीहरुलाईChange Agent(परिवर्तनका संवाहक)को रुपमा परिमार्जन गर्ने।
  • सुरक्षात्मक उपाय बारे जानकारी भई उपायहरु अबलम्बन गर्न सक्ने।
  • बिध्यार्थीहरुको जल्दो बल्दो समस्याहरु पहिचान गरी न्यूनीकरणमा सहयोगपु-याउने।
  • अपराध परिचय,अपराधकोसूचना र अपराधको न्यूनीकरणमा नागरिक र प्रहरीको दायित्वको सम्बन्धमा जानकारी हुने।
  • मानव अधिकार र यसको महत्वबारे जानकारी
  • लागूऔषध र त्यसको असर सम्बन्धमा जानकारी,ट्राफिक संकेत तथा यसको प्रयोग र महत्वबारे जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको छ ।
  • प्रहरी र छात्र छात्राहरुको सहकार्यबाट बिध्यालयहरुमा अपराधरहित बाताबरण श्रृजना गर्ने र भबिष्यमा आदर्श नागरिकको तयारि गर्ने।

३. उपलब्धि

  • प्रहरी र छात्र/छात्राहरुको सहकार्यबाट बिद्यालयमा अपराधरहित वातावरण श्रृजना गर्ने
  • आदर्श नागरिकको निर्माणमा मद्धतगराउने ।
  • समाजमा देखा पर्ने विकृतिलाई न्यूनिकरणगर्ने ।
  • प्रहरीप्रति आम जनताको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुग्ने ।
  • गुण्डागर्दी,दादागिरी तथा बदमास समूहरुमासकारात्मक संस्कृति(Positive Peer Culture)को भावना जगाई अपराध निरुपणमा सहयोग पुरयाउन मद्धत गर्ने
  • बिध्यालय क्षेत्र र सेरोफेरोलाई शान्ति क्षेत्र बनाउन यस कार्यक्रमबाट उपलब्धी हासिल हुनेछ ।

४. लक्षित समूह

विभिन्न सरकारी तथा निजी बिध्यालयहरुकाकक्षा ८,,१०, ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरु ।

५. प्रशिक्षणका बिषयबस्तु

  • उदघाटन तथा परिचयात्मक कार्यक्रम
  • प्रहरी संगठन सम्बन्धमा ।
  • क्वार्टरगार्ड,फाँट,राशन,संचार साधन आदि सम्बन्धमा ।
  • Open Interaction
  • प्रहरी र नागरिकको अधिकार,जिम्मेवारीका सम्बन्धमा ।
  • सामुदायिक प्रहरी सम्बन्धमा ।
  • Leadership  Instructor Qualitiesविकास गर्ने सम्बन्धमा ।
  • अपराध परिचय,अपराधको सूचना र अपराधको न्यूनीकरणमा नागरिक र प्रहरीको दायित्व ।
  • लागू औषध र त्यसको असर सम्बन्धमा ।
  • प्रकोप ब्यबस्थापनमा विद्यार्थी/नागरिक तथा प्रहरीको भुमिका सम्बन्धमा
  • ट्राफिक कार्य र नियम सम्बन्धमा ।
  • मानव बेचविखन, Cyber Crime ,घरेलु हिंसा तथा सार्वजनिक अपराध सम्बन्धमा ।
  • मानव अधिकारको सम्बन्धमा ।
  • Post Interactionतथा तालिम समापन कार्यक्रम ।

६. क्रियाकलापहरु

  • प्रशिक्षण शिविर संचालन गर्ने ।
  • विद्यालयहरुमा गई सचेतनामुलक कक्षा, अन्तरकृया र छलफल कार्यक्रम राख्ने ।
  • सचेतना कार्यक्रमका सहभागी बिध्यार्थी मध्येबाट प्रशिक्षक छनोट गर्ने ।
  • बिशिष्टिकृत तालिम ।

     ७. १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा “प्रहरी नागरीक हातेमालो (Police Public Hand in Hand-P2H2) कार्यक्रम”           अन्तर्गत विभिन्न स्थानहरुमा संचालन गरिएको "शान्तिदूत" कार्यक्रमहरु (आर्थिक वर्ष २०७३/०७४ मा सम्पादित कार्यक्रमहरु  ) ।

p2

 

सि.नं. मिति जिम्मेवार निकाय प्रशिक्षण दिईएको स्थान प्रशिक्षणको विषय उपस्थित संख्या
२०७३/०४/१२

१ नम्बर प्रदेश प्रहरी कार्यालय

रानी विराटनगर ।

जिल्ला सुनसरी, भासीमा स्थानियमहिलाहरुमाझ ट्राफिक प्रहरी, लागू औषध, अपराध न्युनिकरण, घरेलु तथा महिला हिंसा, मानव अधिकार, सामुदायिक प्रहरी,विद्युतिय अपराध , उल्लेखित विषयवस्तुमा आधारित स्ट्रिकर टाँस अभियान लगायतका विषयमा जनचेतना मूलक कार्यक्रम ५१
२०७३/०४/२३ ,, जिल्ला मोरङ ,विराटचोकका स्थानियमहिलाहरुमाझ ६७
२०७३/०४/२६ ,, एम्स कलेज विराटनगर ६४
२०७३/०४/३० ,, मेरिलेण्ड कलेज विराटनगर ६०
२०७३/०५/०५ ,, विराटनगर स्थित जतुवाका स्थानियहरुमाझ ७३
२०७३/०५/०८ ,, विराटनगर रानी भन्सार   २५०
२०७३/०५/१६ ,, निहारिका कलेज विराटनगर ,, ४१
२०७३/०५/१७ ,, लर्ड बुद्ध कलेज विराटनगर ,, ५५
२०७३/०६/०२ ,, कोशी बहुमुखी क्याम्पस विराटनगर ,, ३६
१० २०७३/०६/०६ ,, कोशी  बहुमुखी क्याम्पस विराटनगर ,, ५५
११ २०७३/०६/०९ ,, अर्किड कलेज विराटनगर ,, ४८
१२ २०७३/०८/०५   शीक्षादीप कलेज विराटनगर   ४२
१३ २०७३/०८/०८   मिल्स मा.वि.चिराटनगर   ८२
१४ २०७३/०८/१०   नमुना विद्या मन्दिर विराटनगर   ७८
१५ २०७३/०८/१२   मार्टर्स स्कूल विराटनगर   ७८
१६ २०७३/०८/१९ ,, जनविकास स्कूल विराटनगर ,, ९१
१७ २०७३/०९/०३ ,, कान्तिपुर कलेज विराटनगर ,, ३८
१८ २०७३/०९/०६ ,, हिमालय दर्शन कलेज विराटनगर ,, ५१
१९ २०७३/०९/१२ ,, विनायक स्कूल विराटनगर ,, ४१
२० २०७२/०९/१३

,,

गौतम बुद्ध स्कूल विराटनगर ,, ५१
२१ २०७३/०९/१४ ,, विराट हेल्थ कलेज विराटनगर ,, ३५
२२ २०७३/०९/१७ ,, सिटी कलेज विराटनगर ,, ४८
२३ २०७३/०९/१७ ,, अरनिको कलेज विराटनगर ,, ४५
२४ २०७३/०९/२३ ,, पूर्वाञ्वल विद्या सदन विराटनगर ,, ५१
२५ २०७३/१०/०७ ,, सप्तकोशी स्कूल विराटनगर ,, ८०
२६ २०७३/१०/०९ ,, ईडेनवर्ग कलेज विराटनगर ,, ४१
२७ २०७३/१०/०९ ,, एजेलिया स्कूल विराटनगर ,, ४७
२८ २०७३/१०/१० ,, पारागन स्कूल विराटनगर ,, ४८
२९ २०७३/१०/११ ,, अर्पण स्कूल विराटनगर ,, ७१
३० २०७३/१०/११ ,, एभरेष्ट स्कूल विराटनगर ,, ३९
३१ २०७३/१०/१२ ,, वालउद्यान स्कूल विराटनगर ,, ५७
३२ २०७३/१०/१४ ,, कोशी हेल्थ ईन्स्चिट्यूट विराटनगर ,, ६४
३३ २०७३/१०/२३ ,, मोरङ तेतरिया स्थित स्थानियहरुमाझ ,, ६४
३४ २०७३/१०/२४ ,, शान्ति सिर्जना स्कूल ईटहरी ,, ८२
३५ २०७३/१०/२४ ,, जब्दी स्कूल ईटहरी ,, ८८
३६ २०७३/१२/२२ ,, गुरुकुल स्कूल विराटनगरको प्राङगणमा स्थानिय महिलाहरुमाझ ,, ४२
३७ २०७४/०२/१९ ,, होलिल्याण्ड स्कूल विराटनगर ,, ९५
३८ २०७४/०२/२४ ,, मार्टर्स स्कूल विराटनगर ,, ७८

                                                                                      जय नेपाल !